जोडिनुहोस
मङ्लबार, चैत्र ७, २०७९
मङ्लबार, चैत्र ७, २०७९
  • होमपेज
  • आफ्नो कार्ड आफ्नै बैंकको एटिएममा मात्रै चल्ने

आफ्नो कार्ड आफ्नै बैंकको एटिएममा मात्रै चल्ने

चिनीया ह्याकरहरुले नेपाली बैंक ह्याकिङ्ग गरेसंगै बैंकहरुको सहमतीमा नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स)ले एउटा एटिएमकार्ड अर्को बैंकको एटिएममा नचल्ने बताएको छ । यस संस्थाका सीइओ प्रविण प्रकाश क्षेत्रीलाई प्रहरीले बयान लिन बोलाएसंगै निर्णय नेप्स गर्न बाध्य भएको स्रोतको दाबी छ ।

नेप्सले सूचना जारी गर्दै नेप्समा आवद्ध बैंक तथा वित्तीय संस्थाहरुको कार्ड सोही बैंकको एटिएममा मात्रै चल्ने जानकारी गराएको छ । यसै नेर्टवर्क मार्फत् विभिन्न बैंकले कार्डसँग सम्बन्धित होस्टिङ्ग र स्विचिङ्ग गर्दै आएका छन् । अहिले नेप्सको भिसा नेर्टवर्कमा नेपालका १८ बैंक आबद्ध छन्। जसमा ११ वटा वाणिज्य तथा ७ वटा विकास बैंक रहेका छन् ।

गत शनिबार एकाएक नेप्सको नेटवर्क्भित्र रहेका बैंकको एटिएम कार्डबाट सोही नेटवर्क भित्रकै बैंकबाट पैसा चिनीयाँ ह्याकरहरुबाट चोरी भएपछि नेपालको बैंकिङ प्रणालीको सुरक्षाको विषयमा प्रश्न उठेको छ ।
नेप्सको नेटवर्कमा प्रभु, सनराइज, माछापुच्छ्रे, जनता, सिद्धार्थ, सिटिजन्स इन्टरनेशनल, एनआइसी एसिया, बैंक अफ काठमाडौं, प्राइम कमर्सियल, नेपाल बंगलादेश र ग्लोबल आइएमइ बैंक आबद्ध रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका