जोडिनुहोस
मङ्लबार, जेष्ठ २३, २०८०
मङ्लबार, जेष्ठ २३, २०८०
  • होमपेज
  • एनआईसी एशियाले शेयरधनीहरुलाई दशैंतिहारमा दोब्बर लाभाशं दिने

एनआईसी एशियाले शेयरधनीहरुलाई दशैंतिहारमा दोब्बर लाभाशं दिने

नेपालको सबैभन्दा शाखा सञ्जाल बिस्तार भएको एनआईसी एसिया बैंकले आफ्ना शेयर धनीहरुलाई दशैंको अवसर वारेर बोनस शेयर सहित नगद लाभाशं दिने भएको छ ।

निज क्षेत्रहरु मध्ये सबैभन्दा बढि ग्राहक भएको एनआईसी एशिया बैंकले गत आर्थिक बर्षको नाफाबाट २१।०५ प्रतिशत लाभांस दिने घोषणा गरेको हो। बैंकले दशै खर्च जुटाउने हिसावले ११।०५ प्रतिशत नगद लाभांस दिने भएको छ। दोस्रो बजारका लगानीकर्तालाई आकर्षित गर्न १० प्रतिशत बोनस शेयर पनि दिने घोषणा गरेको छ।

बैंकले राष्ट्र बैंकबाट स्वीकृति लिएर साधारणसभामा अनुमोदन गरेपछि लाभांस वितरण गर्न पाउने छ। बैंकले कुल एक अर्ब ८५ करोड रुपैयाँको लाभांस घोषणा गर्दा ८८ करोड ३४ लाख रुपैयाँको बोनस शेयर र ९७ करोड ६४ लाख रुपैयाँ कर सहित नगद वितरण गर्नेछ।

बैंकले गत बर्षको भन्दा लभांस दोब्बरले बढाएको छ। नाफा गरे अनुसार भने लाभांस वितरण नगरी जगेडा कोषलाई बलियो बनाउन खोजेको देखिन्छ। बैंकले गत आर्थिक बर्ष तीन अर्ब ५ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो। जसमध्ये लाभांस बाड्न योग्य रकम भने दुई अर्ब १५ करोड रुपैयाँ रहेको छ। बैंकले लाभांस बाड्न योग्य रकमबाट जगेडा कोष थप बलियो बनाएको छ।

बैंकको प्रति शेयर आम्दानी ३४ रुपैयाँ रहेको छ। गत वर्ष १८ रुपैयाँ थियो। बैंकले विगतका बर्षमा नाफा गरे अनुसार लाभांस वितरणलाई प्राथमिकता दिँदै आएकोमा यस वर्ष भने नाफा अनुसार लाभांस घोषणा गरेन। बैंकको हालको चुक्ता पूँजी ८ अर्ब ८३ करोड रुपैयाँ छ। निक्षेप संकल र कर्जा लगानीमा आक्रामक रहेको बैंकले गत वर्ष खुद व्याज आम्दानी मात्रै ६ अर्ब ९६ करोड रुपैयाँ आर्जन गरेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका