जोडिनुहोस
शनिबार, जेष्ठ २०, २०८०
शनिबार, जेष्ठ २०, २०८०
  • होमपेज
  • नेपाल राष्ट्रिय प्राथमिक विद्यालयलाई आर्थिक सहयोग

नेपाल राष्ट्रिय प्राथमिक विद्यालयलाई आर्थिक सहयोग

सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले एक रियालिटी शोमा जितेको रकममा थप रकम थपी हावाहुरीबाट प्रभावित विद्यालयको संरचना निर्माणमा सहयोग गरेका छन् ।

सिभिल बैंकका सीइओ गुरुङ तथा चर्चित हाँस्य कलाकार एवं प्रस्तोता सन्दिप क्षेत्री केही समयअघि प्रशारण भएको “को बन्छ करोडपति”े टिभी कार्यक्रममा सहभागी भएका थिए । सो क्रममा उनीहरुले १ लाख ६० हजार(करसहित) नगद पुरस्कार जितेका थिए । सो रकममा थप गरी जम्मा रु तीन लाख पुर्याई गत वर्ष हावाहुरीबाट प्रभावित विद्यालयलाई सहयोग गरिएको बैंकले जनाएको छ ।

बिहीबार एक कार्यक्रमबीच पर्साको खुतुवापर्र्सौनीको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयलाई विद्यालय भवनको छत मर्मतका लागि सो रकम हस्तान्तरण गरिएको छ ।

सो रकम सिभिल बैंकका प्रमुख माईक्रो बैकिङ, युवराज गुरागाईंले विद्यालयका प्रअ रामेश्वरप्रसाद यादवलाई हस्तान्तरण गरे । यसअघि पनि नेपाल राष्ट्रिय आधारभूतविद्यालय, जितपुर, बाराको छत मर्मतका लागि बैंकले रकम प्रदान गरेको थियो र यो सहयोग संगै बैंकले गरेको वाचा पूरा गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका