जोडिनुहोस
बिहिबार, अशोज ११, २०८०
बिहिबार, अशोज ११, २०८०
  • होमपेज
  • सांग्रिला डेभलपमेन्ट बैंकद्वारा विद्यालयमा हाजिरी जवाफ प्रतियोगिता

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा विद्यालयमा हाजिरी जवाफ प्रतियोगिता

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड गल्छी शाखालगल्छी –६, धादिङ्ग स्थित बागेश्वरी मा.वि.को प्राङ्गणमा विद्यालय सदनस्तरीय हाजिरी जवाफ प्रतियोगीता आयोजन गरेको थियो । उक्त कार्यक्रममा कृष्णहरी श्रेष्ठ प्रमुख आतिथी तथा कार्यक्रमको संचालन सांग्रिला डेभलपमेन्ट बैंक गल्छीका शाखा प्रमुख गौरब काफ्लेबाट भएको थियो ।

हाजीरी जवाफ प्रतियोगितामा सो विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो । यस्तो किसिमको कार्यक्रमहरुले विद्यार्थीहरुको बौद्धिक विकासमा वृद्धि तथा बैंकिङ्ग साक्षरता को पनि वृद्धि हुने भएकोले सांग्रिला डेभलपमेन्ट बैंकद्वारा समय समयमा यस्ता कार्यक्रमहरु आयोजन गरी आफ्ना सामाजिक उत्तरदायित्व बहन गर्दै आईरहेको छ ।

यस बैंकद्वारा हाजीरी जवाफ प्रतियोगिताका विजेताहरुलाई पुरुस्कार वितरण गरी विद्यार्थीहरुलाई यस्ता कार्यक्रममा सहभागिता जनाउन उत्साहित गर्ने कार्यहरु गर्दै आईरहेको छ । यसरी बैंकले आफ्ना ग्राकहरुलाई बैंकि¨ सेवाको अतिरीक्त बेला बेलामा आफ्नो देशमा विद्यमान ८७ ओटा शाखा कार्यालयहरुबाट आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न विद्यालयहरुमा बैंकिङ्ग सचेतनामुलक कार्यकमहरु गर्दै आईरहेको यसै प्रेस विज्ञप्ती मार्फत जानकारी गराएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?