जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • प्राइम लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क ४० प्रतिशतले बढ्यो

प्राइम लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क ४० प्रतिशतले बढ्यो

प्राइम लाइफ इन्स्योरेन्स (PLIC) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ६ करोड ५७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ४०.६७ प्रतिशत अर्थात ३० करोड ८१ लाख रुपैयाँले बढी हो ।

गत वर्षको असोज मसान्तसम्ममा इन्स्योरेन्सले ७५ करोड ७५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीको खुद बीमाशुल्कसंगै खुद नाफा पनि २ करोड ५ लाख रुपैयाँले बढेर १२ करोड ७ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षमा कम्पनीले १० करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा कम्पनीले लगानी, कर्जा तथा अन्यबाट २७ करोड २७ लाख रुपैयाँ र बीमालेख धितोमा एक अर्ब २८ करोड ३० लाख रुपैयाँ लगानी गरी ३ करोड १३ लाख रुपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पूँजी २ अर्ब २५ करोड ८९ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ९० करोड ६० लाख रुपैयाँ सञ्चित छ । यस्तै जीवन बीमा कोषमा १२ अर्ब ३७ करोड ४२ लाख रुपैयाँ र महाविपत्ती कोषमा १४ करोड १२ लाख रुपैयाँ सञ्चित छ ।

कम्पनीको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ३९ पैसा, प्रतिशेयर नेटवर्थ १४६ रुपैयाँ ३६ पैसा र मूल्य आम्दानी अनुपात २९.९७ गुणा छ ।

कम्पनीले हालसम्म १७ लाख १७ हजार ४२८ वटा बीमालेख जारी गरी कुल १९ अर्ब ५२ करोड कूल बीमा शुल्क आर्जन गरेको छ ।

कम्पनीले ६७९ वटा दाबी बापत कूल २९ करोड २८ लाख रुपैयाँको भुक्तानी गरेको छ भने ४४ वटा दाबी बापत एक करोड १ लाख ७४ हजार रुपैयाँ भुक्तानी हुन बाँकी छ ।

12620
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका