जोडिनुहोस
मङ्लबार, अशोज १६, २०८०
मङ्लबार, अशोज १६, २०८०
  • होमपेज
  • एन आई सी एशिया क्यापिटलले लाभाशं वितरण गर्ने

एन आई सी एशिया क्यापिटलले लाभाशं वितरण गर्ने

एन आई सी एशिया क्यापिटल लिमिटेडको तेश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले साधारण प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०७५÷०७६ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै अषाढ मसान्त, २०७६ सम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण उपर छलफल गरि पारित गरेको छ ।

साथै उक्त सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ११ प्रतिशतका (कर सहित) दरले हुन आउने रु.२,२०,००,०००÷– (अक्षेरेपी दुई करोड बीस लाख मात्र) नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

छिटो तथा ग्राहकमुखी सेवा दिंदै क्रमिक रुपमा लगानीकर्तामाझ लोकप्रिय बन्दै गइरहेको एन आई सी एशिया क्यापिटल लिमिटेडले हाल शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्ध, शेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्श लगायतका मर्चेण्ट बैंकिङ्ग सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आईरहेको छ । साथै एन आई सी एशिया बैंक म्युचुअल फण्ड अन्तरर्गतको सामूहिक लगानीकोष योजना “एन आई सी एशिया ग्रोथ फण्ड” तथा “एन आई सी एशिया ब्यालेन्सड् फण्ड” संचालन गरिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका