जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • माइक्रोफाइनान्सहरुको बम्पर लाभांश

माइक्रोफाइनान्सहरुको बम्पर लाभांश

हाल सञ्चालनमा रहेका ९३ माइक्रोफाइनान्समध्ये ३२ वटाले लाभांश घोषणा गरेका छन् । तीमध्ये नेसनल माइक्रोफाइनान्सले सबैभन्दा बढी लाभांश घोषणा गरेको छ । अझै ६१ माइक्रोफाइनान्सले लाभांश घोषणा गरेका छैनन् । धेरैजसो माइक्रोफाइनान्सले तिहार अघि नै लाभांश घोषणा गर्ने तयारी छन् ।

माइक्रोफाइनान्सबीच कसले बढी लाभांश घोषणा गर्ने भन्ने प्रतिस्पर्धा छ ।एउटाले घोषणा गर्न साथ अर्कोले पनि त्यही अनुसार लाभांश घोषणा गर्ने तयारी गरिरहेका छन् । नेपाल राष्ट्र बैंकले माइक्रोफाइनान्सको चुक्ता पुँजी बढाउने सम्भावना देखिएपछि अधिकांश माइक्रोफाइन्सले बोनस शेयर बढी र नगद कम घोषणा गरेका छन् । लाभांश घोषणा गरेका र गर्न बाँकी माइक्रोफाइनान्स कम्पनीले नगद लाभांशलाई भन्दा बोनस शेयर बढी प्राथमिकता दिएका छन् ।  चुक्ता पुँजी वृद्धि गर्नुपर्ने बाध्यता आउन सक्ने हुँदा बोनस शेयर वितरणलाई प्राथमिकता दिएको एक माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृतले बताए । बिगत वर्षमा नगद बढी र बोनस कम दिएका माइक्रोफाइनान्स कम्पनीले यसपाली बोनस बढी र नगद लाभांश कम बितरण गरेका हुन् ।

अहिलेसम्म लाभांश घोषणा गरेका ३२ माइक्रोफाइनान्समध्ये धेरैजसोले बोनस बढी र नगद कम वितरण गर्दै छन् । सबैभन्दा बढी लाभांश घोषणा गरेको नेशनल माइक्रोफाइनान्सले ७५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद वितरण गर्दैछ । उक्त माइक्रोफाइनान्सले चुक्ता पुँजी बढाउनुपर्ने भएकाले यस वर्ष बोनस शेयर दिएको हो ।मिर्मिरे माइक्रोफाइनान्सले पनि नगद लाभांश ज्यादै कम २.३७ प्रतिशत र ४५ प्रतिशत बोनस शेयर दिएर चुक्ता पुँजी बढाउँदै छ । यसैगरी, सूर्योदयले पनि २.३४ प्रतिशत मात्रै नगद र ४४ प्रतिशत बोनस शेयर दिएर चुक्ता पुँजी बढाउने निर्णय गरेको छ ।

माइक्रोफाइनान्सले गत वर्षभन्दा यो वर्ष बढाएर धमाधम लाभांश वितरण गर्ने घोषणा गरिरहेका छन् । अधिकांश माइक्रोफाइनान्सले अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा नाफा बढी कमाएका कारण लाभांश दर पनि बढाएका हुन् । लाभांश घोषणा गर्न बाँकी माइक्रोफाइनान्सले पनि सञ्चालक समितिमा लाभांश कति दिने भन्ने बारेमा छलफल गर्न थालेका छन् । माइक्रोफाइनान्सबीच लाभांश कसले बढी वितरण गर्ने भन्ने प्रतिस्पर्धा छ ।  लाभांश घोषणा गर्न बाँकी माइक्रोफाइनान्सलाई लाभांश बढी वितरण गर्न दबाब सिर्जना भएको छ । ती माइक्रोफाइनान्सले आर्थिक वर्ष २०७४/०७५ मा बाँडेको लाभांश भन्दा आर्थिक वर्ष २०७५/०७६ मा बाड्ने लाभांश बढाउने अनुमान गर्न गरिएको छ ।

प्रत्येक माइक्रोफाइनान्सले चुक्ता पुँजी बढाएकाले लगानी बढेको र त्यसबाट आम्दानी पनि बढेको हुनाले गत आवमा तिनीहरुको नाफा बढेको माइक्रोफाइनान्सका सञ्चालकहरु बताउँछन् ।  चुक्ता पुँजी नबढाउने माइक्रोफाइनान्सलाई मर्जरमा लैजाने चेतावनी केन्द्रीय बैंकले दिएका कारण पनि बोनस शेयर दिएर चुक्ता पुँजी बढाउने तयारीमा पुगेका हुन् ।

7960
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका