जोडिनुहोस
शुक्रबार, अशोज ९, २०७७
शुक्रबार, अशोज ९, २०७७
  • होमपेज
  • राष्ट्र बैंकले क्रस होल्डिङ्ग भएका बैंक र वित्तिय संस्थालाई भाद्र १५ गते विवरण पठाउन दिएको समय समाप्तः क्रसहोल्डीङ्गमा टेकेर मर्ज गराईए दर्जनौ सीइओ र सयौ सञ्चालकहरुको जागिर चट ?E

राष्ट्र बैंकले क्रस होल्डिङ्ग भएका बैंक र वित्तिय संस्थालाई भाद्र १५ गते विवरण पठाउन दिएको समय समाप्तः क्रसहोल्डीङ्गमा टेकेर मर्ज गराईए दर्जनौ सीइओ र सयौ सञ्चालकहरुको जागिर चट ?E

नेपाल राष्ट्र बैंकले नयाँ गर्भनर पाएसंगै मर्जरको चर्चा शुरु भएको थियो । राष्ट्र बैकले मौद्रिक नीतिमा नै क्रसहोल्डिङ्ग भएमा भएकाहरुलाई मर्जर गराउने कुरा उठाएको थियो । नेपाल राष्ट्र बैंकले २०७७ असर ३१ गतेसम्म बैंक तथा वित्तिय संस्थामा कायम रहेको संस्थापक सेयरधनीको विवरण भाद्र १५ गतेभित्र पठाउन पत्राचारनै गरेको फेला परेको छ ।

विश्व बैंक लगायत नेपालकै बैंकरहरुले र लगानीकर्ताहरुले नै बैंक र वित्तिय संस्था घटाउनु पर्ने बताउदै आएपछि राष्ट्र बैंकले पूर्व गर्भनर डा.चिरनजीवी नेपालले नै अगाडी सार्दै आएको औजार प्रयोग गर्न शुरु गरेको देखिन्छ ।

राष्ट्र बैंकले स्वस्पुर्त मर्जर गर्न आग्रह गरेपनि वाणिज्य बैंकहरु तयार नभएपछि शुरुमा क्रसहोल्डिङ्ग भएका बैंक र वित्तिय संस्थालाई मर्जर गराउने र यसले अन्य बैंक र वित्तिय संस्था माथी दबाब बढाउने देखिन्छ ।

राष्ट्रबैंकका एक डिपुटी गर्भनरले पंक्तिकारसंग भने हामीले भाद्र १५ भित्र बैंक र वित्तिय संस्थाले पठाएका विवरण हेर्दैछौं । अध्ययन गरिसकेपछि एउटा छुट्टै समिती नै बनाएर कसरी अगाडी बढ्ने हो । त्यसबारेमा छलफल हुन्छ । उनीले दाबी गरे अब मर्जरको विकल्प छैन । खासगरि कोरोना भाइरसको महामारीले त बैंक र वित्तिय संस्थालाई प्रतिफल दिन मर्जर अनिवार्य बनाएको छ नि ।

नेपालमा खासगरी वाणिज्य बैंकहरुमा एउटै परिवार र समूहको अधिकाशं बैंकमा संस्थापक शेयर छ । तर, बिगतको इतिहास हेर्ने हो भने राष्ट्र बैंक तीन वटा बैंकमा चुकेको थियो । एउटा हो एभरेष्ट बैंक । त्यस बैंकमा अध्यक्ष विके श्रेष्ठले छोरीलाई शेयर विक्री गरेर राष्ट्र बैंकलाई नै चुनौती दिए ।

उनीलले विवाह गरेकी छोरी भएका कारण एउटै परिवार नहुने स्पष्टिकण दिए । अर्को राष्ट्र बैंकको नीति विपरित तत्कालीन जनता बैंकका सञ्चालक गुरुप्रसाद मैनालीले श्रीमतीको नामको शेयर किनबेचनै गरे नक्कली सम्बन्ध विच्छेदको कागज बनाएर । तर, राष्ट्र बैंकले केही गर्न सकेन । यस्तै सिभिल बैंकका तत्कालीन अध्यक्ष इच्छाराम तामाङले पनि श्रीमतीको नामको शेयर किनबेच गरेर नक्कली सम्बन्ध विच्छेदको कागज राष्ट्र बैंक पु¥याए ।

यी तीनवटा बैंंकका परिवार अहिले एउटै चुलोमा खान्छन् । एउटै घरमा बस्छन भन्दा फरक पर्दैन । निर्देशन आफै दिन र निरिह भएर चुप बस्ने राष्ट्र बैंकको पुरानो परम्पराका कारण यस पटक पनि क्रसहोल्डिङ्गले हावा खाने हो कि भन्ने डर पक्कै छ ।

यदि राष्ट्र बैंकले क्रसहोल्डिङ्गको आधारमा मर्जर गराए आधा दर्जन बैंकका सीइओहरु र सयौं सञ्चालकको पद चट् हुने नै छ । तर, बैंकका सञ्चालकहरुले नै संस्था दर्ता गरेर व्यापारी र बैंकर छुटाउनु नहुने क्रसहोल्डिङ्गबाट मर्जर गर्नु नहुने भनेर पार्टीका उच्च नेता र अर्थमन्त्रीसंगनै लविङ्ग गरेका प्रसस्त उदाहरण हामीले लेखी सकेका छौं ।

यता नेपाल बैंकको एसविआई बैंकमा १० करोडको सेयर लगानी गरेको छ र एसविआई बैंकले नेपाल बैंकमा १० करोडको सेयर लगानी गरेको छ । यो क्रसहोल्डिङ्ग हो कि होइन ?

नेपाल राष्ट्र बैंकको क्रस होल्डिङको परिभाषा फरक छ । खेतान ग्रुपले लक्ष्मी बैंकमा पनि प्रमोटर सेयर होल्ड गरेको छ, हिमालयन बैंकमा पनि प्रमोटर सेयर होल्ड गरेको छ । सिजी ग्रुपले नविल बैंकमा पनि सेयर होल्ड गरेको छ, यूनाईटेड फाइनान्समा पनि सेयर होल्ड गरेको छ । शशिकान्त अग्रवालको हिमालयन बैंकमा पनि सेयर छ । यो चाहि के हो गर्भनर साब ?

यसअघिको अनुच्छेदमा उल्लेखित उदाहरणहरु लगानीको विविधिकरणका सम्बन्धि सिद्धान्त, मान्यता र अभ्यासमा आधारित छन् । एउटै वास्केटमा धेरै अण्डा राख्दा बढी जोखिम हुन्छ भने जस्तै एउटै संस्थाको सेयरमा धेरै लगानी गर्दा बढी जोखिम हुने देखेर लगानीकर्ताले फरक÷फरक संस्थामा लगानी गरेका हुन्, जुन गलत होइन । भन्न सक्ने अवस्था चाहि छैन ।

कर्मचारी सञ्चय कोषले १३ वटा बैंक तथा वित्तीय संस्थामा करिब २२ अर्ब रुपैयाँ लगानी गरेको छ । पहिलो त, कर्मचारी संचय कोषलाई एउटै बैंकमा २२ अर्ब रुपैयाँ भन्दा बढी लगानी गर्न राष्ट्र बैंकको निमयले रोक्छ गर्भनर साब ?

शशिकान्त अग्रवाल वा खेतान समूह वा कर्मचारी संचय कोष, नागरिक लगानी कोषको जस्तै अवस्था छ, नेपाल सरकारको पनि । राष्ट्र बैंकलाई निर्देशित गर्ने अर्थमन्त्रालय आफै धेरै बैंकका मुख्य मालिक हो । राष्ट्रिय वाणिज्य बैंकमा ९९ प्रतिशत सेयर सरकारको छ । नेपाल बैंक र कृषि विकास बैंकको मुख्य लगानीकर्ता पनि सरकारकै छ । यो क्रसहोल्डिङ्ग हो वा अरु केही हो प्रस्ट पार्ने दायित्व कसको हो ? उत्तर कसले दिने हो ?

अर्थमन्त्रालय आफै बहुबैंकमा लगानी गर्ने । पूर्ण सरकारी स्वामित्वको कर्मचारी संचय कोष दर्जन बैंकको मालिक बन्ने । सरकार नै मुख्य प्रवर्द्धक रहेको नागरिक लगानी कोषले बहुबैंकमा सेयर लगानी देखिन्छ । यसलाई क्रसहोल्डिङ्ग मान्ने की नमान्ने गर्भनर साब ?

राष्ट्र बैंकले उठाएको क्रसहोल्डिङमा आफै पटक पटक चुकेको देखिन्छ । तत्कालिन गभर्नर युवराज खतिवडाले पनि यही औजार देखाएर केही बैंकलाई मर्ज गराएका हुन् । पूर्वगभर्नर चिरञ्जीवि नेपालले पनि यही औजार देखाएर थन्काउदै गरेका हुन् । वर्तमान गभर्नर महाप्रसाद अधिकारीले पनि यही देखाउन भदौ १४ गते बैंक तथा वित्तीय संस्थालाई पत्र पठाउँदै मुख्य लगानीकर्ताको विवरण मागेका छन् । तर मर्जर हुने नहुने टुङ्गो छैन ।

राष्ट्र बैंकको नीति विपरित सेयर तत्कालिन जनता बैंक नेपालको सञ्चालक गुरुप्रसाद न्यौपाने श्रीमतीको नाम सेयर किनबेच गरेर राष्ट्र बैंकको आँखा छल्न नक्कली सम्बन्ध विच्छेदको कागजपत्र बनाए । सीभिल बैंकका अध्यक्ष इच्छाराज तामाङले श्रीमतीको नामको सेयर बेच्न सम्बन्ध विच्छेदको नाटक मञ्चन गरे । न्यौपाने दम्पत्ति र तामाङ दम्पत्ति अहिले पनि एउटै भन्छामा खान्छन, एउटै अछ्यानमा सुत्छन् । तर, राष्ट्र बैंकले उनीहरुको सम्बन्ध विच्छेदलाई मान्यता दिएर आफैले जारी गरेका नीति निर्देशन विपरितका कार्यको समर्थत गरेको छ ।

यस्ता पात्र र प्रवृतिसँग बेलाबेलामा झुक्दै आएको राष्ट्र बैंकले क्रस होल्डिङको तरवार देखाएर सांघईको पाँच दाजुभाइलाई कसरी एकाघर मान्न सक्छ ? विनोद चौधरी र विदेशी नागरिकता लिएका उनका दुई छोरालाई कसरी एउटै परिवार मान्न सक्ला ? राजेन्द्र खेतान, प्रेमप्रकाश खेतान, चन्द्रप्रकाश खेतानलाई कसरी एकाघर परिवार सावित गर्छ ? अनि अदालतमा अंश मुद्दा लडिरहेका पद्म ज्योति र रुप ज्योतिलाई राष्ट्र बैंकले कसरी एकाघर परिवार प्रमाणित गर्न सक्छ ? क्रस होल्डिङको तरवारले यिनको नाता–सम्बन्ध प्रमाणित गर्न कठिन मात्रै छैन । फलामको चिउरा चपाउनु सरह छ गर्भनर साब ।

नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकमा केही समान सेयरधनी एउटै होलान् । एनआईसी एशिया र एनएमबी बैंकमा केही समान सेयरधनी होलान् । सिभिल र सेन्चुरी बैंकमा केही समान सेयरधनी होलान् । सिटिजन्स बैंक र बैंक अफ काठमाण्डूमा केही समान सेयरधनी होलान् ।
यी र यस्तालाई तर्साउन होइन, मर्जर गरेर देखाउने बेला हो यो भन्न अब चाहि पछि पर्नु हुदैन ।

विगतमा राष्ट्र बैंकले मर्जर तथा प्राप्तिको नीति लिएपछि १९६ बैंक तथा वित्तीय संस्थाहरु मर्जर भई ४६ वटा संस्था कायम भएका छन् । यस अवधिमा ५ वाणिज्य बैंकहरु समेत गरी १५० संस्थाको इजाजत खारेज भएको छ । ८९ वटा विकास बैंक २० वटामा सीमित भएका छन् । ८४ वटा वित्त कम्पनी २२ वटामा झरेका छन् ।

३२ वटा वाणिज्य बैंक २७ वटा भएका छन् । यो राम्रो पक्ष पक्कै हो । जनता बैंक र ग्लोबल आईएमई बैंक मर्जर भएर नेपालकै ठूलो बैंक बनेको छ । मर्जरकै कारण प्रभु बैंक र एनआईसी एशिया बैंक ठुला बैंक बने । राम्रा पनि बने । यी बैंकसंग वाणिज्य बैंक मजर भएका थिए । त्यसकारण मर्जर हुनु राम्रो पक्ष हो । तर, राष्ट्र बैंकले मर्जर गराउन सक्दछ की सक्दैन यो चाहि हेर्न बाँकी छ । कुरा भन्दा काम गर्न हामी राष्ट्र बैंकलाई आग्रह गर्न मात्र सक्दछ । सचेत भया ।आर्थिक बजार मासिकबाट 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका