जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • कालिञ्चोकमा प्रथम स्की महोत्सव हुने

कालिञ्चोकमा प्रथम स्की महोत्सव हुने

पर्यटकीय जिल्ला दोलखामा पहिलो पटक स्की महोत्सव हुने भएको छ । नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा हिमपातपछि जमेको हिउँको उपयोग गर्दै स्की तथा स्नो बोर्ड प्रतिष्ठानले दोलखाको कालिञ्चोक गाउँपालिका कुरी क्षेत्रमा प्रथम कुरी स्की÷स्नोबोर्ड च्याम्पियनशीप खेल महोत्सव आयोजना गर्न लागेको हो ।

स्की खेलप्रति रुचि राख्ने स्वदेशी एवं विदेशी तथा कालिञ्चोक घुम्न आउनेहरुलाई लक्षित गरी यही माघ ९ देखि ११ गतेसम्म कालिञ्चोक क्षेत्रमा आधारभूत स्की तालीम तथा महोत्सव गरी प्रतियोगितासमेत गरिने भएको हो । स्की तथा स्नो बोर्ड प्रतिष्ठानलका अध्यक्ष उत्सव पाठकले मङ्गलबार सदरमुकाम चरिकोटमा आयोजित पत्रकार सम्मेलनमा दोलखाको पर्यटन विकास गर्न महोत्सव गर्न लागिएको जानकारी दिनुभयो । ‘नेपालमा स्की खेलको सम्भावना छ’ भन्ने देखाउन पनि प्रतियोगिता गरिने उहाँले बताउनुभयो ।

महोत्सव अवधिमा दश जना प्रशिक्षकबाट इच्छुकलाई साधारण ज्ञान तथा तालीम दिइने योजना रहेको अध्यक्ष पाठकले बताउनुभयो । त्यस्तै राष्ट्रिय र अन्तर्राष्ट्रिय विधामा प्रतियोगिता गरिनेछ । करिब पाँच हजारले महोत्सव अवलोकन गर्ने आयोजकले अनुमान गरेको छ ।

प्रतिष्ठानले यसअघि रोल्वालिङ, हुम्लाको सिमिकोट, डोल्पाको पुथा हिमचुली, सोलुखम्बुको मेरा पीक, मनाङको खाग्ङला ग्लेसीयर, मुस्ताङको मुक्तिनाथ आसपास र कास्कीको अन्नपूर्ण आधारशिविर क्षेत्रमा स्की तथा स्नो बोर्डिङसम्बन्धी खेल गतिविधि तथा कार्यक्रम सञ्चालन गरिसकेको अध्यक्ष पाठकले जानकारी दिनुभयो ।

स्की तथा स्नो बोर्डिङलाई नेपालमा लोकप्रिय खेलका रूपमा विकास गर्दै अन्तर्राष्ट्रि«य प्रतियोगितामा नेपालको सम्मानजनक उपस्थिति कायम गर्न यस प्रकारको महोत्सव तथा तालीमले सहयोग पुग्ने आयोजकको दाबी छ । युवालाई स्की खेलप्रति आकर्षित गर्दै दोलखालाई साहसिक खेलको केन्द्र बनाउने महोत्सवको उद्देश्य रहेको इभेन्ट म्यानेजर सौगात थापाले बताउनुभयो । विजयी खेलाडीलाई नेपाल स्की एशोसियसनको सहयोगमा राष्ट्रिय प्रतियोगितामा सहभागी गराइने थापाले जानकारी दिनुभयो । साहसिक खेलको विकास तथा पर्यटन प्रवद्र्धन गर्न प्रतिष्ठानले विगत चार वर्षदेखि स्की तथा स्नोबोर्डको विभिन्न कार्यक्रम गर्दै आएको छ ।
–––

18235
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका