जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • सूर्य चन्दद्वारा सेभेन थर्टिन युनिसेक्स हेयर सलोनको उद्घाटन

सूर्य चन्दद्वारा सेभेन थर्टिन युनिसेक्स हेयर सलोनको उद्घाटन

काठमाडौंको ताहाचलमा सेभेन थर्टिन युनिसेक्स हेयर सलोनको शुभारम्भ गरिएको छ । सञ्चारकर्मी, कलाकार, निर्देशक तथा इभेन्ट अर्गनाइजर सूर्य चन्दको प्रमुख आतिथ्यतामा बिहिबार अत्याधुनिक तथा सम्पूर्ण सेवा सुबिधा सम्पन्न यो पार्लरको शुभारम्भ गरिएको हो ।

यस पार्लरमा अनुभबी सौन्दर्य्बिदद्वारा सेवा सुविधा उपलब्ध गराइने सञ्चालकद्वय दीपक खड्का र धिरज राईले जानकारी गराए । अन्तर्राष्ट्रिय स्तरको प्रबिधि र सेवामुलक सम्पूर्ण सुबिधा सम्पन्न भएको सैलुन जहाँ दक्ष अनुभवि सौन्दर्यकर्मी बाट सेवाग्राहीले सेवा लिन पाउने सञ्चालकले बताए ।

महिला तथा पुरुष ग्राहकहरुको लागि खोलिएको गुणस्तरलाई नै पहिलो प्राथमिकता दिदै आएको यस सलोन सेभेन थर्टिन युनिसेक्स हेयर सलोनको दोश्रो शाखा हो । शुभारम्भमा प्रमुख अथिति सूर्य चन्द र अतिथि इन्द्र महतले बधाई तथा शुभकामाना दिएका थिए ।

12590
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?