जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • वाणिज्य बैंकको संख्या अब १५ हुने

वाणिज्य बैंकको संख्या अब १५ हुने

नेपालमा बिग मर्जरको विषयमा छलफल भईरहेको र मैद्रिक नीतिमा राष्ट्र बैंकले चाहेर पनि बिग मर्जर वा फोर्स मर्जरको नीति ल्याउन नसकेको बेला विश्व बैंकले नेपालमा भएको २८ वाणिज्य बैंकको संख्या घटाउन सुझाव दिएको छ । नेपालको पूर्वाधार निर्माणमा नेपाली वाणिज्य बैंकहरूको लगानी क्षमता कमजोर रहेको बताउँदै विश्व बैंकले वाणिज्य बैंकको संख्या २८ बाट १५ मा बनाउन सुझाव दिएको हो ।

विश्व बैंकद्वारा सार्वजनिक गरिएको नेपाल पूर्वाधार क्षेत्र मूल्यांकन प्रतिवेदनले वाणिज्य बैंकको संख्या घटाएर तिनको चुक्ता पूँजी दोब्बर बनाउँदा वित्तीय क्षेत्रको पूर्वाधार क्षेत्रमा ऋण प्रवाह गर्ने क्षमता बढ्ने बताएको छ।

वाणिज्य बैंकको संख्या १५ बनाई अन्तरराष्ट्रिय बैंकहरूसँग सहकार्य गरी बैंकको संख्या १० मा झार्न सकिने सुझाव दिएको हो । राष्ट्र बैंकले वाणिज्य बैंकको चुक्ता पूँजी १६ अर्ब रुपैयाँ पुर्याएर संख्या घट्न सक्ने विश्व बैंकद्वारा जारी प्रतिवेदनको ठम्याइ छ।

नेपालका बैंकरहरुको नेपालमा बिग मर्जरको आवश्यकता सम्बन्धी फरक फरक मत राख्दै आएका छन् । जसले गर्दा नेपाल राष्ट्र बैंकले बिग मर्जर वा फोर्स मर्जरको ठोस नीति ल्याउन पछि हटेको महसुस गर्न सकिन्छ । तर, अब विश्व बैंकले समेत नेपालमा बैंकहरको संख्या धेरै भएको, सख्या घटाउन पर्ने र बैंकहरुको चुक्ता पुँजी भारी मात्रामा बढाउन पर्ने सुझाब दिएको छ ।

यसमा नेपाली बैंकरहरुले कस्तो अभिव्यक्ति देलान, राष्ट्र बैंकले विश्व बैंकको सुभावलाई कसरी लेला । नियमक निकाय नेपाल राष्ट्र बैंक बिरुद्ध नै मुद्दा ममिला गर्दै हिड्ने बैंकरहरु माथि पछिल्लो समय राष्ट्र बैंकले वाफिया संसोधन लगायतका कडा कदम चालि सकेको अवस्थामा विश्व बैंकको सुझावलाई गम्भिर रुपले लिने आकलन गर्न सकिन्छ ।

7395
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?