जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • सिटिजन्स बैंक इन्टरनेसनलको कोहलपुरमा शाखा सञ्चालन

सिटिजन्स बैंक इन्टरनेसनलको कोहलपुरमा शाखा सञ्चालन

सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नो ८२औं शाखा बाँकेको कोहलपुरमा सञ्चालनमा ल्याएको छ । बैंकका सञ्चालक समितिका सदस्य प्रकाश चन्द्र मैनालीले उक्त शाखाको उद्घाटन गर्नु भएको छ । उक्त समारोहमा स्थानिय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

सिटिजन्स बैंक इन्टरनेसनलले गत आर्थिक वर्षमा ७४ अर्ब १३ करोड निक्षेप संकलन गरी ६५ अर्ब ७ करोड ऋण प्रवाह गरेको छ । यस बैंकले सोही अवधिमा १ अर्ब ४६ करोड खुद मुनाफा आर्जन गरेको छ । बैंकले सहयोगी विकास बैंकलाई प्राप्ति गर्ने गरी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरी अन्य प्रक्रिया अगाडि सारेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनलले ८२ वटा शाखा, ७८ वटा एटीएम र ९९ वटा शाखा रहित बैंकिङ एकाई बाट करिव चार लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

5930
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका