जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • लुम्बिनी विकास बैंक फेरि विवादमा

लुम्बिनी विकास बैंक फेरि विवादमा

नेपालको बैकिङ्ग क्षेत्रमा सञ्चालकहरुको दादागिरी कत्ति चल्दछ भन्ने कुरा लुम्बिनी विकास बैंक भित्रको रामकहानी हेरे पुग्छन । लुम्बिनी विकास बैंकका सञ्चालक एवं व्यवसायी चिन्तामणी भट्टराई र सीइओ नरेश सिंह बोहोराको दादागिरी रोचक बन्दै गएको फेला परेको छ ।

नेपाली जनताको रगत र पसिनाबाट जम्मा भएको डिपोजिटमा रजाई गर्न नपाएपछि गत सोमबारको सञ्चालक समितिको बैठकले लुम्बिनी विकास बैंकका अध्यक्ष सुशिल राज पराजुलीलाई हटाई दशरथ रिसाललाई बनाइएको छ ।

पटक÷पटक कोमामा गएको लुम्बिनी विकास बैंकलाई तत्कालीन अध्यक्ष पराजुली र तत्कालीन सीइओ झलक प्रसाद खनालले यो अवस्थमा पु¥याएको सबैलाई थाहै छ ।

तत्कालीन ज्योती समूहका मालिक डा.रुपज्योतीसंग विवाद भए पछि सीइओ खनालले राजिनामा गरे । त्यसको लगतै सञ्चालक चिन्तामणी भट्टराईको हालिमुहाली लुम्बिनी विकास बैंकमा मौलाएर गयो उनीले आफ्नो साथी नरेश सिंह बोहोरालाई रातारात सीइओ बनाउने प्रस्ताब गरि सीइओ नियुक्त गराए ।

अध्यक्ष पराजुलीलाई २ महिना पनि नपुग्दै अध्यक्षबाट हटाएपछि बैंकका सीइओ बोहोरा र सञ्चालक भट्टराईले बैंकलाई तहसनहस मात्रै पारेका छैन । गार्ड सप्लाई देखि कर्जा प्रवाहसम्म गर्दा कमिशन लिई जनताको पैसामा रजाई गरेको फेला परेको छ । गर्भनर डा. नेपाल ज्यू ? छानबीन तत्काल होस् ।

बोहोरा सीइओ भएपनि बैंकमा कर्जा प्रवाह देखि गार्ड सप्लाई सम्मको कमिशन लिएर हालिमुहाली मच्चाएका सञ्चालक चिन्तामणी भट्टराईले अहिले जनताको डिपोजिट भएको लुम्बिनी विकास बैंक कब्जा गरेका छन् । भन्दा फरक पर्दैन । गर्भनर डा. चिरनजीवी नेपाल ज्यू ?

सञ्चालक चिन्तामणी भट्टराईको प्रस्तावमा सोमबार बैंक र वित्तिय क्षेत्रमा ज्ञान नै नभएका दशरथ रिसाललाई बैंकको अध्यक्ष बनाइएको छ । अध्यक्ष पराजुलीलाई २ महिना पनि नपुग्दै अध्यक्षबाट हटाएपछि बैंकका सीइओ बोहोरा र सञ्चालक भट्टराईले बैंकलाई तहसनहस मात्रै पारेका छैन । गार्ड सप्लाई देखि कर्जा प्रवाहसम्म गर्दा कमिशन लिई जनताको पैसामा रजाई गरेको फेला परेको छ । गर्भनर डा. नेपाल ज्यू ? छानबीन तत्काल होस् ।

जब सञ्चालक भट्टराईको दबाबमा देव विकास बैंकका डिपुटी सीइओ बोहोरालाई सीइओ रातारात बनाइयो त्यस पछि भट्टराईकै निर्देशनमा जनता बैंकका एजिएम पदमा रहेका पबन ढकाललाई सिनियर डिपुटी सीइओमा ल्याईएको छ । सञ्चालक भट्टराईले सीइओ बोहोरा डिपुटी सिनियर सीइओ ढकाल ल्याएर बैंक कब्जा गरि जनताको डिपोजिटमा हालिमुहाली मच्चाएको स्रोतको दाबी छ ।

लुम्बिनी विकास बैंक आधा दर्जनौ विकास बैंक र फाइनान्स कम्पनी मिली बनेको बैंक हो । लाखौं जनताको डिपोजिट भएको बैंक हो । हाम्रो पनि शेयर होला जे पायो त्यही गर्न छुट छ भनी राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलासंग प्रतिक्रिया माग्दा उनीले भनेः– लुम्बिनी बैंकमा धेरै गल्ती र घटना भएको सबैलाई थाहा नै छ ।

लुम्बिनी विकास बैंकका पूराना सबै जस्तो कर्मचारीहरुले बैंक छाडेका छन् । बैंकका उच्च कर्मचारी उमेश रेग्मी, तिलक राज पाण्डे, हरि कृष्ण सुवेदी समेतले सीइओ बोहोराको कार्यक्षमता माथी प्रश्न उठाउने गरेको देखिन्छ । यी र यस्ता कारणले बैंक भित्र भद्रगोल मच्चिएको छ ।

सीइओ बोहोरा र सञ्चालक भट्टराईका कारण उच्च कर्मचारीहरुले बैंक छोड्न लागेको खुलासा भएको छ । लुम्बिनी विकास बैंक आधा दर्जनौ विकास बैंक र फाइनान्स कम्पनी मिली बनेको बैंक हो । लाखौं जनताको डिपोजिट भएको बैंक हो । हाम्रो पनि शेयर होला जे पायो त्यही गर्न छुट छ भनी राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलासंग प्रतिक्रिया माग्दा उनीले भनेः– लुम्बिनी बैंकमा धेरै गल्ती र घटना भएको सबैलाई थाहा नै छ ।

पछिल्लो समय केही सञ्चालकले आफ्नो स्वार्थ अनुसार बैंक चलाएको उजुरी राष्ट्र बैंकमा आएका छन् । हामी छानबीनकै क्रममा छौं । गल्ती गर्नेले सजाय पाउने नै छन नि उनीले थपेः– सीइओ नियुक्ती देखि अध्यक्ष परिवर्तनका घटना राष्ट्र बैंकले नजिकबाट हेरिरहेको छ ।

लुम्बिनी विकास बैंकमा अर्बै कर्जा घरजग्गामा रहेको देखिन्छ । अभैm ठूला कर्जा उठेका छैनन् । बैंक माथी जानुको साटो फेरि विवादमा फस्दै आएको भेटिएको छ । यस बारेमा सीइओ बोहोरासंग पटक ÷पटक सम्पर्क गर्दा समेत सम्पर्कमा आउन चाहेनन् ।
२१ औं शताब्दीमा लुकेर बैंकिङ्ग चन्दैन । बैंक सीइओ र सञ्चालकहरुको सम्पत्ती होइन हामी सर्वसाधारण नेपाली जनताको पैसा भएको बैंक हो । यो कुरा लुम्बिनी विकास बैंकका सञ्चालकहरुले सोच्न पर्ने विषय हो ।

लुम्बिनी विकास बैंकका अहिलेका अध्यक्ष दशरथ रिसाल सञ्चालकक चिन्तामणी भट्टराई र देव विकास बैंकमा दर्जनौ विवादमा मुछिएका हालका लुम्बिनी विकास बैंकका सीइओ नरेश सिंह बोहोराको कब्जामा पुगेको राष्ट्र बैंकको उच्च स्रोतको दाबी छ ।

स्मरणीय रहोस् देवः विकास बैंकको नेपालगञ्ज शाखाका प्रमुख समीर बुढाथोकीले देवः विकास बैंकका तत्कालीन डिपुटी सीइओ हालका लुम्बिनी विकास बैंकका सीइओ नरेश सिंह बोहोराकै निर्देशनमा १७ करोड भन्दा बढी ठगी भएको छानवीन गर्दै गरेको प्रहरी स्रोतको दाबी छ । ती शाखा अधिकृत बोहोराकै सिफारिसमा जागिर आएका व्यक्ति रहेको देवः विकास बैंकका एक सञ्चालकले राजतिलक साप्ताहिकसंग बताए । सचेत भया ।राजतिलक साप्ताहिकबाट साभार

11185
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?