जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कुमारी बैंकको साधारण सभा आह्वान

कुमारी बैंकको साधारण सभा आह्वान

कुमारी बैंकले आगामी असोज ११ गते आफ्नो १९ औं वार्षिक साधारणसभा आह्वान गरेको छ । साधारण सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आ.व. २०७५/०७६ को लागि चुक्ता पूँजीको १० (दश) प्रतिशत बोनश शेयर तथा बोनश शेयरको कर प्रयोजनार्थ ०.५२६ (शुन्य दशमलव पाँच दुई छ ) प्रतिशत नगद लाभाँश स्वीकृत गर्ने विशेष प्रस्ताव साधारणसभामा पेश हुनेछ ।

कम्पनीको १९ औं वार्षिक साधारण सभाको लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७५/०७६ को वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७६ को वासलात, २०७५/०७६ को नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब, ईक्विटीमा भएको परिवर्तन लगायत वार्षिक आर्थिक विवरणसँग सम्बद्ध अनुसूचीहरु) उपर छलफल गरी पारित गर्ने, बैंकको सहायक कम्पनी कुमारी क्यापिटल लिमिटेडको आ.व. २०७५/०७६ को वित्तीय विवरण सहितको एकिकृत वित्तीय विवरण छलफल गरी पारित गर्ने लगायतका प्रस्ताव समेत सभामा पेश हुने बताइएको छ ।

साधारणसभा प्रयोजनको लागि बैंकको शेयरधनी दर्ता पुस्तिका भदौ २९ गतेदेखि असोज ११ गतेसम्म बन्द हुने बताइएको छ । शेयरधनी दर्ता पुस्तिका बन्द भएको मिति २०७६/०५/२९ भन्दा अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेन्ज लिमीटेडबाट कारोवार भएको शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन, मतदान गर्न र बोनश शेयर प्राप्त गर्नसक्नेछन् ।

8425
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका