जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बैंक अफ काठमाण्डूका पूर्व सिइओ जेल चलान

बैंक अफ काठमाण्डूका पूर्व सिइओ जेल चलान

बैंक अफ काठमाण्डूका पूर्व प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठलाई पूर्पक्षका लागि जेल जलान गरेको छ । नक्कली धितोमा ऋण लिएको अभियोगमाप्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंक अफ काठमाण्डूका तत्कालीन सीईओ अजय श्रेष्ठसहित ११ जनालाई पक्राउ गरेको थियो ।  किरण बोहोरा, सुरेन्द्र श्रेष्ठलाई पनि पूर्पक्षका लागि उच्च अदालत पाटनले थुनामा राख्न आदेश दिएको हो । उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश रामप्रसाद ओलीको संयुक्त इजलासले  फैसला गर्दै आदेश दिएको हो ।

साहि घोटलामा संगग्न रहेका ऋषिश्वर थपलिया, भूपेन्द्र श्रेष्ठ कृष्णबहादुर कार्कीलाई ७१ लाख धरौटि, जग्गाको मूल्यांकन गर्ने बैंकका धितो मूल्यांकनकर्ता भेषराज खत्रीलाई १ करोड ४० लाख धरौटि, तत्कालिन बैंक अफ काठमाण्डूका प्रमुख गणेश लम्साललाई ७१ लाख धरौटि लिने फैसला गरेको छ ।  उनीहरुले धरौटी बुझाए पनि कीर्ते अनुसन्धान जारी रहेकाले थुनामुक्त हुन नपाउने भएका आदेश गरेको छ ।

बैंकका तत्कालीन  नायब महाप्रबन्धक पुष्पराम भण्डारी, जोखिम व्यवस्थापन अधिकृत ऋचा श्रेष्ठ, वरिष्ठ सम्पर्क अधिकृत विभुविक्रम पन्त, सम्पर्क अधिकृत सुष्मा   शाहलगायतलाई ४० लाख धरौटि माग गरेको छ ।

फरार रहेका  प्रेमप्रसाद पाण्डे, कल्पना शाही सिंह श्रेष्ठ, मीना सिंह विष्ट र सुनेना सेलालिकका नाम झापा जिल्ला अदालतमा हाजिर हुन आउने म्याद जारी गर्न पनि आदेश गरेको छ। ६ करोड ६४ लाख ५७ हजार ५३४ बिगो कायम गरी मुद्दा दायर गरिएको थियो।

10840
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका