जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • प्रभु बैंक र नेपाल बैंकको खराब कर्जा डरलाग्दोः नेपाल राष्ट्र बैंक बेखबर ?

प्रभु बैंक र नेपाल बैंकको खराब कर्जा डरलाग्दोः नेपाल राष्ट्र बैंक बेखबर ?

नेपालमा २७ वटा वाणिज्य बैंकहरु छन् । ती मध्ये प्रभु बैंक लिमिटेड र नेपाल सरकारकै लगानी रहेको नेपाल बैंक लिमिटेडमा सबै भन्दा बढि खराब कर्जा छ भन्दा पत्याउन गाह्रो होला । तर, यो सत्य हो ।
प्रभु समूहको ठूलो लगानी रहेको प्रभु बैंक लिमिटेडले मर्जरको बेला लिएर आएका सयौं कर्जा अझै उठेका छैनन् । ग्राण्ड बैंक लिमिटेड र किष्ट बैंक लिमिटेडबाट आएका ठूला कर्जा नउठेपछि भित्रीरुपमा प्रभु बैंकमा धमिरा लागेको फेला परेको छ । सुन्दा पनि अचम्म लाग्ने प्रभु बैंकको पछिल्लो वित्तिय विवरणमा उल्लेख भए अनुसार बैंकको खराब कर्जा करिब करिब ४ प्रतिशत भेटिएको छ । यो बैंकिङ्ग प्रणालीको डरलाग्दो औजेरी हो भन्दा फरक पर्दैन ।

अर्को नेपाल सरकारकै लगानीमा स्थापना भएको पूरानो बैंक नेपाल बैंक लिमिटेडको पनि खराब कर्जा करिब करिब ४ प्रतिशत नै भेटिएको छ । नेपाल बैंकमा पछिल्लो समय खराब कर्जा घटाउन नसकेको आरोप अध्यक्ष बासुदेव अधिकारी र सीइओ कृष्ण बहादुर अधिकारी माथी लाग्दै आएको छ ।

अर्बैको सम्पत्ती देखेर प्रभु बैंकले विग्रेको बैंक किष्ट बैंक र ग्राण्ड बैंक भित्र्याएपछि प्रभु बैंकले शाखा सञ्जालमा प्रगति गरे पनि कर्जा उठाउन अझै सकेको छैन । भनिन्छ यी दुई बैंकबाट आएका करिब ५ अर्ब भन्दा बढि कर्जा अझै उठेका छैनन् ।

धितोको मुल्याङ्कन बढेको छ । तर, कर्जा नै प्रमिजन भएपछि लगानीकर्ताले लामो समय देखि प्रभु बैंकबाट ठूलो प्रतिफल अझै पाउन सकेका छैनन् । यो अर्को चुनौती पनि हो ।
अर्को नेपाल सरकारकै लगानीमा स्थापना भएको पूरानो बैंक नेपाल बैंक लिमिटेडको पनि खराब कर्जा करिब करिब ४ प्रतिशत नै भेटिएको छ । नेपाल बैंकमा पछिल्लो समय खराब कर्जा घटाउन नसकेको आरोप अध्यक्ष बासुदेव अधिकारी र सीइओ कृष्ण बहादुर अधिकारी माथी लाग्दै आएको छ ।

भनिन्छ राजनीतिक दबाबमा गएका सयौं कर्जा खराब कर्जामा परिणत भएका छन् । नेपाल बैंकमा भन्दा फरक पर्दैन । करिब ४ अर्ब भन्दा बढिका खराब कर्जा बैंकले प्रोभिजन गरेपनि उठाउन अझै पहल नगरेको भेटिएको छ । सीइओ अधिकारीको नेतृत्व टिमले खराब कर्जा उटाउन पहल गरेपछि सफल नभएको देखिन्छ । यो करिब ४ प्रतिशत खराब कर्जाले बैंकका लगानीकर्तालाई दिइने प्रतिफल घट्ने मात्रै देखिदैन करिब ४ प्रतिशत खराब कर्जा भएको बैंकलाई राम्रो पनि मानिदैन ।

नेपाल राष्ट्र बैंकले प्रभु बैंक र नेपाल बैंक लिमिटेडलाई समयमै खराब कर्जा उठाउन निर्देशन नदिए चुप लागेर बसे यी दुई बैंकमा जनताको डिपोजिट डुब्ने देखिन्छ ।
राष्ट्र बैंकले चाहि यी दुई बैंकलाई यति ठूलो खराब कर्जा देखिए पछि हस्तक्षेप गरि सुर्धान सक्ने अधिकार छ । तर, बोल्दैन कारण हो राजनीतिक हस्तक्षेप र एउटै पार्टी भन्दा फरक पर्दैन ।
बैंकमा हामी जस्ता निरिह जनताको डिपोजिट र शेयर छ हाम्रो डिपोजिटमा महंगो तलब भत्ता देखि १ करोड भन्दा माथीको गाडी चढ्ने प्रभु बैंकका सीइओ अशोक शेरचन र नेपाल बैंकका सीइओ कृष्ण बहादुर अधिकारीले जनताको पैसाबाट दिइएको कर्जा उठाउनु पर्दछ कि पर्दैन । यसको उत्तर कसले दिने हो ?

नेपाल राष्ट्र बैैंकले यी प्रभु बैंक र नेपाल बैंकको वित्तिय विवरणलाई स्वीकृत दिँदा खराब कर्जा हेर्नुपर्दछ की पर्दैन । यो चाहि अब खोजीकै विषय बनेको छ । जनताको डिपोजिटबाट घरको चुलो बाल्ने । तर, जनतालाई चाहि लाभाशंं दिँदा मुठ्ठी कस्ने बैंक नेतृत्व र बैंक सञ्चालक समितिले प्रभु र नेपाल बैंकको डरलाग्दो खराब कर्जा उठाउन तत्कालै पहल गर्नुपर्दछ कि पर्दैन हेक्का होस् ।

बैंक र वित्तिय संस्था पब्लिक कम्पनी हुन् । त्यस भित्र आएका बदमासीहरु पाठक सामु लैजाने दायित्व हामी पत्रकारहरुकै हो । जनताको पैसा डुब्न दिनु हुँदैन भन्ने हाम्रो चाहना हो ।
नेपाल राष्ट्र बैैंकले यी प्रभु बैंक र नेपाल बैंकको वित्तिय विवरणलाई स्वीकृत दिँदा खराब कर्जा हेर्नुपर्दछ की पर्दैन । यो चाहि अब खोजीकै विषय बनेको छ । जनताको डिपोजिटबाट घरको चुलो बाल्ने । तर, जनतालाई चाहि लाभाशंं दिँदा मुठ्ठी कस्ने बैंक नेतृत्व र बैंक सञ्चालक समितिले प्रभु र नेपाल बैंकको डरलाग्दो खराब कर्जा उठाउन तत्कालै पहल गर्नुपर्दछ कि पर्दैन हेक्का होस् ।

यी दुई बैंकको वित्तिय विवरण भित्र के छ त हेरौं ।

नेपाल बैंकको खराब कर्जा बढ्यो
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल बैंक लिमिटेडले ५५ करोड ४ लाख खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकले ५८ करोड १८ लाख खुद नाफा कमाएकोमा यस वर्ष बैंकको खुद नाफा ५.४० प्रतिशतले घटेको भेटिएको छ ।

यस अवधिमा बैंकको संचालन मुनाफा भने २७.६० प्रतिशतले बढेर ७७ करोड ८९ लाख पुगेको छ । बैंकको खुद ब्याज आम्दानी ११.५४ प्रतिशतले बढेर १ अर्ब ४८ करोड पुगेको छ । पहिलो त्रैमासको अन्त्यसम्ममा बैंकको वितरणयोग्य मुनाफा १९ करोड ६४ लाख रहेको छ । त्यस्तै बैंकको निक्षेप २.३६ प्रतिशतले बढेर १ खर्ब ४५ अर्ब पुगेको छ भने कर्जा प्रवाह १ खर्ब ७ अर्ब रहेको देखिन्छ ।
यस अवधिमा बैंकको प्रति शेयर आम्दानी १९.५१ रुपैयाँ, प्रति शेयर नेट वर्थ २७३.४९ रुपैयाँ, खराब कर्जा ३.०२ प्रतिशत, बेस रेट ६.८१ प्रतिशत, कोषको लागत ३,९७ प्रतिशत, सिसिडि ६६.५४ प्रतिशत र पुँजी पर्याप्तता अनुपात १७.०३ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको खराब कर्जा २.७५ प्रतिशत थियो ।
करिब १ प्रतिशत भन्दा बढी खराब कर्जा बढेको छ । यो राम्रो पक्ष होइन ।

प्रभु बैंकको खराब कर्जा बढ्यो ?
केही समय यता प्रभु बैंकको यस त्रैमासमा भने खराब कर्जा ह्वात्तै बढेको छ । गत आर्थिक वर्षको प्रथम त्रैमासिकमा २.५१ प्रतिशत रहेको खराब कर्जा अहिले भने यस त्रैमासमा आउँदासम्म बृद्धि भएर ३.३२ प्रतिशत पुगेको छ । यो वाणिज्य बैंकको इतिहासमै डरलाग्दो अवस्था हो । ५ प्रतिशत भन्दा बढि खराब कर्जा भए राष्ट्र बैंकले प्रभु बैंक हस्तक्षेप गर्न सक्दछ र बैंक सुधार गरि जिम्मा लगाउन पनि सक्दछ हेक्का होस् ।

स्प्रेडदर घट्नु पर्नेमा बढ्यो !
नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई २०७७ साल असार महिनासम्म ४.४० प्रतिशत स्प्रेडदर कायम गर्नु भने पनि प्रभु बैंकको स्प्रेडदर भने बढ्लै ५ .१५ प्रतिशत पुगेको छ । यसबाटै प्रस्ट देखिन्छ । प्रभु बैंक कसरी चलेको छ भनेर । यो अर्को डरलाग्दो पक्ष हो ।

प्रभु ग्रुप राम्रो संस्था भएपनि बैंक व्यवस्थापन टिमको बदमासी र असक्षमताले बैंक ओरालो लाग्दै गएको देखिन्छ । कर्मचारी भर्ना देखि कर्जा प्रवाहसम्म बैंक भित्र भएका बदमासीले प्रभु बैंक प्रभूको इच्छाबाट चलेको संकेत देखा पर्न थालेको देखिन्छ ।

प्रतिशेयर आम्दानीमा गिरावट
चुत्ता पुँजीमा १६ प्रतिशत बृद्धि भएको र खुद मुनाफामा ५ प्रतिशतको बुद्धि भएको कारणले गर्दा कम्पनकिो प्रति शेयर आम्दानीमा ९ प्रतिशतको बृद्धि भएको छ । कम्पनीको प्रति शेयर आम्दानी २४ रुपैया ३७ पैसा रहेको देखिन्छ । प्रभु ग्रुप राम्रो संस्था भएपनि बैंक व्यवस्थापन टिमको बदमासी र असक्षमताले बैंक ओरालो लाग्दै गएको देखिन्छ । कर्मचारी भर्ना देखि कर्जा प्रवाहसम्म बैंक भित्र भएका बदमासीले प्रभु बैंक प्रभूको इच्छाबाट चलेको संकेत देखा पर्न थालेको देखिन्छ ।

कोरोना कहरको नाममा खराब कर्जा उठाउन पहल नगर्नु भनेको असक्षमता मात्रै होइन । जनताको डिपोजिट डुवाउने अर्को खेल हो भन्दा फरक पर्दैन । सचेत भया ।

14725
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका