जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • भ्रमण वर्ष २०२० ले विश्वमा नेपाललाई चिनाउने छ

अन्तरवार्ता

भ्रमण वर्ष २०२० ले विश्वमा नेपाललाई चिनाउने छ

सृजना राणा (कार्यकारी निर्देशक) होटल डेला अन्नपूर्ण प्रा.लि.

भ्रमण वर्ष २०२० ले विश्वमा नेपाललाई चिनाउने छ

0 भ्रमण वर्ष २०२० सफल बनाउन के कस्ता चुनौती र अवसर छन् ?
नेपाल भ्रमण बर्ष, २०२० सफल बनाउन चुनौतीको विषयमा कुरा गर्नुपर्दा सबैभन्दा मुख्य पक्ष भनेकै समय अभाव रहेको छ । नेपाल जस्तो अविकसिल राष्ट्रको लागि बाँकी समय पनि अपर्याप्त देखिन्छ । साथै, जुन तह तप्काबाट यसको बजारीकरण र प्रवद्र्धन हुनुपर्ने हो सोको प्रभावकारी ढंगबाट कार्यान्वयन हुन नसक्नु आफैंमा चुनौती रहेको छ ।

यस्तै गरी अवसरहरुको कुरा गर्नुपर्दा, नेपाल भ्रमण बर्ष २०२० ले नेपाललाई विश्व सामु चिनाउने मौका दिनेछ भन्ने विश्वास लिएका छौं । विशेषगरी पर्यटकीय क्षेत्रको मूख्य गन्तव्य भनेर चिनिएका चितवन, पोखरा, लुम्बिनी जस्ता स्थानहरु मात्र नभई नेपालमा अन्य थुप्रै मनमोहक, रमणीय तथा आकर्षक क्षेत्रहरु पहिचान गरी अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गराई सो क्षेत्रको प्रवद्र्धन गर्न सकिन्छ ।

यसका साथसाथै पर्यटकहरु विश्वका धेरै स्थानमा घुम्न रमाउनुको अर्को पाटो भनेकै त्यस क्षेत्रको स्थानीय अथवा रैथाने खानाको स्वाद चाख्न नै रहेको देखिन्छ । यस कार्यलाई बढावा दिन मुलुकको सातै प्रदेशको पहिचानस्वरुप रहेको स्थानीय खानाको अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गरी मुलुकलाई नै सांसारभर चिनाउन मद्दत पुग्ने मैले ठानेको छु । मुख्यतः नेपालको आर्थिक पक्ष सबल र सक्षम बनाउन नेपाल भ्रमण बर्ष २०२० ले महत्वपूर्ण भुमिका खेल्न सक्छ । तर यसका लागि आवश्यक पूर्वाधार, प्रचारप्रसार तथा तयारीका लागि आवश्यक कदम चालिनु अपरिाहर्य रहेको छ ।

0 पर्यटक भित्र्याउन राज्यले के कस्ता काम गर्नुपर्ला ?
पर्यटक भित्र्याउन राज्य पक्षले अझैपनि विभिन्न विषयमा अभ्यासहरु गर्न आवश्यक छ । राज्यले पहिचान गरेका पर्यटन सम्बन्धि समस्याहरु पटक पटक दोहोरिएका छन् जसले पर्यटन क्षेत्रमा प्रत्यक्ष असर पार्दछन् । राज्यले नेपालका कुना कुनामा रहेका स्थानहरुमा विकासका पूवार्धारहरु पुर्याउन सक्नुपर्दछ ।

पर्यटकको सुरक्षाको प्रत्याभूति, स्वस्थ खाना, उच्च तथा अन्तर्राष्ट्रिय स्तरको सेवा तथा सुविधा आदि जस्ता विषयमा आवश्यक निती तथा नियम लागु गर्नुपर्दछ । अन्य मुलुकले अवलम्बन गरेका पर्यटन सम्बन्धी पद्धतिहरु समेत अनुसरण गर्न सकिन्छ जस्तै मलेसियाले आफ्नो देशलाई Truly Malaysia भनेर विश्व सामू चिनाएको छ, भारतले आफ्नो देशलाई Incridible India भनेर घोषणा गरेको छ यस्तै गरी राज्यले नेपालको पर्यटन व्यवसायलाई उकास्न नेपाललाई पनि नयाँ परिचय दिन सक्छ जसबाट विश्वका पर्यटकहरु नेपाल भ्रमण गर्न उत्सुक होउन् । यस्तै गरी पर्यटन क्षेत्रमा लगानी गर्ने लगानी कर्ताहरुका लागि पनि प्रोत्साहन र उत्साहित खुले खालका विभिन्न सहुलियतको व्यवस्था गरिदिनु पर्दछ, जसले गर्दा लगानी कर्तालाई प्रेरणाबोध गराओस् ।

