जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • नागभुषण महादेव मन्दिरलाई जनता बैंकको सहयोग

नागभुषण महादेव मन्दिरलाई जनता बैंकको सहयोग

जनता बैकंबाट नागार्जुन न.पा. वडा न. १, रानीवन स्थित नागभुषण महादेव मन्दिरको भौतिक संरचना सुधारको लागी रु १ लाख ५० हजार सहयोग प्रदान गरिएको छ । बैंकका नायव प्रमुख कार्र्यकारी अधिकृत सुजित कुमार शाक्यले नागभुषण महादेव मन्दिर संरक्षण तथा सामुदायिक संस्थाका अध्यक्ष विष्णु कुमारी सिंखडालाई आज उक्त रकमको चेक हस्तान्तरण गर्नुभयो ।

ईचंगुनारायण जग्गा एकिकरण आयोजना भित्र करिव १.५ रोपनी क्षेत्रफलमा कलात्मक नागभुषण महादेव मन्दिर र करिव २०० जना क्षमताको सत्संग भजनपाटी निर्माण गरिएको छ । उक्त मन्दिर परिसरको थप भौतिक संरचना सुधार र निर्माणको लागि सहयोग स्वरुप संस्थागत सामाजिक उत्तरदायित्व अन्त्र्तगत उक्त रकम प्रदान गरेको हो ।

जनता बैंकले हाल मुलुकभरमा १४२ शाखा ५० शाखा रहित बैकिंग १०८ एटिएम ३ एक्स्टेन्सन काउण्टर र १ सिमित बैकिंग इकाई मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

7615
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका