जोडिनुहोस
शुक्रबार, अशोज ९, २०७७
शुक्रबार, अशोज ९, २०७७
  • होमपेज
  • कृषि विकास बैंकको नाफामा चमत्कार २७ वाणिज्य बैंकहरुमा तेस्रोः नाफा ३ अर्ब ४६ करोड ?

कृषि विकास बैंकको नाफामा चमत्कार २७ वाणिज्य बैंकहरुमा तेस्रोः नाफा ३ अर्ब ४६ करोड ?

सरकारको लगानी रहेको कृषि विकास बैंकले २७ वाणिज्य बैकहरुको नाफामा आफूलाई तेस्रो स्थानमा राख्न सफल भएको छ । कृषिलाई नछोड्ने अरु व्यवसायलाई जोड्ने नीति लिएको कृषि विकास बैंकले हालै प्रकाशित गरेको वित्तिय विवरण अनुसार खुद नाफा ३ अर्ब ४६ करोड कमाएको देखिन्छ ।

कृषि क्षेत्रमा १० लाख भन्दा तलका हजारौ कर्जा दिएको यस बैंकले विगत झै यस वर्ष पनि आफूलाई अब्बल र सक्षम बैंक बनाउन सफल भएको छ । राष्ट्र बैंकको मौद्रिक नीति मार्फत कृषि विकास बैंकलाई कृषि ऋणपत्र जारी गर्ने बाटो खुलेसंगै यस बैंकले आधुनिक मोबाइल इन्टरनेट बैकिङ्गका साथै कृषि कर्जा दिँदै आएको देखिन्छ ।

राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौला अध्यक्ष र ३ दर्शक कृषि विकास बैंकमा विताएका अनुभवी बैंकर अनिल कुमार उपाध्याय कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत छन् ।

आधुनिक कृषि कर्जा र विपन्न वर्ग कर्जामा साना साना कर्जा दिएर पनि उच्च नाफा कमाएको यस बैंकबाट ठूला वाणिज्य बैंकहरुले सिक्नु पर्ने कुरा धेरै देखिन्छ । दुरदराज र दुर्गम क्षेत्रका कृषकहरुलाई खेतीपाती देखि लिएर खसी बाख्रापालन सम्मका कर्जा दिँदै आएको यस बैंकको खराब कर्जा समेत घटेको देखिन्छ । हेरौ बैंकको सूचक र वित्तिय विवरण ।

कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण हालै सार्वजनिक गरेको छ । बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा ३ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेकोे छ । अघिल्लो आवको सोही अवधिसम्ममा बैंकले ४ अर्ब १९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको वितरण योग्य मुनाफा भने सो अवधिसम्ममा १ अर्ब ६६ करोड ५३ लाख रुपैयाँ रहेको देखिन्छ ।

बैंकले कोरोना महामारीबीच पनि खुद ब्याज आम्दानी ६ अर्ब २३ करोड ५७ लाख रुपैयाँ कमाएको छ । बैंकको संचालन मुनाफा ४ अर्ब ४५ करोड ९९ लाख रुपैयाँमा रहेको देखिन्छ ।

बैंकको प्रतिशसेयर नेटवर्थ २३७ रुपैयाँ ५४ पैसा रहेको छ भने बैंकको मूल्य आम्दानी अनुपात ११.७१ गुणा कायम रहेको छ ।

१४ अर्ब ९८ करोड ९१ लाख रुपैयाँ कुल चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ११ अर्ब ३६ करोड ९८ लाख रुपैयाँ र सेयरधनी कोषमा २ अर्ब १० करोड ४ लाख रुपैयाँ सञ्चित छ । यसबाटै प्रस्ट हुनछ बैंक बलियो र मजबुद बनेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका