जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • माघ १ बैंक ग्राहकहरुको नयाँ दिन !

फिचर

माघ १ बैंक ग्राहकहरुको नयाँ दिन !

लागु नगरे सीइओ सावहरुको जागिर जान्छ : गर्भनर

माघ १ बैंक ग्राहकहरुको नयाँ दिन !

नेपालको बैंकिङ्ग इतिहासमै माघ १ गते १० बजे बैंक ग्राहकहरुका लागि नौलो दिन बन्ने छ । किनकी माघ १ गतेबाट वाणिज्य बैंकहरुमा एन्टी मनी लाउन्ड्रिड सिस्टम (गो–एएमएल) लागु हुँदैन । यो आफैमा राम्रो कुरा हो । तर, ग्राहकहरुका लागि नौलो बन्न पनि सक्दछ । बैंकहरुका लागि भने थप कर्मचारी र सफ्टवेयरको प्रयोग गर्नु पर्ने बाध्यता पनि देखिन्छ ।

वित्तीय क्षेत्रमा सम्पत्ति शुद्धीकरण तथा आंकतवादी लगानी निवारणका लागि गर्नुपर्ने विद्युतीय माध्यमबाट दिइने प्रणालीलाई गोएएमल भनिन्छ । गो–एएमएलले निर्धात गरेको मापदण्डको विवरण वित्तीय कारोबारमा स्वीकार गरिने भएको छ । यसका लागि बैंकहरुलाई ग्राहकको थप विवरण अभिलेख, थप दक्ष जनशक्ति, प्रविधिको आवश्यकतापर्ने प्रस्टै छ ।

बैंकले आफ्ना ग्राहक जोखिमयुक्त वा उच्चपदस्थ व्यक्ति वा त्यस्तो व्यक्तिको परिवारको सदस्य तथा सम्बद्ध व्यक्ति भएको देखिएमा वा ग्राहकको कामकारबाही शंकास्पद देखिएमा निरन्तर अनुगमन गर्ने तथा ग्राहक, वास्तविक धनी वा कारोबारका सम्बन्धमा निरन्तर अनुगमन गर्नुपर्ने हुन्छ ।

त्यसबाहेक वायर ट्रान्सफरसम्बन्धी कारोबार गर्ने नेपालको वित्तीय संस्थाले वायर स्थानान्तरणको अनुगमन, सोधखोज, निलम्वन, अस्वीकार, वास्तविक धनी तथा हिताधिकारीको पहिचान, भुक्तानीलगायतका विषयमा जोखिममा आधारित नीति तथा कार्य्विधि बनाई लागू गर्नुपर्नेछ ।

बैंक तथा वित्तीय संस्थाका ग्राहकको कारोबारमा देखिएको गतिविधिलाई डिजिटल रुपमा नियमक निकायलाई पठाउने प्रविधि नै गो–एएमएल प्रणाली हो । जसमा दैनिक रुपमा ग्राहकले गरेको कारोबारलाई बैंकले नियमक निकायमा रिर्पो्टिङ गर्ने डिजिटल फम्र्याट हुन्छ । बैंक तथा वित्तीय संस्थाले कारोबार गरेका ग्राहकमध्ये शंकास्पद लागेका कारोबार अनलाइन माध्यमबाटै नियमक निकायमा पठाउन सक्छन् ।

माघ १ गतेदेखि कार्यान्वयनमा आउन लागेको यो प्रणाली शुरु हुन अब मात्र एक महिनामात्रै बाँकी रहेको सन्दर्भमा अधिकांश बाणिज्य बैंकहरुले गो–एएमएलका लागि आवश्यक पर्ने तयारी गरेका छैनन् । हाल बाणिज्य बैंकहरुले नियामक निकाय राष्ट्र बैंकमा म्यानुअली रिर्पो्टिङ गरिहेका छन् । जुन गो–एएमएल प्रणाली लागू गर्नलाई यो विधि काम लाग्दैन ।

हाल बैंकका ग्राहकलाई व्यवस्थापन गर्नका लागि प्रविधि नै विकास नगरेका कारण लाखौ ग्राहकको सूचना गो–एएमएल प्रणालीमा कसरी लैजान्छन् ? अर्को गो–एएमएलमा पठाउने ग्राहकको बारेमा आन्तरिक रुपमा अनुसन्धान गर्नुपर्ने हुन्छ । तर, बैंक तथा वित्तीय संस्थाले आन्तरिक अनुसन्धान इकाई नै बनाएका छैनन् ।
आन्तरिक अनुसन्धान इकाई नबाएका कारण शंका लागेकै भरमा कुनै पनि ग्राहकलाई गो–एएमएल प्रणालीबाट नियामक निकाय पठाउँदा निर्दोष ग्राहकले अनावश्यक दुःख पाउन सक्ने सम्भावन बढेर जान्छ । बैंकहरुले लिने गरेको ग्राहकको विस्तृत विवरणसमेत गो–एएमएल प्रणाली म्याच गर्ने खालको नहुँदा गो–एएमएल प्रणालीमार्फत तत्कालै रिर्पो्टिङ गर्न कठिन हुन्छ ।

उच्च पदस्थ ग्राहक छन भने उसको कारोबारमा बढी जोखिम हुन्छ भन्ने आधारमा खातावालाको बढी नै निगरानी हुन्छ र सोही अनुरुप नियामक निकायमा रिर्पो्टिङ हुन्छ । बैंकहरुको पर्याप्त तयारी नगरी राष्ट्र बैंकको निर्देशनलाई मात्र पालना गर्दा बैंकका निर्दोष ग्राहक फस्न सक्ने सम्भावन बढेर गएको छ ।

नेपालमा भखर्रैं बैंकिङ प्रणाली प्रविधिमैत्री हुँदै गएकाले पनि तत्कालका लागि केही समस्य आउन सक्छन् । तर, ती समस्यलाई समाधान गर्दै जाँदा अन्तर्रा्ष्ट्रियको गो–एएमएल प्रणालीमा नेपाली बैंकहरुले पनि चाँडै नै आफूलाई परिवर्तन गर्न सक्ने पर्दछ कि नत्र यो पनि लागु गर्न कठिन देखिन्छ ।

कुनै कारोबार शंकास्पद देखिए वा सम्पत्ति शुद्धीकरण गर्ने उद्देश्यले गरेको वा भएको देखिएमा वा शंका गर्नुपर्ने मनासिब कारण भएमा सो सम्बन्धमा अनुसन्धान तथा जाँचबुझ गर्नुपर्ने हुन्छ । यसका लागि बैंकमा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी विषेश अनुसन्धान तथा जाँचबुझको ज्ञान भएका र व्यस्थापन गर्न सक्ने जनशक्ति, चुस्त सिस्टम, त्यसको उपर्युक्त साङ्गठनिक संरचना आवश्यक हुन्छ । यो प्रणाली लागु भएर यसको कार्यान्वयन गर्नु आजको आवश्यकता नै मान्नु पर्दछ । एन्टी मनी लाउन्ड्रिड लागु हुने कुरामा गर्भनर डा. चिरनजीवी नेपालको भनाई यस्तो छ ।

हामीले गत वर्ष नै यसको लागि निर्देशन दिएका छौं । माघ १ गतेबाट वाणिज्य बैंकहरुमा अनिवार्य रुपमा सम्पत्ती सुद्धिकरण जान निर्देशन नै दिएका अवस्था छ । अब समय थप हुँदैन । पटक÷पटक समय माग गरेका कारण समय दिएक थियौं । त्यस्तै विकास बैंकहरुलाई आगामी साउनदेखि यो लागु हुनेछ । नत्र राष्ट्र बैंक कठोर हुनेछ । बैंकहरुले माघ १ गतेबाट चेक तथा नगद जम्मा गर्ने फारम नयाँ बनाउने र आफ्नो आन्तरिक प्रणालीलाई पनि परिवर्तन गर्न हामीले भनेका छौं ।

सम्पत्ति सुद्धिकरणका बारेमा कार्यन्वयन नभए राष्ट्र बैंकले कस्तो कारवाही गर्ला त भनी सोधीएको अर्को प्रश्नमा गर्भनर डा. नेपालले भनेः– निर्देशन बैंकहरुले माघ १ गतेबाटै पालना गर्ने विश्वास हाम्रो छ । नगरे १० लाख देखि १ करोडसम्म जरिवाना र कठोर कदम चाल्न हामी बाध्य हुनेछौं बुझे हुन्छ । सीइओ सावहरुको जागिर जान पनि सक्दछ सचेत भए हुन्छ । नेपालमा आगामी माघ १ गतेबाट एन्टी मनी लाउन्ड्रिड लागु भए अकूत सम्पत्ती आर्जन गर्ने र लुकाउनेहरु जेल जाने निश्चत जस्तै छ । सचेत भया ।

10335
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका