
महालक्ष्मी विकास बैंक लि. ले आफ्नो सेवा देशभर विस्तार गर्दै लैजाने क्रममा काठमाडौँ जिल्ला, काठमाडौँ महानगरपालिका वडा नं.६, स्थित तीनचुली शाखा कार्यालयको औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । उक्त शाखाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा नाम्ग्याल ज्याङ्छुन् छ्योलिङ गुम्बाका रिनपोछे लोसाङ नाम्गेल रिनपाछेले दीप प्रज्वलनका साथ गर्नुभएको थियो भने सभापतिको आसन ग्रहण बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले गर्नु भएको थियो ।
बैँकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले सो समारोहमा उपस्थित अतिथि, विभिन्न कार्यालयका प्रमुखहरु, व्यवसायी तथा स्थानीय सर्वसाधारणको उपस्थिति प्रति कृतज्ञता ज्ञापन गर्नुभएको थियो ।
बैँकले आफ्ना ग्राहकको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आइरहेको जानकारीका साथै आगामी दिनमा बैंकले अझै उत्कृष्ट सेवा दिने तथा बैँकिङ्ग सेवामा नेपाली जनताको पहुँच बढाउन बैँकले शाखा विस्तारको क्रमलाई निरन्तर अघि बढाइरहने प्रतिवद्धता गर्नुभयो ।



देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा ९९ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लि. को ग्राहक संख्या करिब पाँच लाख रहेको छ ।

सम्बन्धित समाचार

लोकप्रिय समाचार
