

एनसीसी बैकमा फेरी लफडा मच्चिएको छ । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकभित्र दुईजना डेपुटी सीईओ नियुक्त गरेपछि लफडा मच्चिएको हो । एकजना १४ कित्ते सेयरधनीको उजुरीले साधारणसभाले सञ्चालक समितिको निर्वाचन गर्न नसकेको हो ।
राष्ट्रियस्तरका चारवटा विकास बैंकहरु एपेक्स, सुप्रिम, इन्टरनेशनल र इन्फ्राष्ट्रचर डेभलपमेन्ट एनसीसीमा गाभिएको एक महिना नवित्दै बैंकको कर्मचारी व्यवस्थापन विवाद राष्ट्र बैंक र अख्तियारसम्म पुगेको हो ।
अंगेजी नयाँ वर्षको दिन एकीकृत कारोबार सुरु गरेको एनसीसी बैंकको संचालक समितिले मर्ज भएको एक हप्ता नबित्दै डिजिएम बन्दना पाठकलाई डेपुटी सीइओ नियुक्त गरेको थियो ।
र, संचालक समितिको सोही बैठकले मर्ज भएको सुप्रिम डेभलपमेन्ट बैंकका सीइओ रहेका रेवन्तकुमार दाहाललाई पनि डेपुटी सीईओ नियुक्त गर्यो । संचालकहरु समेत पाठक र दाहालको पक्ष विपक्षमा बाँडिएका छन् ।
असन्तुष्ट भएका बैंकका केही पदाधिकारी अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुगेका हुन् ।
राष्ट्र बैंकले व्यवस्थापन छाडेर गएको कामचलाउ सञ्चालक समितिले २ वर्षदेखि साधारणसभाा गरेको छैन । सामान्यतया ६ महिनाभित्र साधारणसभा गरेर निर्वाचित सञ्चालक समितिलाई बैंक सञ्चालन गर्ने जिम्मा दिनुपर्ने हो । तर, अहिलेको सञ्चालक समितिले अझै आफ्नो कार्यकाल लम्याउन चाहेका कारण यस्तो भएको सेयरधनीहरु बताउँछन् ।
सम्बन्धित समाचार
