Breaking News
एनएमबि क्यापिटलको एनएमबि फिफ्टी योजनाको इकाई बाँडफांड
आकार बढाएर लगानी कोषको इकाई बाँडफांड
0 टिप्पणी


एनएमबि क्यापिटलले निष्काशन गरेको एनएमबि फिफ्टी योजनाको इकाई बाँडफांड भएको छ । आवश्यकता भन्दा बढी इकाई खरीदका लागि माग परेपछि क्यापिटलले योजनाको आकार बढाएर इकाई बाँडफांड गरेको हो ।
क्यापिटलले विवरणापत्रमा भएको व्यवस्था बमोजिम योजनाको आकार ५० लाख इकाईले वृद्धि गरेको हो । जस अनुसार क्यापिटलले १२ हजार ६ सात ५७ आवदेकहरुलाई १० करोड ६० लाख ४८ हजार ३ सय ३० इकाई तथा बिज पूँजी वापत १ करोड ८९ लाख ५१ हजार ६ सय ७० इकाई गरी कुल १२ करोड ५० लाख इकाईहरु बाँडफाँड गरेको हो ।
क्यापिटलले साउन १३ देखि भदौ १० गतेसम्म यस योजनाको इकाईहरु निष्काशन गरेको थियो । यस योजनामा कम्पनीले नेप्सेका उत्कृष्ट ५० कम्पनीको शेयरमा मात्र लगानी गर्ने छ ।
सम्बन्धित समाचार
