जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • सिटिजन्स बैंक इन्टरनेसनलको शाखारहित बैंकिङ्ग सेवा भोजपुरमा

सिटिजन्स बैंक इन्टरनेसनलको शाखारहित बैंकिङ्ग सेवा भोजपुरमा

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भोजपुरकोे भोजपुर नगरपालिका हेलौंछामा यहि असोज ७ गतेबाट १०२ ओैँ शाखारहित बैंकिङ्ग सेवा आरम्भ गरेको छ ।

सो शाखारहित बैंकिङ्ग सेवाको जिल्ला समन्वय समिति भोजपुरका सदस्य टंक बहादुर तामाङ, भोजपुर नगरपालिका वडा नं. २ का अध्यक्ष कुमार राई तथा सोही नगरपालिका वडा नं. १ का अध्यक्ष बिष्णु कुमार भुजेलले संयुक्त रुपमा उद्घाटन गरे ।

उक्त समारोहमा स्थानिय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी लक्ष्मी किराना पसलका प्रोप्राइटरसन्तोष कट्वाललाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

उक्त शाखारहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी, लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति विश्वास एंव बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ ।

7800
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?