जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • इक्यानले सबै सदस्य र कर्मचारीको कोरोना बीमा गर्यो

इक्यानले सबै सदस्य र कर्मचारीको कोरोना बीमा गर्यो

नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले आफ्ना सबै सदस्य र कर्मचारीको कोरोना बीमा गरेको छ । इक्यान अध्यक्ष प्रकाश पाण्डेले इक्यानका सबै ४६३ जना सदस्य र ९ जना कर्मचारीको कोरोना बीमा गरेको जानकारी दिए ।

उनका अनुसार सबै कर्मचारी र सदस्यको १ लाख रुपैयाँ बराबरको बीमा गरिएको हो । जसवापत प्रतिव्यक्ति ६ सय रुपैयाँ खर्चिएको छ । बीमाको अवधि १ वर्षका लागि हुनेछ । बीमा गरेको १४ दिनपछि यो एक्टिभ हुनेछ ।

त्यसैगरी कोरोना भाइरसको महामारी र त्यसपछि मुलुकमा लागू भएको लकडाउनका कारणले व्यवसायमा समस्या सिर्जना भएको र लकडाउनपछि व्यवसाय बचाउन व्यवसायीहरुलाई बैंकबाट सफ्ट लोन लिनका लागि आवश्यक छलफल भइरहेको समेत अध्यक्ष पाण्डेले जानकारी दिए ।

गत चैत ११ गतेदेखि मुलुकमा लकडाउन भएका कारण अहिले शैक्षिक परामर्श क्षेत्र प्रभावित बनेको छ भने इक्यानले यस अवधिमा विदेशमा रहेका विद्यार्थीहरुको समस्या समाधानमा समेत क्रियाशिल छ ।

कोरोनाका कारण उच्च शिक्षाका लागि अध्ययन गर्न जान चाहने विद्यार्थी विदेश जान पाएका छैनन् भने सरकारले शिक्षामन्त्रालयबाट जारी हुने एनओसी समेत गत फागुनदेखि बन्द गरिसकेको छ । यसले विदेश जाने तयारीमा गरिरहेका विद्यार्थीहरुको भविष्य अन्योलमा परेको छ ।

13685
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?