जोडिनुहोस
मङ्लबार, बैशाख ४, २०८१
मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • प्राइम र कैलाश एकीकृत कारोबार २ हप्ताभित्र

प्राइम र कैलाश एकीकृत कारोबार २ हप्ताभित्र

प्राइम कमर्शियल बैंक र कैलाश विकास बैंकको मर्जरलाई राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गरेको छ । गत साता बसेको राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले मर्जरको अन्तिम स्वीकृति प्रदान गरेको हो ।

‘प्राइम र कैलाशको मर्जरलाई हामीले अन्तिम स्वीकृति दिएका छौं,’ राष्ट्र बैंक स्रोतले भन्यो । उनीहरुले डेढ महिनाअघि अन्तिम स्वीकृति माग्दै राष्ट्र बैंकमा आवेदन दिएका थिए ।

कैलाशलाई गाभेपछि प्राइम बैंकको चुक्ता पुँजी १३ अर्ब ९५ करोड र पुँजी कोष १९ अर्ब रुपैयाँ पुग्ने छ । त्यसैगरी, १ खर्ब २८ अर्ब निक्षेप र १ खर्ब १५ अर्ब रुपैयाँ कर्जा पुग्नेछ ।   दुई बैंकबीच मर्जरमा जाने सैद्दान्तिक समझदारी भएको थियो । यी दुई बैंकको मर्जरलाई राष्ट्र बैंकले गत असोज दोस्रो साता सैद्दान्तिक सहमति दिएको थियो ।

प्राइम बैंक स्रोतका अनुसार ढिलोमा २ हप्ताभित्र एकीकृत कारोबार हुनेछ ।

 

 

8060
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका