जोडिनुहोस
शुक्रबार, जेष्ठ २६, २०८०
शुक्रबार, जेष्ठ २६, २०८०
  • होमपेज
  • एनआइसी एशियाबाट रेमिटान्स पठाउँदा रिचार्ज र बोनस उपहार

एनआइसी एशियाबाट रेमिटान्स पठाउँदा रिचार्ज र बोनस उपहार

नेपालको सबैभन्दा बढी शाखा सञ्जाल भएको एनआइसी एशिया बैंकले दशैं तथा तिहारको अवसरलाई मध्यनजर गर्दै ग्रहकको मन जित्ने प्रडक्ट ल्याएको छ । यस पटक एनआईसी एशिया बैंकले विदेशस्थित वल्र्ड रेमिटबाट नेपालमा रकम पठाउँदा रकम प्राप्त गर्ने व्यक्तिलाई नगद रु. १०० को मोबाइल रिचार्ज तथा बैंकको खातामा रकम पठाउँदा बैंकको तर्फबाट खातामा रु. ३७५ बोनस क्रेडिट गर्ने योजना सार्वजनिक गरेको छ ।

यो सेवा बैंकका शाखा कार्यालयहरु, एक्सटेन्सन काउण्टर, शाखारहित बैंकिङ्ग इकाई एवं ९,००० भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत् सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने बैंकले विज्ञप्ती मार्फत जानकारी दिएको छ ।

बैंकको देशभर २९७ शाखा, ३५० एटीएम, ५८ वटा एक्सटेन्सन काउण्टर एवम् ४१ वटा शाखारहित बैंकिङ इकाईको वृहत सञ्जाल रहेको छ । बैंकका करिब १८ लाख ग्राहक छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका