जोडिनुहोस
मङ्लबार, चैत्र ६, २०८०
मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • राजश्व विभागद्वारा राष्ट्र बैंकलाई पत्र

बैंकिङ्ग

राजश्व विभागद्वारा राष्ट्र बैंकलाई पत्र

व्यवसायीहरुलाई राजश्व कार्यलयको झट्का

राजश्व विभागद्वारा राष्ट्र बैंकलाई पत्र

साना होस् वा ठूला व्यवसायीहरुले आफ्नो कारोबार निष्पक्ष भने राख्दैनन् भन्ने कुराको प्रमाणित भएको छ । कर बढि बुझाउन पर्ने र बैंकबाट ऋण पनि चाहिने । यि दुई कारण नै व्यवसायीहरुले आफ्नो कारोबारको विवरण हरेक वर्ष नै दुईवटा बनाउँदै आएका थिए ।

व्यवसायको कारोबार ठुलो र नाफा धेरै देखाएको खण्डमा कर तथा राजश्व धेरै बुझाउन पर्ने । जुन कुरा व्यवसायीहरु कदापी मान्न तयार छैनन् भने अर्को तर्फ बैंकले व्यवसायी तथा व्यवसायको कामको प्रकृती, कारोबार र नाफा नोक्सान हेरी कर्जा प्रवाह गर्ने भएको कारण उनीहरुले धेरै कारोबार, धेरै मुनाफा कम्पनीहरु खोज्ने गर्छन् । यी दुई कुराहरुलाई व्यवसायीहरुले निकै राम्रोसंग मेन्टेन गर्दै आएका पनि थिए । कर कार्यालयमा एउटा कारोवार विवरण र बैंकहरुमा अर्को विवरण । जुन विवरणमा सायदै कहिल्यै बैंकहरुले क्रस चेक गरेका थिएनन् । तर अब त्यस्तो नर्गन कर कार्यालयले राष्ट्र बैंकलाई पत्र नै काटी निर्देशन दिएको छ ।

एउटै व्यवसायको दुईवटा आर्थिक विवरण बनाउने व्यवसाय र व्यवसायी माथि कर कार्यालय लागि परेको छ । व्यवसायीहरुले कर कार्यालय र बैंकमा छुट्टाछुटै विवरण पठाउँदा वित्तीय पारदर्शीता नभएको भन्दै आन्तरिक राजस्व विभागले एउटै विवरण बुझाउनुपर्ने सिस्टम बनाएर त्यसको कार्यान्वयन गर्न राष्ट्र बैंकलाई पत्राचार गरेको छ ।

यो व्यवस्था कार्यान्वयन गर्नका लागि बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिन विभागले आदेशानुसार अनुरोध गरेको हो ।
‘यो व्यवस्था कार्यान्वयन गर्नका लागि बैंक तथा वित्तीय संस्थाहरुलाई आवश्यक निर्देशन दिन विभागले ४ दिनअघि राष्ट्र बैंकलाई पत्र पठाएको छ,’ विभागका प्रवक्ता यज्ञप्रसाद ढुंगेलले क्लिकमाण्डूसँग भने, ‘राष्ट्र बैंकले निर्देशन दिएपछि व्यवसायीहरुले कर कार्यालय र बैंकमा छुट्टाछुट्टै विवरण बुझाउन पाउने छैनन् ।’

अर्थमन्त्री युवराज खतिवडाले गत आर्थिक वर्षको बजेटमा एउटै विवरण बुझाउनुपर्ने व्यवस्था गर्ने घोषणा गरेका थिए। बजेटको यो घोषणा कार्यान्वयन गर्न मौद्रिक नीतिले पनि सम्बोधन गरेको थियो ।

‘बजेट र मौद्रिक नीतिमा व्यवस्था भएपछि त्यसको कार्यान्वयन गर्न हामीले सिस्टम बनाएका हौं, यो व्यवस्था लागू भएपछि वित्तीय पारदर्शीता मात्रै हुँदैन, करको दायरा पनि बढ्छ,’ प्रवक्ता ढुंगेलले भने, ‘विभागले राष्ट्र बैंक र बैंकर्स एसोशिएसनसँगको सहकार्यमा व्यवसायीहरुले कर प्रशासनमा पेश गरेको विवरण र बैंकमा पेश गरेको विवरणको सूचना आदान प्रदान गर्ने स्वचालित प्रणालीको विकास गरिसकेको छ ।’
यो व्यवस्था कार्यान्वयनमा आएपछि ऋण लिन चाहने ग्राहकले फर्म भर्नुपर्ने हुन्छ ।

उक्त फर्ममा बैंकबाट ऋण लिनुअघि व्यवसायीले भर्नुपर्ने दर्जन विषय उल्लेख छ । व्यवसायीहरुले एकमुष्टरुपमा सबै बिवरण भर्नुपर्छ । यसरी फर्म भरिसकेपछि एउटा कोट नम्बर आउँछ । र, ग्राहक बैंकमा ऋणका लागि निवेदन दिन जाँदा उक्त कोट नम्बर लिएर जानुपर्छ ।

बैंकलाई उक्त कोट नम्बर उपलब्ध गराएपछि बैंकका अधिकारीहरुले राजस्व विभागको सर्भरमा गएर उक्त कोट नम्बर हालेर ग्राहकको विवरण लिन्छन् । अनि राजस्वमा भएको विरणका आधारमा ऋणको फाइल अघि बढाउँछन् । व्यवसायको कामको प्रकृती र कारोबारको यथार्थ विवरणले गर्दा बैंकको कर्जा पनि सुरक्षित हुन्छ । अर्को तर्फ धेरै व्यवसायी तथा व्यवसायहरुको निष्पक्ष विवरण आउने हुँदा करको दायरा पनि बढ्न जान्छ । यसमा दुई वटा आर्थिक विवरण बनाउने व्यवसायीहरुलाई भने ठूलो झट्का लाग्ने निश्चित भएको छ ।

10480
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका