जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • इतिहास बन्दै जनता बैंक एउटा प्रतिष्ठित वाणिज्य बैंक बन्दै

इतिहास बन्दै जनता बैंक एउटा प्रतिष्ठित वाणिज्य बैंक बन्दै

एउटा ठुलो र प्रतिष्ठित बाणिज्य बैंक मंसीर २० गतेदेखि पूर्ण रुपमा मेटीने छ । जनता बैंक नेपाल लि यही मंसिर २० गतेदेखि ग्लोवल आइएमई बैंकमा गाभिँदै छ । बैंकको सेयर रेसीयो मर्जरको आधारमा भएपनि जनता बैंकले आफ्नो नाम निशाना पूर्ण रुपमा मेटेर ग्लोवल आइएमई बैंकको नामबाट कारोबार गर्ने छ ।

२० गते पछि हाल जनता बैंकमा कार्यरत सबै कर्मचारीले ग्लोवल आइएमई बैंकको परिचय पत्र प्राप्त गर्नेछन् । ठुला अर्थात वाणिज्य बैंकहरु यस अघि पनि गाभिएका थिए । तर यस अघि गाभिएका बैंकहरु कम्जोर भएका कारण नेपाल राष्ट्र बैंकबाट समस्याग्रस्थ सूचिमा थिए । प्रभु विकास बैंकले किष्ट बैंक र ग्राण्ड बैंक गरी दुई वाणिज्य बैंकलाई मर्जरमा ल्याएको थियो । त्यतिवेला वाणिज्य बैंकको चुक्ता पुँजी २ अर्ब थियो, अहिले वाणिज्य बैंकको चुक्ता पुँजी ८ अर्ब छ ।

जनता बैंक ग्लोवल आइएमई बैंकका मर्जर भएपछि ग्लोवल आइएमई बैंक चुक्ता पुँजी, एटीएम, शाखा गरेर मुलुककै ठुलो बैंक बन्ने छ । राष्ट्र बैंकले बैंकहरुलाई मर्जरमा लगेर संख्या घटाउने उपाय खोजेको छ । जसकारण विकास बैंकहरु पनि धमाधम मर्जरमा गएका छन् । अरु वाणिज्य बैंकहरुले पनि मर्जरको अभ्यास गरिरहेका छन् । तथापि ठुला बैंकहरुको मर्जर पछिल्लो समयमा यो नै सबैभन्दा ठुलो इतिहास बन्न पुगेको छ । मर्जरपछि ग्लोबल आईएमई बैंकको नामबाट एकीकृत कारोबार हुने छ ।

मर्जरपछि बैंकको चुक्ता पुँजी करिब १९ अर्ब, कुल निक्षेप २ खर्ब १० अर्ब भन्दा बढी र कुल कर्जा लगानी करिब २ खर्ब पुग्नेछ । त्यस्तै बैंकको शाखा सञ्जाल करिब ३०० तथा सेवा केन्द्रको संख्या ८५० भन्दा बढी हुनेछ । त्यस्तै बैंकको २५६ एटीएम, २४१ शाखा रहित बैंकिङ्ग सेवा, ३३ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर र तीन वटा बैदेशिक सम्पर्क कार्यालय रहनेछन् । बैंकमा झन्डै साढे तीन हजार कर्मचारीहरु रहने छन् भने झन्डै २० लाख ग्राहक हुनेछन्

10310
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका