

नेपालका लागि टोयोटा मोटर्सको आधिकारीक बितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटले हाइब्रिड मोडलहरु र्याभ फो हाइब्रीड र क्याम्री हाइब्रीडका साथ र्याभ फो ग्यासोलिन सार्वजनिक गरेको छ।
दुइवटा पावर ट्रेन इन्टर्नल कमबस्टन इन्जिन र इलेक्ट्रीक मोटरको समिश्रण भएको हाइब्रीडले अधिकतम शक्ती दिनुका साथै न्युनतम फ्युलको प्रयोजन गरी थोरै धुँवा उत्सर्जन गर्ने कम्पनीले बताएको छ।
हाइब्रीड साइनर्जी ड्राइभ टेक्नोलोजी भएको यस सवारीमा स्वचालित रुपमा ग्यास र इलेक्ट्रीक पावर समयअनुसार बदल्ने काम गर्छ । इन्टर्नल कमबस्टन इन्जिन र रिजेनेरेटिभ ब्रेकिङको सहायतामा चार्ज हुने यस सवारीको ब्याट्री लाईफ १५ वर्ष रहेको छ । हाइब्रीडका गाडीहरुमा ३ थप मोडहरु उपलब्ध छन स इ.भी. मोड जसमा ब्याट्री मात्र खपत भइ शुन्य इमीसन हुन्छ , इ.को. मोडले एरसी आउटपुट कम गरी थ्रोटल गतीवद्रघन प्रतिक्रिया सीमित गर्दछ भने स्पोर्ट मोडलले हाइब्रीड ब्याट्रीको सहायतामा गतिवद्रघन बूस्ट गरी पेट्रोल इन्जिनलाई मद्दत गर्छ ।
नयाँ र्याभफो हाइब्रीडको चाखलाग्दो विशेषता नै साधारण ड्राइभिङमा यस सवारीले २४ कि.मि. प्रति लिटर माइलेज दिने गर्छ ।
८ वटा एयर ब्याग भएको यो गाडीमा ३ वटा ड्राइभिङ मोड स इ.को. मोड , स्पोर्ट मोड र इ.भी. मोडहरु रहेका छन ।ब्याट्रीको लागि प्लगड, भेइकल इस्ट्याबिलिटी कन्ट्रोल, ट्र्याक्सन कन्ट्रोल सिस्टमका साथ, अञ्टीलक ब्रेकिङ सिस्टम, इमेर्जेन्सी सिग्नल सिस्टमका साथै हिल स्टार्ट असिस्ट कन्ट्रोलको व्यवस्था पनि छ। नेपाली बजारमा यसको मूल्य १ करोड ३४ लाख रुपैयाँ छ।
यसैगरी नयाँ क्याम्री हाइब्रीडको विशेषता भनेको साधारण ड्राइभिङमा यस सवारीले २३ कि.मि. प्रती लिटर माइलेज दिन्छ । ९ वटा एयर ब्याग भएको यस सवारीमा पनि ३ वटा ड्राइभिङ मोड स इ.को. मोड , स्पोर्ट मोड र इ.भी. मोडहरु रहेका छन ।ब्याट्रीको लागि प्लगड ( इन आवश्यकता नभएको यस सवारीमा भेइकल इस्ट्याबिलिटी कन्ट्रोल(भी. य्स. सी), ट्र्याक्सन कन्ट्रोल सिस्टम ( टी. आर. सी )का साथ, अञ्टीलक ब्रेकिङ सिस्टम ( ए. बी. अय्स), इमेर्जेन्सी सिग्नल सिस्टम ( इ. अय्स. अय्स ) का साथ उपलब्ध छ । बजारमा यस सवारीको मुल्य रु. १३,१००,००० रुपैँया रहेको छ ।
सम्बन्धित समाचार
