जोडिनुहोस
आइतवार, चैत्र १२, २०७९
आइतवार, चैत्र १२, २०७९
  • होमपेज
  • एनएलजी इन्स्योरेन्सले साधारण सभा बोलायो

एनएलजी इन्स्योरेन्सले साधारण सभा बोलायो

एनएलजी इन्स्योरेन्सले १३ औं वार्षिक साधारण सभा बोलाएको छ । इन्स्योरेन्स संचालक समितिको २८६ औं बैठकले असोज ८ गते बिहान ११ बजे आम्रपाली ब्याङ्केट, बालुवाटार काठमाडौंमा साधारण सभा बोलाएको हो।

इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्ष २०७४÷७५ मा २४ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाए पनि जगेडा तथा व्यवस्थाहरु कायम गर्नुपर्ने भएपछि लाभांश वितरण नगर्ने भएको हो ।

बीमा समितिको निर्देशन बमोजिम नेपाल वित्तीय विवरण प्रतिवेदनमान प्रणाली ९एनएफआरएस० बमोजिम वित्तीय विवरण तयार गर्दा नियमनकारी प्रावधान अनुसार जगेडा तथा व्यवस्थाहरु कामय गर्नुपर्ने भएको हुदाँ बोनस तथा नगद लाभांश वितरण नगर्ने भएको इन्स्योरेन्सले जनाएको छ ।

लाभांश वितरण नगरेपनि इन्स्योरेन्सले हकप्रद बिक्री गरेर बीमा समितिको निर्देशन अनुसार न्युनतम चुक्ता पूँजी पुर्याउने तयारी गरिसकेको छ। हाल कायम ६४ करोड ४ लाख रुपैयाँ चुक्ता पूँजीको ६० प्रतिशत हकप्रद निष्काशन गरेर एक अर्ब २ करोड रुपैयाँ पुर्याउने प्रस्ताव जेठ १४ गते सम्पन्न विषेश साधारण सभाले पारित गरिसकको छ ।

इन्स्योरेन्सले साधारण सभा प्रयोजनको लागि भदौं २५ गते बुक क्लोज गर्ने जनाएको छ। त्यस अनुसार भदौं २४ गते सम्म कायम शेयरधनी साधारण सभामा सहभागि हुन सक्नेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका