जोडिनुहोस
बिहिबार, बैशाख ६, २०८१
बिहिबार, बैशाख ६, २०८१

हालको खबर

  • होमपेज
  • चेकबुक र हस्ताक्षरको ढड्डा चोरको हातमा पुग्नु सीइओहरुको नालायकीपन नै हो

अन्तरवार्ता

चेकबुक र हस्ताक्षरको ढड्डा चोरको हातमा पुग्नु सीइओहरुको नालायकीपन नै हो

गर्भनर डा. चिरनजीवी नेपाल, नेपाल राष्ट्र बैंक

चेकबुक र हस्ताक्षरको ढड्डा चोरको हातमा पुग्नु सीइओहरुको नालायकीपन नै हो

गर्भनर साब बैंक त चोरको हातमा पुग्यो नि ?
सहि हो तपाईको प्रश्न पछिल्लो समय बैंकहरुमा विभिन्न घटना भएका छन् । त्यसकारण बैंक असुरक्षीत हो कि भन्ने डर सबैमा आएको छ । मैले पटक÷पटक भन्दै आएको छु । चेक बुक कसलाई दिने, ग्राहकहरुको हस्ताक्षर भएको ढड्डा कसलाई दिने ज्ञान नभएका कर्मचरी बैंकमा छन् भने अनुसन्धान हुनु पर्दछ । सीइओ साबहरुले निगरानी गर्नु पर्ने थियो । त्यो भएन ।

राष्ट्र बैंकसंग छलफल गरि प्रहरीले कर्मचारी र बैंक संचालकमाथी नै निगरानी बढाएको देखिन्छ नि सत्य हो ?
छलफल भएका छन् । गल्ती गर्ने माथी कारबाही हुनुप¥योनि संचालक, सीइओकै संलग्नता भएपनि कारवाही गर्न हामीले प्रहरीलाई (सीआबी)लाई भनेका छौं । जिम्मा त सीइओहरुले लिनुप¥यो नि ।

कसको कुन बैंकमा लगानी छ हामीलाई राम्रोसंग थाहा छ । आफै धामी आफै बोक्सी जस्तै छन् । आफै बैंक चलाउने नाफा कमाउने अनि हामीलाई दबाब दिने । पैसा कमाउने रहर सबैलाई होला । तर, पारदर्शी र राज्यलाई कर बुझाएर बमाउनु हो ।

कहिले चिनीया ह्याकरहरुले एटिएमबाट पैसा चोरी त कहिले नेपालीबाटै नक्कली हस्ताक्षरमा बैंकको पैसा चोरी भएका छन् । आइटी लगानी बढाउन राष्ट्र बैंकले कस्तो निर्देशन दिएके छ त गर्भनर साब ?
किन नभन्ने पटक÷पटक भनेका छौं । आइटी लगानी गर्न । आईटीमा लगानी ठूलो भएकै कारण मर्जर गर भनेका छनैं । अब आईटीमा लगानी जरुरी छ नि ।

नेपालमा व्यापारीहरुकै बैंक छन् । उनीहरुनै ब्याज घटाउन राष्ट्र बैंकलाई दबाब दिइरहेको अवस्था पनि छ नि ?
सहि प्रश्न गर्नु भयो । नेपालका प्रायः सबै बैंक व्यापारीहरुकै छन् । कसको कुन बैंकमा लगानी छ हामीलाई राम्रोसंग थाहा छ । आफै धामी आफै बोक्सी जस्तै छन् । आफै बैंक चलाउने नाफा कमाउने अनि हामीलाई दबाब दिने । पैसा कमाउने रहर सबैलाई होला । तर, पारदर्शी र राज्यलाई कर बुझाएर बमाउनु हो ।

पटक÷पटक समय माग गरेका कारण समय दिएक थियौं । त्यस्तै विकास बैंकहरुलाई साउन देखि यो लागु हुने छ । नत्र राष्ट्र बैंक कठोर हुनेछ । बैंकहरुले माघ १ गतेबाट चेक तथा नगद जम्मा गर्ने फारम नयाँ बनाउने र आफ्नो आन्तरिक प्रणालीलाई पनि परिवर्तन गर्न हामीले भनेका छौं ।

पछिल्लो समय समय सम्पत्ति सुद्धिकरणर (एन्टी मनी लाउन्ड्रिड)को कुरा पनि आएको छ नि गर्भनर साब ?
हामीले गत वर्ष नै यसको लागि निर्देशन दिएका छौं । माघ १ गतेबाट वाणिज्य बैंकहरुमा अनिवार्य रुपमा सम्पत्ती सुद्धिकरण जान निर्देशन नै दिएका अवस्था छ । अब समय थप हुँदैन । पटक÷पटक समय माग गरेका कारण समय दिएक थियौं । त्यस्तै विकास बैंकहरुलाई साउन देखि यो लागु हुने छ । नत्र राष्ट्र बैंक कठोर हुनेछ । बैंकहरुले माघ १ गतेबाट चेक तथा नगद जम्मा गर्ने फारम नयाँ बनाउने र आफ्नो आन्तरिक प्रणालीलाई पनि परिवर्तन गर्न हामीले भनेका छौं ।

बैंकहरुले अटेर गरेको देखिन्छ । सम्पत्ति सुद्धिकरणका बारेमा कार्यन्वयन नभए राष्ट्र बैंकले कस्तो कारवाही गर्ला त ?
निर्देशन बैंकहरुले माघ १ गतेबाटै पालना गर्ने विश्वास हाम्रो छ । नगरे १० लाख देखि १ करोडसम्म जरिवाना र कठोर कदम चाल्न हामी बाध्य हुनेछौं बुझे हुन्छ ।

बैंक्हरुले नाफा कमाउदाँ नियममा बसेर कमाउनु होस् भनेर लहडमा लागेर नाफा कमाउने होइन । हामीलाई शंका लागेका सबै कुरा अब हामी बैंकसंग माग्ने छौं । अब माघ १ गतेबाट नयाँ प्रणालीमा धेरै थरिका सूचना ग्राहकहरुले भर्नुपर्ने छ । यसबाट धेरै कुरा हामीसम्म आउनेछ नि ।

तपाई पटक÷पटक भन्दै आउनु भएको छ । असान्दर्भिक लागे अरु विवरण पनि राष्ट्र बैंकले माग्न सक्दछ के चाहि माग्न बाँकी छ र बैंकहरुसंग गर्भनर साब ?
मैले भनेको छु । बैंक्हरुले नाफा कमाउदाँ नियममा बसेर कमाउनु होस् भनेर लहडमा लागेर नाफा कमाउने होइन । हामीलाई शंका लागेका सबै कुरा अब हामी बैंकसंग माग्ने छौं । अब माघ १ गतेबाट नयाँ प्रणालीमा धेरै थरिका सूचना ग्राहकहरुले भर्नुपर्ने छ । यसबाट धेरै कुरा हामीसम्म आउनेछ नि ।

अन्त्यमा केही बाँकी छ गर्भनर साब ?
पछिल्ला घटनाले हामी नियमनकारी निकाय छक्क परेका छौं । चेक बुक र ग्राहकको हस्ताक्षर भएका ढड्डा समेत चोरका हातमा पुगेका छन् । यो कस्तो बैकिङ्ग हो सीइओ सावहरुको नालायकी पन हो कि होइन ?

9965
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका