जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बैंकरको अकुत सम्पत्ती छानवीनमा

बैंकरको अकुत सम्पत्ती छानवीनमा

जनताको सम्पत्ती माथी सुरक्षा गर्दै लगानी गरेर प्रतिफल दिने ठाउँका प्रमुख कार्यकारी अधिकृत (सीइओ)कै सम्पत्ती राज्यका निकायले छानवीन शुरु गरेपछि बैंकिङ क्षेत्र तंरगित बन्दै गएको छ । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा ल्याएर भू–माफियाले विभिन्न बैंकहरुमा राखी कर्जा लिएपछि सीइओहरु माथी समेत छानवीन शुरु भएको यो पहिलो घटना हो ।

सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागले ललिता निवास धितो राखी कर्जा प्रवाह गरेका १ दर्जन विकास बैंक र वाणिज्य बैंकका सीइओहरुको अकूत सम्पत्ति छानवीन अगाडि बढाएको खुलेको छ ।

सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागको उच्च स्रोतले दिएको जानकारी अनुसार केही पूर्व बैंकर र केही बैंकमा कार्यरत बैंकरहरुको पहिला र जागिर खाए पछिको सम्पत्तिको फरक बारे अनुसन्धान अन्तिम चरणमा पुगेको छ ।

कतिपय बैंकहरुले त ललिता निवासको ४ आना जग्गा राखी २६ करोड कर्जा प्रवाह गरेको समेत भेटिएको विभागको बिभागको दाबी छ । विभाग स्रोतले भन्यो बैंकर सचिन जोशी, बैंकर सुधिर खत्री, बैंकर रोधेश पन्त, बैंकर रत्नराज्य बज्राचार्य, कृषि विका बैंकका पूर्व सीइओ सिटौला, नेपाल बैंकका पूर्व सीइओ देवेन्द्र प्रताप शाह लगायत दर्जनौ बैंकरहरुले सम्पत्ति छानवीनको घेराउमा पुगेको स्रोतको दाबी छ ।

स्रोत भन्दछ । सचिन जोशी सबै भन्दा बढि सीइओ भएका बैंकर हुन् । उनीले एनआईसी एशिया बैंक र नविल बैंकमा काम गरे हाल उनी एउटा हुस्की कम्पनीका सीइओ छन् । उनीको यो बीचको सम्पत्ति अंकुत देखिन्छ । हामी छानवीनमा छौं । कति तलब हो भत्ता कति हो कसरी यति सम्पत्ती भयो । यो आफैमा खोजीको विषय बनेको ती अधिकृतले बताए ।

राधेश पन्त कुमारी बैंकको सीइओ हुँदा एउटा धादिङ्गको जग्गा नक्कली खडा गरी धितो राखी करोडौं कर्जा दिएको सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागमा फाइल सहित उजुरी परेको स्रोतको दावी छ । उक्त कर्जा घटनाको कर्जा अझै कुमारी बैंकमा उठेको छैन । तर, राधेश पन्त अहिले बैंक अफ काठमाण्डू लि.को सञ्चालक छन् । यो फाइल ऋण असुली न्यायाधिकरण समेत पुगेको स्रोतको दाबी छ । यस्तै रत्नराज्य बज्राचार्य ग्लोबल आईएमई बैंक हुँदै सनराइज बैंकमा सीइओ भए उनीको सम्पत्ति यो बिचमा अकुत देखिन्छ । कसरी रातारात यत्रो सम्पत्ती आयो छानवीन भइरहेको स्रोतको दाबी छ ।

यी त पात्र मात्रै हुन् । यस्तै दर्जनौ सीइओहरुको सम्पत्ती अकुत देखिन्छ । हामी छानवीनकै प्रक्रियामा छौं । समय आएपछि मुद्दा दर्ता गर्दछौं । स्रोतले दावी ग¥यो ।

सम्पत्ती सुद्धिकरण अनुसन्धान विभागले ललिता निवास कर्जा काण्डमा केही चर्चित र ठूला भनौदा बैंकका सीइओ र कर्जा विभाग प्रमुखमाथि समेत छानवीन अगाडी बढाएको खुलेको छ ।

विभाग स्रोत भन्दछः– हामीसंग धेरै बैंकका सीइओ र कर्जा विभाग प्रमुख विरुद्ध अकुत सम्पत्तिबारे उजुरी आएका छन् । यी मध्ये १२÷१५ वटा बैंकका सीइओ र कर्जा विभाग प्रमुखहरुले सम्पत्ती छानवीन गरिरहेका छौं । सीइओहरुले सबै प्रक्रिया नमिलाई कर्जा दिएको र ठूलो मात्रामा कमिशन लिएको लेखिन्छ ।

विभाग स्रोतले भन्योः– आफ्नै बैंकको जग्गा खरिद देखि कर्जा दिँदा सम्मको अध्ययन हुँदा सीइओ, कर्जा विभाग प्रमुख र केही उच्च कर्मचारीको नियत नै खराब देखिएको छ । ती अधिकारले दाबी गर्दै भनेः– यतिसम्म की कर्जा दिँदा विचौलिया (दलाल) मार्फत ठूलो मात्रामा सीइओ र कर्जा विभाग प्रमुखले कमिशन लिने गरेको उजुरी पनि आएका छन् ।

स्मरणीय के छ भने १ करोड सम्मको कर्जा दिने अधिकार बैंकको शाखा प्रमुखकै हुन्छ । त्यो भन्दा माथी केन्द्रिय कार्यालयका उच्च कर्मचारीले फाइल हेर्ने गर्दछन् र सीइओले सदर गरेपछि मात्र कर्जा रकम ऋणको खातामा पैसा दिइने गरिन्छ । प्रायः सबै जसो बैंकमा । यो विचमा विचौलिया र बैंककै कर्मचारीहरुले ठूलो कमिशन हातपार्ने गरेको भुक्तभोगीहरुले बताउँदै आएका छन् । सचेत भया । (राजतिलक साप्ताहिक)

11740
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?