जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • राष्ट्रपतिमा निर्वाचित भएपछि बाइडेनको पहिलो सम्बोधन: ‘तोड्ने होइन जोड्ने छु’

राष्ट्रपतिमा निर्वाचित भएपछि बाइडेनको पहिलो सम्बोधन: ‘तोड्ने होइन जोड्ने छु’

नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले तोड्ने होइन, एकअर्कालाई जोड्ने काम गर्ने बताएका छन् ।

राष्ट्रपतिमा निर्वाचित भएपछिको पहिलो सम्बोधनमा बाइडेनले भने – ‘मप्रति भरोसा देखाईएकोमा म धेरै खुसी छु। म यस्तो राष्ट्रपति हुने वाचा गर्दछु कि जसले तोड्नुको साटो जोड्ने काम गर्ने छ।

म सबैलाई साथमा लिएर अघि बढ्छु। म अब अमेरिकालाई कुनै रातो त कुनै नीलो राज्यका रूपमा रहन दिन्नँ। म अमेरिकाको राष्ट्रपति हुँ, कुनै पार्टीको होइन। म सबैसँग मिलेर काम गर्छु। म यस मुलुकको मेरुदण्डलाई फेरि उठाउँछु।’

बाइडेनले विशेष गरी अफ्रिकी अमेरिकी मतदाताहरूलाई धन्यवाद दिए । जसले मद्दतले सुरुवाती प्रतिस्पर्धामा पछाडि रहेका उनलाई सहयोग मिल्यो ।

बाइडेनले आफ्नो पहिलो काम कोरोना भाइरस महामारी नियन्त्रण गर्नु रहेको बताए । उनले सोमबार एउटा समूह घोषणा गर्ने, जसमा शीर्ष वैज्ञानिकहरू र विज्ञहरूले आफूहरुको महामारी नियन्त्रण योजनामा ​​काम गर्ने बताए । यो योजना जनवरी २१, २०२० देखि लागू हुनेछ।

बाइडेनले ट्रम्प समर्थकहरूलाई पनि सम्बोधन गरे। उनले अब अब तीतो कथनबाट टाढा रहने समय आएको बताए । आफूलाई मत नदिनेहरुका लागि पनि आफूले उत्ति नै मिहिनेतका साथ काम गर्ने बाइडेनले बताए ।त्यसैगरि
कमला ह्यारिसले आफ्नो जीतले देश भरका महिलामा कुनै कुरा असम्भव नभएको सन्देश दिएको बताइन् ।

6090
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका