जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • आश्विन ११ गतेदेखि ३० करोडको आईपिओ बजारमा ल्याउने तयारीमा छौंः आईपिओमा २ गुण बढि आवेदन पर्ने विश्वास लिएको छु

आश्विन ११ गतेदेखि ३० करोडको आईपिओ बजारमा ल्याउने तयारीमा छौंः आईपिओमा  २ गुण बढि आवेदन पर्ने विश्वास लिएको छु

एसके तमोट बीमा क्षेत्रमा नामै काफी छ भन्दा फरक पर्दैन ४ दर्शक भन्दा बढि बीमा क्षेत्रमा विताएका तमोटलाई विमा विज्ञको उपाधी दिँदा फरक पर्दैन । २०२४ साल नेशनल इन्स्योरेन्स कम्पनीबाट विमा क्षेत्रमा प्रवेश गरेका एसके तमोटले नेशनल इन्स्योरेन्समा २० वर्ष, हिमालयन जनरल इन्स्योरेन्समा ३ वर्ष, यूनाइटेड इन्स्योरेन्समा १० वर्ष, सिद्धार्थ इन्स्योरेन्समा ८ वर्ष, रिलायन्स इन्स्योरेन्समा २ वर्ष उच्च व्यवस्थापन टिममा बसेर काम गरेको अनुभव बटुलेका छन् । उनी हाल नेपालका सीभिल बैंक, बेष्ट फाइनान्स कम्पनी, सेञ्चुरी बैंक, साइन रेसुङ्गा विकास बैंक, मेगा बैंक नेपाल लिमिटेड, मुक्तिनाथ विकास बैंक, गोर्खाज फाइनान्स कम्पनी लिमिटेड र ग्लोबल आईएमई बैंक लगायत दर्जनौ प्रतिष्ठित संस्था र व्यक्तिहरुको लगानी रहेको पछिल्लो निजीवन बीमा कम्पनी जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडका महाप्रबन्धक छन् ।
करिब १ सय ८२ जना संस्थापक शेयरधनीहरु रहेको जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आश्विन ११ गते देदि ३० करोड बराबरको २७ लाख ३० हजार कित्ता साधारण शेयर निश्कासन गर्न लागेको छ । पछिल्लो समय बजारमा आएको नयाँ निजीवन बीमा कम्पनी जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको हालको चुक्ता पुँजी ७० करोड रहेको छ । भने आईपीओ ३० करोडको जारी पछि १ अर्ब पुग्ने देखिन्छ । देशभरी करिब ४० शाखा सञ्जालबाट सेवा दिएको यो कम्पनी २०७५ असार ६ गतेबाट कारोबार शुरु गरेको थियो ।
यस कम्पनीमा बैंक वित्तिय संस्था र व्यवसायी घर घरानाबाट प्रतिनिधित्व भएको सञ्चालक समितिमा अध्यक्ष कुनाल कयाल छन् भने सञ्चालकहरुमा रामचन्द्र खनाल शशिराज बज्राचार्य, कृष्ण बोहोरा र दिपेन्द्र अग्रवाल रहेका छन् ।
पछिल्लो समय निजीवन बीमा कम्पनीमा राम्रो व्यापार गर्दै आएको यस कम्पनीले कोरोना महामारी बीच आएको कोरोना बीमा २ करोड १५ लाखको गरेको देखिन्छ । आश्विन ११ गते ३० करोडको साधारण शेयर बजारमा पठाउदै गरेको जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडका महाप्रबन्धक एसके तमोटसंग सम्पादक भूपेन्द्र आचार्यले गरेको लामो कुराकानीको केही अंशः

० पछिल्लो समय बजारका आएको निजीवन बीमा कम्पनी जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको वित्तिय अवस्था चाहि कस्तो छ ?
जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको पछिल्लो वित्तिय अवस्था अत्यन्तै राम्रो छ । ७० करोडको पुँजी अहिले छ । अब आश्विन ११ गते ३० करोडको आईपीओ बजारमा लैजादै छौं यसपछि १ अर्ब पूँजी पुग्ने छ । गत साल ५३ करोड व्यापार भएको छ । खर्च सबै कटाएर ५ करोड हामीले यो छोटो समयमै नाफा आर्जन गरेको अवस्था चाहि छ । हाम्रो विभिन्न बैंक र वित्तिय संस्थामा करिब करिब ९५ करोड निक्षेप छ । सबै लगानी राम्रा छन् । कर्पोरेट सुशासन हाम्रोमा अत्यन्तै राम्रो छ । हामी ढाटेर व्यापार कहिले पनि गर्दैनौ । यो हाम्रो विशेषता नै हो ।

० आगामी आश्विन ११ गते ३० करोडको साधारण शेयर बजारमा ल्याउदै हुनुहुन्छ यो सर्वसाधारण जनताले किन्नुपर्ने कारण चाहि के हो ?
बीमाको बजार दिन प्रतिदिन बढ्दै गएको छ । बीमा दुखको साथी हो । यसमा लगानी गर्दा निकट भविष्यमा अन्यन्तै राम्रो प्रतिफल पाइन्छ । त्यसकारण म आम जनतालाई हाम्रो आईपीओ लिन आग्रह गर्दछ । जनताहरुसंग पैसा छ । हामीले लगानी गर्न आग्रह गरेका छौं । यो जनरल इस्योरेन्स कम्पनी नेपाल लिमिटेड दर्जनौ बैंक विकास बैंक, फाइनान्स कम्पनी र लब प्रतिष्ठित घर घरानाको प्रमोटर शेयरबाट स्थापना भएको र २ वर्षमा धेरै चाडो प्रगति गरेको नाम चलेको कम्पनी भित्र पर्दछ । मलाई लाग्दछ आगामी दिनमा जनरल इन्स्योरेन्स कम्पनीले राम्रो प्रतिफल दिन्छ । त्यसकारण साधारण शेयर सर्वसाधारणले खरिद गर्ने कुरामा म विश्वस्त र ढुक्क छु ।

० तपाईको कम्पनीमा के कस्ता प्रोमोटरहरु छन् र शाखा सञ्जाल कति छ ?
यस कम्पनीमा ग्लोबल आईएमई बैंक, मेगा बैंक नेपाल लिमिटेड, सिभिल बैंक, सेञ्चुरी बैंक, मुक्तिनाथ विकास बैंक, सांग्रीला डेभलपमेन्ट बैंक र केही फाइनान्स कम्पनी र लव प्रतिष्ठित घर घरानाका व्यक्तिहरुको लगानी रहेको छ । देश भरि २ वर्षको अन्तरालमा हामीले करिब ४० शाखा सञ्जालबाट सेवा प्रदान गरेका छौं । त्यसबाट हाम्रो प्रगति राम्रो छ । हाम्रो आईपीओमा २ गुणा बढि आवेदन आउने संकेत मैले पाएको छु । अर्को कुरा हामीमा कर्पोरेट सुशासन अत्यन्तै राम्रो छ । हामी कसैलाई पनि ढाटेर लुकाएर काम गर्दैनौ । बीमितका दाबी भुक्तानी हामी ७ दिन भित्रै भुक्तानी गर्दछौं । हामी नियतबस कसैलाई दुख दिने काम गर्दैनौं । यो मेरो प्रतिबद्धता पनि हो । आज यो जीवनको उत्तरार्धमा आएर मैले नयाँ कम्पनी चलाएको छु । यसको उचाई थप बढाउने योजना मेरो छ ।

० करिब ४ दर्शक बीमा कम्पनीहरुको उच्च पदमा रहि कार्य सम्पादन गरि सक्नु भएको तपाई यो जीवनका उत्तरार्धमा पनि सकिृय रहनु भएको छ काम गर्ने जोस अझै छ तपाईमा ?
मैले सानै उमेरमा बीमा कम्पनीमा काम गरे दिन प्रतिदिन सफलता हासिल गर्दै आए र यसबाट प्रेरणा मिल्दै गयो र आजका दिनसम्म पनि बीमा बजारमा रमाई राखेको छु । सबै साथीभाईले हौसला दिनु भएको छ । अझै केही वर्ष बीमा क्षेत्रमै विताउने योजना पनि छ नि ।

० पूरानो बीमा कम्पनीमा काम गरेको मान्छे नयाँ कम्पनीमा प्रमुख भएर काम गर्दा चुनौती र अवसर दुबै हुन्छ होइन र ?
चुनौती नयाँ छ । तर, अवसर पनि छन् । यसलाई आफ्नै ढङ्गले अरु बीमा कम्पनीसंग प्रतिस्पर्धा गराउने र नेपालको निजीवन बीमा कम्पनीमा टप १० भित्र यस कम्पनीलाई पार्ने योजना मेरो छ ।

० बीमा बजारमा तपाईको नाम कहिले काँही चर्चाको विषय पनि बन्ने गरेको छ । कारण चाहिँ के होला ?
सबै बीमा कम्पनीहरुले आ–आफ्नो तरिकाबाट काम गरेका छन् । साथीभाईहरुले बेलाबखत नाम लिनु स्वभाविक नै हो । जसले जे जानेको छ । त्यही गर्ने हो मेरो ४ दर्शक विमा बजारमै जीवन वित्या । म कस्तो मान्छे सबैलाई थाहा नै छ । कसले के भन्दछ के गर्दछ । म त्यसका खासै चासो राख्दिन । आफ्नो कम्पनी र कामलाई ध्यान दिएर अगाडी बढ्ने गर्दछु ।

० बीमा के हो र यो किन जरुरी छ  ?
बीमा अनिवार्य छ । यसले रिक्स शेयर गर्दछ । हामी केही पैसा तिरेर अरु कम्पनीलाई जिम्मा लगाउने हो । त्यसकारण भूकम्प, बाढी पहिरो र उच्च जोखिमबाट भएको क्षतीको मुल्याकन गरेर बिमितलाई रकम दिन्छ बीमा कम्पनीले । त्यसकारण बीमितको बोझ कम हुने, ऋणको भारबाट मुक्त हुने गर्दछ । त्यसकारणले बीमा अनिवार्य छ । र बीमा दुखको साथी पनि हो भूपेन्द्रजी ।

० तपाईले बीमा अनिवार्य छ भनिरहँदा बीमा गर्ने बीमितहरुले दाबी भुत्तानी नपाएका, दुख पाएका र बीमा समितिमा पुगेर उजुरी दिएका प्रसस्त उदाहरण छन् नि यसलाई कसरी लिनु हुन्छ ?
बीमा गर्ने वित्तिकै मान्छे खुशी हुन्छ । तर, जब क्षती भएपछि त्यसको मुल्याकनबाट दिइने रकमबाट उ खुदी हुँदैन र उसले बीमा कम्पनी बदमास हो भन्ने गरेको उदाहरण छन् । तर, यो गलत हो ।
अर्को कुरा सबै कागज पत्र बुझाउनु पर्दछ । विमितले भुक्तानी लिँदा क्षतीको अनुमान हुनुप¥यो । धेरै कुरा छ । तुरुन्तै बीमा गर्ने अनि क्षती भएपछि तत्कालै चाहिन्छ भन्नु गलत हो । बीमा कम्पनीहरुले २ हजारमा १० लाखको बीमा गरेको हुन्छ । १० लिन त प्रमाण सबै चाहिन्छ नि । बीमा कम्पनीहरुमा पनि जनताको पैसा लगानी छ । त्यसकारण जनताको पैसमा जे पायो त्यही गर्न पाइदैन । जनताको पैसा हेर्न र बढाउन नै हामीलाई नियुक्ती दिएको हो । त्यसकारण प्रमाण सहित आए बीमाले तुरुन्तै भुक्तानी दिन्छ । यसमा दुई मत छैन ।

० निजीवन नयाँ बीमा कम्पनी हो जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड, यो कम्पनीमा अरु कम्पनी यसमा अरु भन्दा फरक के छ त ?
नेपालमा पूराना १७ वटा निजीवन बीमा कम्पनी छन् । ३ वटा नयाँ हामी बजारमा अमाएका छौं । नयाँलाई ब्यापार बढाउन गाह्रो छ । त्यसकारण हामीमा छिटो दाबी भुक्तानी दिने गुणस्तरीय सेवा दिनु पर्ने दायित्व बढेको छ । हामीलाई पूराना कर्मचारी साथीहरुलाई नयाँ कम्पनी भए पनि एउटा विश्वासको आधारमा व्यापार दिने हो । त्यसकारण त्यो विश्वासलाई हामीले सधै कायम राख्नु जरुरी छ । अर्को कुरा दाबी भुक्तानी छिटो र छरितो ढंगबाट हामी सबै बीमा कम्पनीले गर्नु पर्दछ र ग¥यौ भने बीमा बजार अझै बढेर जान्छ ।

० पूँजी अब आईपीओ बजारमा गएपछि निकट भविष्यमै १ अर्ब पुग्ने छ । त्यसपछि चुनौती बढ्ने र व्यापार बढाउने अवसर पनि आउला नि ?
सहि हो । पैसा बैंकमा फिक्स डिपोजिटमा राख्न काम पहिला हुन्छ । त्यसपछि त्यसबाट ब्याज आउने त भयो नि त्यसपछि बैंकहरुले पनि विजनेश दिनु हुन्छ । अर्को कुरा शाखा सञ्जाल बढाउने दक्ष कर्मचारी ल्याउने तालिम दिने र व्यवसाय बढाउने अवसरहरुको खोजी गर्ने दायित्व कम्पनीमा बढेर जाने निश्चित छ नि ।

० कोरोना बीमालाई चाहि कसरी लिनु भएको छ त ?
यो राम्रो पक्ष मान्नै पर्दछ । सरकारको सहयोगमा हामीले कोरोना बीमा गरेका छौं । पछि रिवाईज भएर आयो । यो अर्को राम्रो पक्ष हो । केही राहत कोरोना विरामीलाई दिन यो बीमा ल्याएको देखिन्छ । पछिल्लो समय परिमार्जित भएर आएको कोरोना बीमामा उपचार खर्च, डाक्टरको खर्च दिने कुरा पनि राम्रो छ । विलको आधारमै दिइने हो ।

० पछि परिमार्जित भएर आएको कोरोना बीमाले बीमा प्रति मान्छे प्रति नकारात्मक सोच आएको जस्तो देखिन्छ नि ?
यसलाई राम्रो सोच्नु प¥यो । बीमा कम्प्नीहरुमा पनि जनताकै शेयर छ । पैसा छ । त्यसकारण नकारात्मक सोच राख्नु उचित हुँदैन । घाटा हुनेगरी काम गर्दा लगानीकर्ताले के पाउने हो । त्यसकारण सोच विचार गर्नु जरुरी भयो र बीमा समितिले ग¥यो नि ।

० पछिल्लो समय बीमा कम्पनीहरु नै टाट पल्टिने देखिएर कोरोना बीमा परिमार्जित गरेको त होइन ?
यस्तो होइन । कोरोना महामारी आयो राज्यले केही राहत दिन कोरोना बीमा ल्याएको पक्कै हो । संसारमा काही पनि यस्तो बीमा हुँदैन र छैन पनि । कम्पनी डुवाएर जनताको पैसा डुवाएर कसरी बीमा गर्न सकिन्छ । राज्यले ल्याएको पोलिसीमा हामीले साथ दिएको हो । त्यसकारणले अहिले आएको कुरा चहि ठीक छ ।

० अहिलेसम्म कति जति कोरोना बीमा गर्नु भएको छ त ?
आजका मितिसम्म हामीले २ करोड १५ लाखको कोरोना बीमा गरेको छौं । यो राम्रो प्रगति हो ।

० दाबी भुक्तानी चाहि कोरोना बीमाको कति गर्नु भयो ?
१५/२० वटा दाबी भुक्तानीका निवेदन हाम्रोमा आएका छन् । हामी ७ दिन भित्रै भुक्तानी गर्ने पक्षमा छौं । कागजपत्र मिलेको भए १÷२ दिनमै भुक्तानी गर्ने मैले निर्देशन नै दिएको छु ।

० अन्त्यमा केही छ ।
जनरल इन्स्योरेन्स कम्पनीको साधारण शेयर आश्विन ११ गतेबाट बजारमा आउँदै छ । लगानीलाई बढाएर प्रतिफल दिने छौं । ढुक्क भएर हाम्रो आईपीओ लिन म आग्रह गर्दछु । आर्थिक बजार मासिकको आश्विन अंकबाट

9495
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका