
ज्योति विकास बैंकले मगंलबारदेखि काठमाण्डौको महाराजगंजमा नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ। बैंकिङ्ग पहुंच थप विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यका साथ नयाँ शाखा महाराजगंजमा सञ्चालनमा ल्याइएको जनाएकाे छ।
ज्योति विकास बैंकको नयाँ शाखाको उद्घाटन पूर्व अर्थमन्त्री डा रामशरण महतको प्रमुख आतिथित्वमा भएको हो। कार्यक्रममा काठमाण्डौ महानगरपालिकाका, वडा नं ३ का वडाध्यक्ष दिपक केसी, ज्योति विकास बैंकका अध्यक्ष हरि चन्द्र खड्का, प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवाली समेतले सम्बोधन गरेकाे थियो।
उद्घाटन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि पूर्व अर्थमन्त्री डा रामशरण महतले बैंकिङ्ग क्षेत्रको प्रगति र यसले मुलुकको ढुकुटीमा पुर्याएको योगदान उल्लेखनीय रहेको कुरामा जोड दिए । साथै बैंकहरुले आधुनिक सेवामार्फत सबै जनता तथा संस्थाहरुलाई सहयोग गरी मुलुकको अर्थतन्त्रलाई अघि बढाउन अग्रसर रहनु पर्ने धारणा व्यक्त्त गर्नुभयो। यसका साथै अपार सम्भावना भएको हाम्रो देशलाई समुन्नति तिर लान ज्योति विकास बैंकको योगदानको ठुलो अपेक्षा रहेको पनि बताए ।
कार्यक्रममा ज्योति विकास बैंकका अध्यक्ष हरि चन्द्र खड्काले विगतका दिनमाझैं ज्योति विकास बैंकले सेवाग्राही र समाजको माग अनुसार ल्याइरहेको सेवा र सुविधालाई निरन्तरता दिने र अझ सुधार उन्मुख रहने प्रतिबद्धता व्यक्त्त गरे ।
यसका साथै बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले पनि नयाँ शाखा मार्फत बैंकिङ्ग सेवा थप विस्तार भएको र जनतालाई बैंकको पहुंच अझ सहज भएको बताउनुभयो। साथै उहांले ज्योति विकास बैंकले आगामी दिनहरुमा पनि जनमानसमा बैंकिङ्ग सेवा सहज र सरल बनाउन लागिरहने प्रतिबद्धता व्यक्त्त गरे भने वडाध्यक्ष श्री दिपक केसीले बैंकलाई स्थानीय स्तरमा गर्नुपर्ने सहयोगका लागि हरेक ढंगले सहयोग गर्ने प्रतिबद्धता व्यक्त्त गरेकाे थियो।