जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • ‘लुम्बिनीका बौद्धस्थललाई एकापसमा जोडेर ‘बुद्धपथ’ बनाउनुपर्छ’

‘लुम्बिनीका बौद्धस्थललाई एकापसमा जोडेर ‘बुद्धपथ’ बनाउनुपर्छ’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले मुलुकलाई अन्तरराष्ट्रिय तहमा चिनाउन लुम्बिनी क्षेत्रले अग्रणी भूमिका निर्वाह गरेको बताउनुभएको छ ।

लुम्बिनी विकास कोषले त्यस क्षेत्रको बृहत्तर विकासका लागि बनाउन लागेको गुरुयोजनाका विषयमा आज आयोजित छलफलमा उहाँले मायादेवी मन्दिर, रामग्राम र तिलौराकोटलगायत बौद्धस्थललाई एकापसमा जोडेर ‘बुद्धपथ’ बनाउनुपर्नेमा जोड दिनुभयो ।

विगतमा त्यस क्षेत्रको विकास जुन गतिमा हुनपर्ने थियो, त्यो हुन नसकेकाले नयाँ योजना बनाएर पूर्वाधार विकासका लागि लगानीलाई आकर्षित गर्न सकिने बताउँदै उहाँले प्रादेशिक र स्थानीय तहका सरकारले पनि त्यस क्षेत्रका ऐतिहासिक पक्ष, सांस्कृतिक सम्पदालाई संरक्षण गर्नुपर्ने उल्लेख गर्नुभयो ।

कोषका उपाध्यक्ष भिक्षु मैत्तेयले त्यस क्षेत्रको विकासका लागि अहिलेसम्म भइरहेका प्रयासको जानकारी गराउँदै पर्यटकलाई आकर्षित गराउन थप सुविधा उपलब्ध गराउन नयाँ योजनाको खाँचो औँल्याउनुभयो । प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद विँडारीले त्यहाँको महत्वलाई दीर्घकालसम्म जोगाइराख्न स्मार्ट सिटी बनाउन नहुने विचार व्यक्त गर्नुभयो ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले त्यस क्षेत्रमा बसोबास गर्ने विभिन्न धार्मिक समुदायका सांस्कृतिक गतिविधि तथा स्थानीय पहिचानलाई पनि कायम गर्नुपर्ने बताउनुभयो । पर्यटनविद् कर्ण शाक्य, अम्बिका श्रेष्ठ लगायतले नजीक रहेका विभिन्न उद्योगलाई सार्नुपर्ने बताउँदै वन वातावरण तथा वन्यजन्तुको समेत ख्याल गरी योजना ल्याउनुपर्नेमा जोड दिनुभयो ।

12100
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका