जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • टिभिएस अपाचे आरटिआर २०० ४भि नेपालमा छिट्टै आउँदै

टिभिएस अपाचे आरटिआर २०० ४भि नेपालमा छिट्टै आउँदै

विश्व प्रसिद्ध टिभिएस मोटर कम्पनीले विश्वकै उत्कृष्ट मोडल टिभिएस अपाचे आरटिआर २०२० को शृँखलामा अपाचे आरटिआर २०० ४ भिलाई जोडेको छ र उक्त नयाँ बाइकलाई नेपाल स्थित उक्त कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले चाँडै नै नेपालको बजारमा उपलब्ध गराउने भएको छ ।

विश्वको ६० देशमा अत्यधिक रुचाइएको टिभिएस अपाचे सिरिजले ६० लाखभन्दा बढी ग्राहकहरुको मन जित्न सफल भैसकेको छ । भारतमा यसभन्दा अघि १ वर्ष अगाडी नै प्रस्तुत भएर सफलता प्राप्त गरिसकेको टिभिएस अपाचे आरटिआर २०० ४ भि एक त्यस्तो अद्वितीय बाइक हो जसमा स्मार्ट एक्स कनेक्ट र एबिएस जस्ता अत्याधुनिक प्रविधिका विशेषताहरु जडित छन् । स्मार्ट एक्स कनेक्टको सहायताले चालकले मोबाइलमा कल तथा एसएमएस आएको सजिलै जानकारी पाउन सक्छ भनें टर्न बाइ टर्न नेभिगेसन, रेस टेलिमेट्री, एँगल मोड जान्न, इन्धन कम भएको संकेत, तथा जुध्न लागेको जनाऊ समेत थाहा पाउन सक्दछ ।

यसैगरी नयाँ टिभिएस अपाचे आरटिआर २०० ४ भिमा जडित हातको पञ्जा आकारको अवस्थामा राखिएका सम्पूर्ण नयाँ एलइडि हेडल्याम्पले झन आकर्षण थपेको छ,, जसको सहायताले बाइक चालकले धेरै टाढाको दूरीसम्म पनि सजिलै देख्न सक्दछ, यस्तै नयाँ रेस ग्राफिक्स, रेस अनुकूल फ्युल इन्जेक्सन ‘आरटि–एफआइ’ प्रविधि पनि यस बाइकको अर्को विशेषता हो, जुन हरप्रकारको हँकाई अवस्थामा चालकलाई आनन्दायक महसुस हुनेगरी डिजाइन गरिएको छ । यान्त्रीकरणको दृष्टिकोणले यो नयाँ बाइक उही १९७.७५ सिसि एकल–सिलिण्डर आयल कूल्ड इन्जिनको शक्तिप्रदत्त छ, जसले २०.५ एचपि को अधिकतम पावर र १६.८ एनएमको उच्च टर्क उत्पादन गर्दछ ।
यसको सबै पावर ५ स्पिड गीयर बक्समार्फत् पछाडीको पाङ्ग्रामा पठाइएको छ । यसैगरी यो अपाचे आरटिआर २०० ४ भि बाइकका अन्य विशेषताहरुमा आरएलपि नियन्त्रित दोहोरो च्यानलको एबिएसका साथै स्थिरता र हँकाई स्तर वृद्धिको लागि रेडियल टायर पनि रहेका छन् ।

“हामी हाम्रा ग्राहकहरुलाई कोरोना भाइरसको सन्त्रासबाट टाढा राख्दै वहाँहरुको जीवनलाई सुरक्षित यात्राको अनुभूति दिलाउन प्रयासरत छौं र यसै सिलसिलामा वहाँहरुमा नयाँ उत्साह थप गर्न हामी चाँडै नै २०२० को शृँखला नयाँ स्मार्ट कनेक्ट टिभिएस अपाचे आरटिआर २०० ४ भि बाइक नेपालको बजारमा उपलब्ध गराउन प्रयत्नरत छौं ।” जगदम्बा मोटर्स प्रा.लि.का बिक्री प्रबन्धकले बताएका छन् ।

6680
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?