0 सरकारले पोखरामा एडभेन्चर टुरिजम मार्ट, पूर्वमा इस्ट ट्राभल मार्ट जस्ता लोकप्रिय कार्यक्रम आयोजना गर्ने कुरा छ । यसलाई कसरी लिनु भएको छ ?
अहिले नेपालमा पनि नेपालीहरु एक ठाउँबाट अर्को ठाउँमा घुम्ने प्रचलन बढ्दै गएको परिप्रेक्ष्यमा हामीले अन्तराष्ट्रिय पर्यटकका साथसाथै स्थानिय पर्यटकहरुलाई समेत प्राथमिकता दिनु पर्दछ किनभने नेपाली पर्यटकहरु पनि विदेश नगई नेपालकै विभिन्न पर्यटकिय क्षेत्रहरुमा भ्रमण गर्न अभिप्रेरित गराउन सके आर्थिक रुपमा पनि हामी सपल हुने देखिन्छ । जसले गर्दा हाम्रो अर्थतन्त्र बलियो हुनुका साथै नेपालका उत्पादनहरुको पनि महत्व बढ्दछ । त्यसकारण सरकारद्वारा आयोजना गरिने उक्त कार्यक्रहरुले पर्यटन क्षेत्रमा सकारात्मक असर पार्नेछ भन्ने मलाई लागेको छ ।

0 भ्रमण वर्ष २०२० मनाउन बल्र्ड ट्रेड नेटवर्क सन २०२० नेपालमा आयोजना हुने कुरा छ । यसले पर्यटक बढ्ने हो र ?
वल्र्ड ट्रेड नेटवर्क, २०२० ले नेपाल भ्रमण बर्ष, २०२० लाई सफल बनाउन सहायता गर्नेछ भन्ने मलाई लाग्दछ । यस्ता खालका प्रयासहरुबाट अन्तराष्ट्रिय स्तरका पर्यटनहरुलाई नेपाल र नेपालको विशेषता बारे जानकारी गराउन सहयोग पुग्नेछ भन्ने मलाई लाग्छ ।

0 लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल शुरुवातसंगै पर्यटकलाई राहत हुने सम्भावना छ र ?
लुम्बिनि नेपालको प्रमुख पर्यटीकय गन्तव्य स्थल मध्येको एक हो । महामानव गौतम बुद्धको जन्मथलो लुम्बिनिलाई अन्तराष्ट्रिय स्तरमा चिनाउनका लागि निर्माणाधीन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलले गर्दा पर्यटकहरुको आवागमनको संख्यामा उल्लेखनीय वृद्धि हुने कुरामा विश्वस्त हुन सकिन्छ । पर्यटनको लागि यातायात सुविधाका साथै यातायातलाई चाहिने पूर्वाधारहरुको विकास हुन सके उक्त स्थानमा पर्यटकहरुको आकर्षण बढ्नु स्वभाविक नै हो ।

0 भ्रमण वर्ष २०२० मनाउने क्रममा ५ तारे होटलका समस्या चाहिँ के के छन् ?
पाँच तारे होटलका समस्याहरु प्रशस्त रहेका छन् । हामीले पर्यटकहरुलाई उच्च स्तरको सेवा सुविधा दिँदादिँदै पनि आशा गरिए अनुसारको पर्यटकहरु भित्रिदैनन् । होटलको आय भन्दा व्यय बढि रहेको छ । पुराना ५ तारे होटलहरुमा कर्मचारीहरुको संख्या बढि हुनाले तलब बाँढ्न समस्याहरु भईरहेको अवस्था छ ।

अझ पटक पटक टे«ड युनियनहरुबाट उत्पन्न हुने विवादहरुले गर्दा समस्याहरु झेल्नु परिरहेको हुन्छ । यति मात्र नभई सरकारले विभिन्न विषयलाई समावेश गराएर हामी होटल व्यवसायी माथि लागाएको अधिकतम करहरुले गर्दा हामी साँच्चैनै मर्कामा परेका छौं । देशको आर्थिक मेरुदण्डको रुपमा स्थापित भई धेरैभन्दा धेरै रोजगारी सिर्जना गर्ने होटल उद्योग राज्यबाट अवलम्बन हुने नीति नियमबाट पनि हामी व्यवसायी प्रभावित भएका छौं । नेपाल सरकारले हालै लागू गरेको सामाजिक सुरक्षा कोषले गर्दा पनि हामीले अझ धरै चुनौतीको सामना गर्नुपरेको अवस्था छ ।

0 भ्रमण वर्र्षलाई २०२० सफल बनाउन तपाई महिला नेतृत्वहरुको भूमिका चाहिँ कस्तो हुनु पर्दछ ?
नेपाल भ्रमण बर्ष, २०२० को मुख्य लक्ष्य भन्नु नै नेपालको मौलिकता, संस्कृती, भौगोलिकता तथा पुरातात्विक विषयबस्तुहरुलाई विश्व सामु चिनाउन र नेपालमा पर्यटकको संख्या बढाउनु हो । नेपाली महिलाहरु पनि केहि कुरामा कम छैनन् भन्ने संकेत दिने उद्देश्यले नेपालका ७ वटै प्रदेशका महिलाहरुलाई पर्यटनसँग सम्बन्धित तालिमहरु दिईरहेका छौं ।

विशेष गरि भारतीयहरु हिन्दु भएका कारण नेपालमा रहेका धार्मिक स्थलहरु जस्तै पशुपति, जनकपुर, मुक्तिनाथ आदिले गर्दा पनि नेपाल भ्रमण गर्न आउने गर्दछन् । त्यसकारण नेपालमा यी दुई देशबाट बढी भन्दा बढी पर्यटकहरु भित्राउन हामीले प्रभावकारी रुपमा नेपाल प्रवद्र्धन र प्रचारप्रसार हुनु अति नै आवश्यक रहेको छ ।

विशेष गरि नेपाली उत्पादन भित्र पर्ने घरेलु हस्तकलाका सामानहरु बनाउन नेपाली महिलाहरुले सहयोग गरिरहनु भएको छ । जसबाट अन्तर्राष्ट्रिय बजारमा नेपाललाई चिनाउन मद्दत पुगेको छ ।

0  नेपालमा भारत र चीनबाट सबैभन्दा बढी पर्यटक आउने परम्परा नै छ । यसलाई चाहिँ कसरी लिनु भएको छ ?
भारत र चिन भनेका हाम्रा नजिकका दुई छिमेकी राष्ट्रहरु हुन् । नेपाल भित्रिन धेरै औपचारिकता पुरा गर्नु नपर्ने अन्य राष्ट्रहरु भन्दा रहन बस्न तथा भ्रमण गर्न केहि सस्तो पर्ने भएकाले पनि यी देशका पर्यटकहरु अन्य मुलुकको तुलनामा नेपालमा बढि मात्रामा आउने गरेको हुन सक्छ ।

चीन र भारतका लागि व्यपारिक क्षेत्र भएका कारण पनि नेपालमा आकर्षण बढेको मैले ठानेको छु । विशेष गरि भारतीयहरु हिन्दु भएका कारण नेपालमा रहेका धार्मिक स्थलहरु जस्तै पशुपति, जनकपुर, मुक्तिनाथ आदिले गर्दा पनि नेपाल भ्रमण गर्न आउने गर्दछन् । त्यसकारण नेपालमा यी दुई देशबाट बढी भन्दा बढी पर्यटकहरु भित्राउन हामीले प्रभावकारी रुपमा नेपाल प्रवद्र्धन र प्रचारप्रसार हुनु अति नै आवश्यक रहेको छ ।
0  भ्रमण वर्ष २०२० मनाउन मास मिडिया प्रबद्र्धन कत्तिको आवश्यकता छ ?
मेरो विचारमा मास मिडिया नै प्रचार प्रसार गर्ने मुख्य श्रोत हो । मिडिया बाट नै विश्वभर नेपाल भ्रमण बर्ष , २०२० सम्बन्धि जानकारी दिन ठुलो सहयोग मिल्नेछ । त्यसकारण मास मिडिया प्रबद्र्धन अति आवश्यक छ ।

0 अन्त्यमा केही भन्नु छ ?
अन्त्यमा म के भन्न चाहन्छु भने हामीले पर्यटन क्षेत्रमा प्रगति गर्ने बाटोहरु भेरै छन् तर यसका लागि मेहेनतको आवश्यकता छ । सबैभन्दा मुख्य रुपमा नेपाल सरकारले पर्यटन क्षेत्रका लगानी कर्ताको हक हित सुरक्षित गर्नुपर्दछ । गैरकानुनी रुपमा खोलिएका होटल तथा लजहरु पूर्ण रुपमा हटाई सरकारले उचित निति, नियम तथा कानूनहरु लागु गर्नुपर्दछ ।

पर्यटन सम्बन्धि प्रचार प्रसार रणनितिहरु अध्यावधिक गरिनुर्दछ । छिमेकी राष्ट्रहरुको पर्यटनको सफलता सम्बन्धि प्रद्धतिहरु अनुशरण गर्ने तथा उनीहरुको गल्तीहरुबाट सिक्ने गर्न सक्नु पर्दछ । पर्यटन क्षेत्रमा पैसा मात्र लगानी गरेर हुँदैन यस क्षेत्रमा विज्ञहरुको संलग्नता भएमा उन्नती तथा प्रगती गर्न सहयोग पुग्दछ ।

सरकारद्वारा पयर्टन क्षेत्रमा बनाईने योजनाहरुको उपयुक्त तरिकाले कार्यान्वयन समेत हुनुपर्दछ । सरकारले कानून सम्मत ढंगबाट मात्र Air BNB, Cloud based booking portal तथा Homestay हरु खोल्न अनुमति दिनु पर्दछ । सरकारले तथ्याङ्क नहेरी नयाँ होटलहरुलाई ईजाजत पत्र दिनुहुँदैन । साथै सरकारले होटल व्यवसायीहरुलाई अनावश्यक तथा अत्याधिक मात्रामा धान्नै नसक्ने गरी कर लगाउने कार्य बन्द गर्नुपर्दछ ।आर्थिक बजार मासिकबाट

13535
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका