जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • डोल्पामा नेपाल बैंकको शाखा सञ्चालन

डोल्पामा नेपाल बैंकको शाखा सञ्चालन

नेपाल बैंक लिमिटेडले कर्णाली प्रदेशअन्तरगत डोल्पा जिल्ला काईके गाउँपालिका वडा नम्बर २ सहरतारामा शाखा कार्यालय स्थापना गरी सेवा प्रारम्भ गरेको छ ।

सो स्थानमा एक समारोहका बीच बैंकले शाखा स्थापना गरी औपचारिक रुपमा कारोबार थालेको हो ।

नेपाल बैक लिमिटेडले देशका सातै प्रदेशका ६१ जिल्लामा १६४ शाखा २३ एक्सटेन्सन काउन्टर ८७ एटिएम सेवाविन्दु मार्फत १५ लाख बढी ग्राहकलाई प्रत्यक्ष बैंकिङ सेवा प्रवाह गरिरहेको छ ।

बैंकले चालु आर्थिक वर्षभित्र थप ३० स्थानमा शाखा विस्तारको लक्ष्य लिएको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले जानकारी दिएका छन् ।

9655
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका