जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • गुराँस लाइफको हकप्रद निष्कासन ..?

गुराँस लाइफको हकप्रद निष्कासन ..?

गुराँस लाइफ इन्स्योरेन्सले शतप्रतिशत हकप्रद शेयर असार १४ गतेदेखि निष्कासन गर्ने भएको छ । कम्पनीले यस अघि स्थगित हकप्रद शेयर निष्कासन गर्ने भएको हो । यस अघि कम्पनीले चैत २० गतेदेखि उक्त हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको थियो ।
लकडाउनका कारण विक्री खुला गर्न नसकेको कम्पनीले असार १ गतेदेखि अवस्था केहि सहज भएकाले विक्री खुला गर्ने तयारी गरेको हो । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद शेयर साउन ४ गतेसम्म विक्री गर्न लागेको हो । यस हकप्रदमा फागुन २१ गतेसम्म कायम शेयरधनीहरुले आवेदन दिन सक्नेछन् । कम्पनीले हकप्रद शेयर प्रयोजनका लागि फागुन २२ गते बुक क्लोज गरेको थियो ।

कम्पनीले हाल कायम चुक्तापूँजीको ९३ करोड ८५ लाख २० हजार रुपैयाँको आधारमा शतप्रतिशत हकप्रद शेयर जारी गर्न लागेको हो । हकप्रद पश्चात कम्पनीको चुक्तापूँजी १ अर्ब ८७ करोड ७० लाख ४० हजार रुपैयाँ पुग्नेछ । बीमा समितिले तोेके बमोजिम २ अर्ब रुपैयाँ चुक्तापूँजी हकप्रद पश्चात पनि कायम नहुने भएको छ ।कम्पनीले आर्थिक वर्ष २०७४÷७५ को मुनाफाबाट चुक्तापूँजी ९३ करोड ८५ लाख २० हजार रुपैयाँकै आधारमा १३ दशमलव १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले हालसम्म वार्षिक साधारण सभाको मिति तय गरेको छैन् । प्रस्तावित बोनस पश्चात भने कम्पनीको चुक्तापूँजी तोके बमोजिम २ अर्ब रुपैयाँ कायम हुनेछ ।

7850
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?