जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • मेट्रोमा राज गर्न नपाएपछि जिल्ला ताकेका एसपी राना परे थचक्क

मेट्रोमा राज गर्न नपाएपछि जिल्ला ताकेका एसपी राना परे थचक्क

महानगरिय प्रहरी आयुक्तको कार्यलय रानीपोखरी मेट्रोमा कार्यरत एसपी ओम रानाको जिल्ला नेतृत्व गर्ने सपनामा ठेस लागेको छ । महानगरिय प्रहरी आयुक्तको कार्यलय मेट्रो प्रमुखका रुप डिआईजी विश्वराज पोखरेलसँगै रानीपोखरी भित्रिएका एसपी रानाको बाँके जिल्ला नेतृत्व गर्ने सपना चक्नाचुर भएको हो । मेट्रोमा सिभिल खटाएर धुम मच्चाउने रणनीतिलाई मेट्रो प्रमुख पोखरेलले ब्रेक लगाई दिएपछि जिल्ला ताकेका उनलाई ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले समेत आफ्नो प्रदेशमा नपठाउन आग्रह गरेको समाचार स्रोतले जनाएको छ । गृह मन्त्रालयबाट दवाव दिन लगाएर बाँके जिल्ला प्रहरी प्रमुख हुने चाहा राखेका उनलाई त्यस जिल्लामा रोकनै लगाइएको स्रोतको दाबी छ । मेट्रोमा घुमुवा खटाएर राज गर्न नपाएपछि जिल्ला ताकेका एसपी राना यती बेला चिन्तामा परेका छन् ।

बाँकेकै लागि कस्सिएका उनी सधैं विवादमा आएका प्रहरी अधिकारी हुन् । उनी जहाँ गए पनि आर्थिक कारोबारमा मुछिने गरेको इतिहास साक्षी रहेको छ । राना रसुवामा डीएसपी हुँदा रक्तचन्दन तस्करीमा मुछिएर कारबाहीमा परेका प्रहरी अधिकारी हुन् ।

उनी सँगै यही तस्करीमा मुछिएका नेपाली सेनाका कर्णेल राम्जी थापाको जागीर गए पनि रानाले नैसियत दिएर नेताको दबाब जोगाईएको थियो। अहिले उनै एसपी राना शक्ती केन्द्रको आड भरोसामा बाँके सरुवा हुन लागेका थिए ।

राना कास्कीमा रहँदा प्रहरीकै छविमा आघात पुग्नेगरी गुण्डाहरुसँगको हिमचिमबारे तत्कालीन आइजीपी सर्वेन्द्र खनालसम्मै सूचना पुगे पनि उनलाई कारबाही गर्न सकेनन्। रानाको गुण्डानाइके ललित गुरुङ र धनबहादुर छन्त्याल लगायतका गुण्डाहरुसँगको सम्बन्धका कारण पनि उनी विवादमा परेका थिए ।

घरजग्गा कारोबारीहरुसँग तर्साएर असुली गर्ने गुण्डानाइकेहरुसँग एसपी रानाको उठबसका कारण पनि उनी विवादमा परेको खबर आएको थियो । कास्कीमा जाने क्रममै विमानस्थलदेखि नै गुण्डाहरुले स्कर्टिङ गरेपछि विवादमा उनी आएका थिए।

ललित गुरुङ र एसपी रानाको हिमचिमले पोखराका पर्यटन ब्यवसायीहरुनै आतंकित भएका थिए। त्यसो त एक ताका महानगरिय अपराध महाशाखामा चोर,गुण्डाहरुसँग रकम असुलेको आरोपमा उनलाई बयान समेत गराइएको थियो । बयानमा उनले आफै चोर,गुण्डाहरुसँग रकम असुलेको उल्लेख गरेको अभियान टाइम्समा खबर उल्लेख छ ।

पछिल्लो समय बाँके जस्तो महत्वपूर्ण जिल्लामा सरुवा गर्न गृह मन्त्रालयबाट दबाब दिन लागे पछि राना सहित अन्य एसपीहरु पनि त्यहा जान लागि परिरहेका थिए । एसपी सरुवाको अन्तिम तयारी भइरहँदा उनकै कारण विवाद भएपछि काज सरुवा रोकीएको छ ।

13540
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?