जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • भिबोर क्यापिटलको नयाँ नाम मुक्तिनाथ क्यापिटल

भिबोर क्यापिटलको नयाँ नाम मुक्तिनाथ क्यापिटल

विकास बैंकहरुमा अब्बल रहेको मुक्तिनाथ विकास बैंकले भिबोर भिबोर क्यापिटल खरिद गरेको छ । वाणिज्य बैंकलाई समेत नाफामा पछि पार्दै आएको विकास बैंक मुक्तिनाथ विकास बैंकले भिबोर क्यापिटलको बहुमत सेयर ११ करोड ६६ लाख रुपैयाँमा किनेको हो । गत असार ३१ गते बैंकले भुक्तानी गरिसकेको छ ।

भिबोर क्यापिटललाई किनेर बैंकको सहायक कम्पनीका रुपमा मुक्तिनाथ क्यापिटल सञ्चालन गर्न लागिएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रधुम्न पोखरेलले जानकारी दिए ।

चुक्ता पुँजीको ५८ प्रतिशत र जारी पुँजीको ५२.२२ प्रतिशत सेयर स्वामित्व खरिद गरिएको मुक्तिनाथ विकास बैंकका कम्पनी सचिव दण्डपाणि ढकालले आर्थिक बजारन्यूज डटकमलाई जानकारी दिए ।

उनीले थपेः अब भिबोर क्यापिटलको साधारण सभामा मुक्तिनाथ विकास बैंकले भिबोर क्यापिटलको नाम परिवर्तन गरी मुक्तिनाथ क्यापिटलको रुपमा कम्पनी सञ्चालन गरी कारोबार गर्नेछ ।

आगामी भदौ २७ गतेका लागि भिबोरले साधारणसभा बोलाएको छ । र, साधारणसभाको विशेष प्रस्ताबका रुपमा कम्पनीको नाम तथा लोगो परिवर्तन गर्ने, सञ्चालक समितिको संख्या निर्धारण र गठन गर्ने भन्दै शक्रबार साधारणसभा बोलाएको छ ।

त्यसैगरी, सञ्चालकको पारिश्रमिक, भत्ता र सुविधासम्बन्धी व्यवस्था गर्नका लागि पनि विशेष प्रस्ताव गरिएको छ ।

२०६३ पुस १९ गते ३ जिल्ले बैंकको रुपमा कारोबार शुरु गरेको मुक्तिनाथ विकास बैंक अहिले राष्ट्रियस्तरमा स्तरोन्नति भई नम्बर वान विकास बैंक बन्न सफल भइसकेको छ ।

लघुवित्त मोडेलमा बैंकिङ सेवा दिएर सफलता हासिल गरेको मुक्तिनाथले कारोबारको र व्यवसायको विविधिकरण गर्नका लागि मुक्तिनाथ क्यापिटल सञ्चालन गर्ने भएको हो ।

15275
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका