जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • म आम उद्योग व्यवसायी साथीहरुको साझा उम्मेदवार हुँ

Sticky Breaking News

म आम उद्योग व्यवसायी साथीहरुको साझा उम्मेदवार हुँ

चन्द्र प्रसाद ढकाल , बरिष्ठ उपाध्यक्ष उम्मेदवार , नेपाल उद्योग वाणिज्य महासंघ

म आम उद्योग व्यवसायी साथीहरुको साझा उम्मेदवार हुँ

चन्द्र प्रसाद ढकाल चिनाई राख्नुपर्ने नाम भने पक्कै होइन सफल र खारिएका उद्योग व्यवसायीहरु बीच ढकाल चर्चाको शिखरमा छन्, भन्दा फरक पर्दैन । नेपाली उद्योग व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघमा २ पटक निर्विरोध निर्वाचित र एक पटक सबैभन्दा बढि मत ल्याएर बीजय भएर काम गरेको अनुभव ढकालसंग छ ।  सामान्य सानो पसलबाट व्यवसाय शुरु गरेका ढकाल अहिले ठूलो कर्पोरेट व्यवसायीदेखि मुलुककै सफल उद्योगीका रुपमा परिचित छन् भन्दा फरक पर्दैन ।

बागलुङको सामान्य परिवारमा जन्मिएका चन्द्रप्रसाद ढकाल सहसी र निडर व्यक्तित्वका रूपमा परिचित छन् । ढकालले देशकै पहिलो रेमिटेन्स कम्पनी आइएमईमार्फत औपचारिक रूपमा विप्रेषण भित्र्याएर अर्थतन्त्रलाई बलियो बनाउन सफल बनेका छन् । आइएमई ग्रुपका अध्यक्ष समेत रहेका ढकालले ग्लोबल आइएमई बैंक, आइएमई जनरल इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स हाथवे इन्भेस्टमेन्ट, आइएमई कोअपरेटिभ, चन्द्रागिरि हिल्स, आइएमई अटोमोटिभ्स, हिमालय पावर पार्टनर्स, माउन्टेन इनर्जी, शंकर अक्सिजन लगायतका डेढ दर्जनभन्दा बढी व्यवसायिक संस्थाको नेतृत्व गरिरहेका छन् । भन्दा फरक पर्दैन । नेपाल सरकारले दिने महत्वपूर्ण व्यवसायिक व्यक्ति (सीआइपी)को सम्मान समेत ढकालले पाएका छन् । सफल उद्यमी ढकालले नेपाल उद्योग वाणिज्य महासंघको मंसिर ११ देखि १३ गतेसम्म हुने साधारणसभामा वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।

साढे पाँच दशक लामो गौरवशाली इतिहास बोकेको उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ मुलुकको निजी क्षेत्रका सम्पूर्ण उद्यमी–व्यवसायीको सबैभन्दा प्रतिष्ठित र महत्वपूर्ण संस्थाकारूपमा स्थापित छ भन्दा फरक पर्दैन । मुलुकको अर्थतन्त्र र विकासमा निजी क्षेत्रले गरेको लगानी एवम् भूमिकालाई सम्मान र संस्थागत मान्यता दिलाउन अग्रणी पुस्ताको नेतृत्वले उदाहरणीय योगदान गरेका ग्लोबल आईएमई बैंक अध्यक्ष तथा आईएमई ग्रुपका संस्थापक चन्द्रप्रसाद ढकालले महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिनुको कारण, महासंघको आगामी चुनाव, महासंघभित्र जकडिएर रहेका समस्या र समाधानका उपाय, उद्यमी व्यवसायीका लागि महासंघ नेतृत्वले खेल्नुपर्ने भुमिका र निजी क्षेत्रले देशको अर्थतन्त्र मजबुद बनाउन खेल्नुपर्ने भूमिका र आगामी मंसिर ११ देखि १३ गते हुने महासंघको निर्वाचन बारे केन्द्रीत रहि आर्थिक बजार न्यूजडटकमका सम्पादक भूपेन्द्र आचार्यसंग गरेको लामो कुराकानीको सम्पादित अंशः

० तपाईले उद्योगी व्यवसायीहरुको एउटा मात्रै छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्वमा वरिष्ठ उपाध्यक्षको उम्मेदवारी दिनुको कारण के हो ?
महासंघमा मेरो उम्मेदवारी मूलतः निजी क्षेत्रप्रति मेरो जिम्मेवारी बोधको उपज हो । निजी क्षेत्रको छाता संगठनकारुपमा रहेको नेपाल उद्योग वाणिज्य महासंघ आम व्यवसायीहरूको हक हित संरक्षण गर्दै राज्यलाई पनि आर्थिक नीति निर्माणमा सहयोग पु¥याउने संस्था भएकाले यसको नेतृत्वमा निजी क्षेत्रका वास्तविक समस्या बुझेको, राज्यसँग निजी क्षेत्रका भावना स्पष्टसँग राख्न सक्ने तथा आफैं पनि व्यवसायमा सवल र सफल व्यक्ति हुनुपर्छ भन्ने देशैभरका आम व्यवसायी साथीहरूको साझा मत हो ।

धेरै साथीहरूले त्यो साझा मतको प्रतिनिधित्व गर्नसक्ने सक्षम र योग्य उम्मेदवार तपाई नै हो भन्नुभएकाले म मैदानमा छु । यससँगै म आफैं पनि महासंघमा दुई कार्यकाल सदस्य र एक कार्यकाल उपाध्यक्ष भइसकेको, आफ्नै व्यवसायको दौरान देशका कुन काप्चादेखि संसारका विकसित र विकासोन्मुख मुलुकको समेत अनुभव हासिल गरिसकेको र केही गरौं भन्ने सकारात्मक सोच राख्ने व्यक्ति भएकाले मैले निजी क्षेत्रको नेतृत्व लिँदा सिंगो अर्थतन्त्रलाई नै फाइदा पुग्छ भने किन नलिने भनेर अगाडि बढेको हुँ । मेरो दावीको मूल कारण भनेकै निजी क्षेत्रको सवलीकरण र सिंगो मुलुकको आर्थिक समृद्धिका लागि नै हो ।

० सरकार र निजी क्षेत्र बीच अहिले सम्बन्ध विग्रीएको देखिन्छ । तपाईले जिते राज्यसंग कस्तो सम्बन्ध हुन्छ र आम व्यवसायी साथीहरुका समस्या समाधान गर्न लाग्ने योजना के के छन् त ?
निजी क्षेत्र कुनै राजनीतिक विषयमा पक्ष विपक्षमा लाग्ने गर्दैन । हरेक राजनीतिक आन्दोलनको परिणामलाई सहर्ष स्वीकार गरे पनि राजनीतिक आस्थाका आधारमा निजी क्षेत्रले यो सही र यो गलत भन्ने गर्दैन । निजी क्षेत्रका प्रतिनिधिहरूमध्ये कोही कसैको राजनीतिक आस्था र संलग्नता रहेछ भने त्यो अलग कुरा हो र निजी क्षेत्रको मामिलामा उहाँहरू सधैँ एक ठाउँमा आउनुहुन्छ । यो सकारात्मक पक्ष तपाईले पनि देखिरहनु भएकै छ । हामीले सरकारको नीतिका आधारमा प्रतिक्रिया दिने हो । कुनै नीतिले निजी क्षेत्र र अर्थतन्त्रलाई नै असर पर्ने रहेछ भने सच्याउन दबाब दिने हो ।

अघिल्लो कार्यकालमा म निर्विरोध निर्वाचन भएपछि धेरै कुरा राज्यको ढोकासम्म पु¥याउने काम भए यहि कारणले सबै साथीहरुले तपाई बरिष्ठ उपाध्यक्ष यस पटक उठ्नु पर्दछ भन्नु भएकै कारण मैले उम्मेदवारी दर्ता गरेको हुँ । अर्को सबै पक्षका उद्योग व्यवसायीहरुको समस्यालाई नेपाल सरकारसंग बसेर छलफल गर्ने, लविङ्ग गर्ने, निति बनाउँदा लड्ने नेतृत्व अहिले चाहिएको छ । यी सबै काम गर्न म सक्षम छु र गरेर पनि देखाउने प्रतिवद्धता लिएकै कारण मलाई आम साथीहले विजय गराउने छन् र मेरो जित सुनिश्चित छ । म साझा उम्मेदवार हुँ । यसमा दुई मत छैन ।

अहिलेको सरकारले सुखी नेपाली, समृद्ध नेपालको जुन आकर्षक नारा ल्याएको छ, त्यसलाई पूरा गर्ने कार्यक्रम आएनन् अथवा निजी क्षेत्रलाई सक्षम र सहजीकरण नगरी सरकारको नारा कार्यान्वयन सम्भव छैन भन्ने कुरा हामीले भन्दै आएका छौं । सरकारसँग हामीले अहिले पनि विभिन्न समयमा आएका नीति सच्याउनदेखि बजेट, मौद्रिक नीति आउनुपूर्व यस्तो नीति चाहियो भन्दै आएका छौं । कतिपय पूरा भएका पनि छन्, कतिपय हाम्रो अपेक्षा विपरीत आएका छन् भने कतिपय चाहिँ बुझाइमा समस्या छन् ।

त्यसैले म महासंघमा अहिले उपाध्यक्ष रहँदा, हिजो कार्यकारिणी समिति सदस्य रहँदा पनि र भोलि वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएपछि तथा त्यसपछि अध्यक्ष नै भएपछि पनि निजी क्षेत्रको बृहत हितका लागि सरकारका सबै क्षेत्रमा लबिङ गर्नेछु, निजी क्षेत्रको एउटै आवाज लिएर सरकार समक्ष पेश हुनेछु । राज्य र निजी क्षेत्र आर्थिक विकासका साझेदार हुन् भन्ने मेरो चुनावी अभियानलाई परिणाममा सार्थक बनाउने छु नि ।

० तपाईको चुनाव जित्ने बलियो आधार चाहि के हो ?
मेरो नेतृत्वको टिम अत्यन्तै राम्रो टिम छ । हामी ७७ वटै जिल्लामा पुगेर उद्योग व्यवसायी साथीहरुसंग छलफल गरेका छौं । अघिल्लो कार्यकालमा म निर्विरोध निर्वाचन भएपछि धेरै कुरा राज्यको ढोकासम्म पु¥याउने काम भए यहि कारणले सबै साथीहरुले तपाई बरिष्ठ उपाध्यक्ष यस पटक उठ्नु पर्दछ भन्नु भएकै कारण मैले उम्मेदवारी दर्ता गरेको हँु । अर्को सबै पक्षका उद्योग व्यवसायीहरुको समस्यालाई नेपाल सरकारसंग बसेर छलफल गर्ने, लविङ्ग गर्ने, निति बनाउँदा लड्ने नेतृत्व अहिले चाहिएको छ । यी सबै काम गर्न म सक्षम छु र गरेर पनि देखाउने प्रतिवद्धता लिएकै कारण मलाई आम साथीहले विजय गराउने छन् र मेरो जित सुनिश्चित छ । म साझा उम्मेदवार हुँ । यसमा दुई मत छैन ।

० निर्विरोध हुने कुरा अब सकिएकै हो त तपाईबाटै पहल नभएको भनिन्छ नि ?
म यस संस्थामा २ पटक कार्यसमितिमा कार्यकार निर्विरोध भएको मान्छे हुँ । एक वटाको कार्यकालमा सबै भन्दा बढि मत मैले पाएको थिए । त्यसकारण इतिहास दोहोरिने मैले देखेको छु ।अर्को कुरा निर्विरोध हुने सम्भावना अझै छ । यदि चुनाव नै भएपनि सर्वाधिक मतबाट म विजय हुनेछु भन्ने विश्वास म मा छ । १३ गतेसम्ममा चुनावी प्रक्रिया मात्रै बाँकी छ १४ गते रिजल्ट नै आउने भएकाले मेरो विजय सुनिश्चित छ ।
विजयको सुनिश्चितता कसरी भन्न खोज्नु भएको हो । अर्को समूह पनि जित्ने दाबी गरिरहेका छ नि ? यसो हो ७७ जिल्ला हाम्रो सञ्जाल छ ।

खास गरेर नगर जिल्ला उद्योग वाणिज्य संघका साथीहरुले भोट माग्न आउने जिते पछि हाम्रा समस्या हल नगर्ने, टेलिफोन नउठाउने गुनासो ७७ वटै जिल्ला र नगर कमिटीबाट आएका छन् । मचाहि के भन्दछु भने जिल्ला नगर उद्योग वाणिज्य संघको कम्यूनिकेशन ग्याप हटाउन म पहिलो काम गर्ने छु ढुक्क भए हुन्छ । कसरी गर्न सकिन्छ डिजीटल माध्याम वा अरु कुनै माध्यामबाट पूरा गर्ने छु ।

ती जिल्लामा जोडिएका आम उद्योगी व्यवसायी साथीहरु हुनुहुन्छ । उहाँहरुले हामीलाई एउटा उच्च मनोबलका साथ बचन दिनु भएको छ । उहाँहरुको बलियो साथ मलाई छ । त्यसकारण मेरो विजय सुनिश्चित छ । म ढुक्क छु ।

० तपाई एउटा सानो व्यवसायबाट यहाँसम्म आएको व्यक्ति साना व्यवसायीहरुका समस्यालाई कसरी लिनु भएको छ त ?
तपाईले भने जस्तै म सानो व्यवसायबाट आज कर्पोरेट व्यवसायसम्म आएको व्यक्ति भएकै कारणले मलाई साना व्यवसायी साथीहरुको समस्या राम्रोसंग थाहा छ । उहाँहरुका समस्या मलाई जति अर्का उम्मेदवारलाई जानकारी नहुन पनि सक्दछ त्यसकारण सरकार, रेगुलेटर र नियमनकारी निकायसंग बसेर सबै व्यवसायी साथीहरुको समस्या समाधन गर्न सक्ने उम्मेदवार म नै हुँ । म सबै सरकारी निकायहरुसंग एउटा पुलको काम गरेर आम उद्योगी व्यवसायी साथीहरुका समस्या हल गर्ने तर्फ लाग्ने छु ।

० कोरोना भाइरसका कारण साना व्यवसायीहरुको व्यापार ठप्प छ उनीहरुका पीडा धेरै छन् । उनीहरुका समस्यालाई चाहि कसरी लिनु भएको छ त ?
अत्यन्तै महत्वपूर्ण प्रश्न उठाउनु भयो भूपेद्रजी । अहिले ठूला भन्दा पनि साना व्यवसायी अप्ठ्यारो अवस्थामा पक्कै छन् उनीहरुका यी पीडाहरुलाई सम्बोधन गरिनुपर्दछ । साना तथा मझौला व्यवसायी साथीहरुका पीडालाई जिल्ला नगर सम्म पु¥याएर एउटा छलफल गरि राज्यसंग छलफल गरेर समाधान गर्ने मेरो पहिलो काम हुनेछ । अहिले कोरोनाले थलिएको अर्थतन्त्रलाई उठाउन साना व्यवसायीहरुको व्यवसाय बचाउनु पर्दछ । त्यसका लागि नियमनकारी निकाय सरोकारवाला र सरकारसंग छलफल गरेर अगाडी बढाउने नै मेरो काम हुनेछ ।

० चुनावमा भोट माग्ने अनि जीते पछि जिल्ला र नगरका उद्योगी व्यवसायी साथीहरुलाई चटक्कै विर्सिने परम्परा छ नि होइन र ?
अर्को महत्वपूर्ण प्रश्न सोध्नु भयो । मेरो टेलिफोन सधैं उठ्ने छ । अरुको कुरा मलाई थाहा छैन । खास गरेर नगर जिल्ला उद्योग वाणिज्य संघका साथीहरुले भोट माग्न आउने जिते पछि हाम्रा समस्या हल नगर्ने, टेलिफोन नउठाउने गुनासो ७७ वटै जिल्ला र नगर कमिटीबाट आएका छन् । मचाहि के भन्दछु भने जिल्ला नगर उद्योग वाणिज्य संघको कम्यूनिकेशन ग्याप हटाउन म पहिलो काम गर्ने छु ढुक्क भए हुन्छ । कसरी गर्न सकिन्छ डिजीटल माध्याम वा अरु कुनै माध्यामबाट पूरा गर्ने छु । अब पटक पटक यस्तो कम्पेल्न आउन दिने छैन । यो मेरो पहिलो एजेन्डा भित्रनै पर्दछ ।

० के तपाईले भने जस्तो सजिलै साना तथा मझैला व्यवसायीहरुका समस्या हल हुन्छ त ?
होइन कुरा यो हो काम गरेर देखाउने हो गफ होइन, जिल्ला र नगर संघका समस्या नेपाल उद्योग महासंघ केन्द्रीय समितिमा आउने गर्दछन् । यसलाई चाहि म निर्वाचित भए पछि निजी क्षेत्रको तर्फबाट नेपाल सरकार, रेगुलेटर र सम्बन्धीत निकायमा लविङ्ग गर्ने र समस्या समाधान गर्ने मेरो पहिलो काम रहने छ ।

० तपाई बरिष्ठ उपाध्यक्षमा निर्वाचित भएपछि जिल्ला नगर संघका साथीहरुसंग कसरी सहकार्य गरि अगाडी बढ्ने योजना बनाउनु भएको छ त ?


खास गरेर जिल्ला नगर संघ का साथीहरुसंग छलफल गरि पर्यटन व्यवसाय निर्माण व्यवसाय र अन्य उद्योगका लागि मेरो सहकार्य रहने छ । सबै साथीहरुसंग साझेदारी गर्दै लैजाने मेरो इच्छा छ । परियोजना हेरर विदेशी लगानी ल्याउने र श्रम बजार बढाउने मेरो चाहना र इच्छा छ ।

० कोरोनाबाट थला परेको पर्यटन व्यवसायीलाई माथी उठाउन पहल कसरी गर्नु हुन्छ त ?
चन्द्रागिरी हिल्स जस्तो टुरिजम पूर्वाधारहरु अन्य ७ वटा प्रदेशमा स्थानिय व्यवसायी साथीहरुको सहकार्य र समझदारीमा गर्ने मेरो काम हुनेछ । अहिले पनि हामीले गरेको छौं । नगर जिल्लाका साथीहरुलाई समेत पार्टरनसीप गरेर अगाडी बढाउने मेरो इच्छा छ । विदेशी लगानी समेत भित्र्याउन सरकारसंग छलफल गरि अगाडी बढ्ने छु र लोकलस्तरका साथीहरुलाई सहभागी गर्ने र रोजगारी सिर्जना गर्दै थलिएको अर्थतन्त्रलाई अगाडी बढाउने काम मेरो नेतृत्वको टिमबाट हुनेछ । यसका लागि राज्यसंग बसेर छलफल गर्ने अर्को मेरो एजेन्डा पनि छ ।

०  नेपालमा धेरै आर्थिक विकासका सम्भावना छन् । तरपनि धेरै योजनाहरु ओझेलमा परेको अवस्था छ यसलाई कसरी लिनुभएको छ ?
आर्थिक विकासका प्रसस्त सम्भावना हाम्रो देशमा भएपनि हामी पछाडी परेको चाहि तपाई भनेजस्तै पक्कै हो ।

नगर र जिल्ला उद्योग वाणिज्य संघलाई सक्षम बनाउने, शसक्त बनाउने नेपाल उद्योग वाणिज्य संघलाई स्वर्णयूर्ण तर्फ लैजाने, नेपाल सरकारसंग लविङ्ग गरेर पोलिसी बनाउने, देशमा रोजगारी सृजना गर्ने र कोरोना भाइरसबाट थलिएको अर्थतन्त्रलाई बचाउँदै अगाडी लैजाने काम म र मेरो टिम निर्वाचित भएपछि गर्नेछु । म आम व्यवसायी साथीहरुको साझा उम्मेदवार हुँ ।

गत चैत्रबाट कोरोना भाइरसबाट संकटमा फसेको अर्थतन्त्रलाई माथी उठाउनको लागि नेपाल सरकार रेगुलेटर सम्बन्धी निकायसंग पोलिसी निर्माणको लागि निविकल्प सहितको विकल्प चाहि चन्द्र प्रसाद ढकाल सहितको टिमको नेतृत्व भन्ने कुरा नै आम व्यवसायी साथीहरुको धारणा छ भन्दा फरक पर्दैन । त्यसकारण १३ गते पछि हाम्रो नेतृत्वले काम शुरु गर्ने निश्चित छ नि ।

० तपाईका यी कुरालाई विश्वास गर्ने आधार चाहि के छ त ?
मैले सानो व्यवसायबाट एउटा कर्पोरेट व्यवसायमा जसरी शुरु गरे यस्तै आम उद्योग व्यवसायी साथी बन्नु पर्दछ । भन्ने मेरो इच्छा छ मेरो यो कार्यकालमा नेपाल उद्योग वाणिज्य महासंघलाई स्वर्णयूग तर्फ लैजाने मेरो इच्छा छ त्यसकारण सहि नेतृत्वलाई तपाईहरुले मतदान गर्न म आग्रह गर्दछु ।

०  नेपाल उद्योग वाणिज्य महासंघमा नेतृत्व गर्ने व्यक्ति व्यवसायी नै हुनुपर्दछ भनिन्छ तपाईसंग यस्तो टिम छ त ?


सहि प्रश्न उठाउनु भयो । उद्योग वाणिज्य महासंघमा उद्योग व्यवसायी साथीहले ने नेतृत्व लिनु पर्दछ । त्यसमा पनि सफल उद्योग व्यवसायी साथी भयो भने उसले मात्रै यो छाता संगठन एफएनसीसीआई हाँक्न सक्ने छ । मसंग यस्तो टिम छ तपाईले हेर्न सक्नुहुनेछ । सबै क्षेत्रमा ख्याती कमाएका ठूला देखि साना र मझौला उद्योग व्यवसायी साथीहरुको अनुभव र दक्ष टिम मेरो नेतृत्वमा छ नि ।

०  तपाईले भने जस्तो टिम छ भनेर कसरी विश्वास गर्ने ?
प्रस्टै छ मेरो नेतत्वको टिम समावेशी छ । यसमा व्यवसायी संगठनको नेतृत्व गर्ने रियल व्यवसायी र नेतृत्वहुनु पर्दछ भन्ने मेरो मान्यता छ । मेरो टिममा नेपाल सरकारले सीआइपीबाट सम्मान गरेका राम्रा उद्योगी व्यवसायी साथीहरु हुनुहुन्छ । यसमा दुई मत छैन । नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व गर्ने सक्षम अनुभवी र सबैलाई समेटेर अगाडी लैजान सक्ने टिम चन्द्र प्रसाद ढकालसंग छ । यो हेर्दा नै प्रस्ट देखिन्छ नि ।

० जिल्ला नगर उद्योग वाणिज्य संघका पूर्वाधार विकास गर्न र उनीहरुलाई जीवन्त राख्न तपाई निर्वाचित भएपछि कसरी अगाडी लैजानु हुन्छ त ?
जिल्ला नगर उद्योग वाणिज्यसंघका कतिपय जिल्लाका सचिवालय सञ्चालन गर्न नै कठिन भएको मैले पाएको छु । मैले राम्रोसंग बुझेको छु । जिल्ला नगर उद्योग वाणिज्य संघका सचिवालय लगायत अन्य भौतिक संरचना बनाउनका लागि मेरो साथ र सहयोग रहने छ । म केन्द्रीय नेतृत्वमा पुगेपछि यो काम थाल्ने छु । जबसम्म नगर र जिल्ला संघ बलियो हुँदैन तव सम्म केन्द्रीय नेतृत्व बलियो हुँदैन भने मेरो धारणा छ ।

० अन्त्यमा तपाईका योजनाहरु के के छ त ?
नगर र जिल्ला उद्योग वाणिज्य संघलाई सक्षम बनाउने, शसक्त बनाउने नेपाल उद्योग वाणिज्य संघलाई स्वर्णयूर्ण तर्फ लैजाने, नेपाल सरकारसंग लविङ्ग गरेर पोलिसी बनाउने, देशमा रोजगारी सृजना गर्ने र कोरोना भाइरसबाट थलिएको अर्थतन्त्रलाई बचाउँदै अगाडी लैजाने काम म र मेरो टिम निर्वाचित भएपछि गर्नेछु । म आम व्यवसायी साथीहरुको साझा उम्मेदवार हुँ । मेरो जीत सुनिश्चित छ ।
साथै महासंघको साधारणसभा र निर्वाचनमा प्रतिनिधि बनेर आउनु हुने साथीहरूलाई सबै विवेकी हुनुहुन्छ ।

जिल्लानगर र वस्तुगततर्फका साथीहरू आफैं निर्वाचनमा प्रतिस्पर्धा गरेर प्रतिनिधिका रुपमा यहाँ आइरहनु भएको छ भने एसोसिएटका साथीहरू पनि विश्वव्यापी यस्तो चुनौतीका बीचमा प्रतिस्पर्धा गरेरै आफ्नो व्यापार व्यवसायको सफलताको जगमा टेकेर उभिनुभएको छ । यसैले आजका महासंघका प्रतिनिधिहरू सबै परिपक्व हुनुहुन्छ र उहाँहरूले विवेकसम्मत निर्णय गर्न सक्षम पनि हुनुहुन्छ । उहाँहरू सबैलाई महासंघको आगामी दिनको चुनौती के हो र कसले नेतृत्व लिँदा सिंगो महासंघ र देशको अर्थतन्त्रलाई फाइदा पुग्छ भनेर मनन गरेर मतदान गर्नुहुन आग्रह गर्दछु । यसरी सबै मतदाता साथीहरू विवेकशील भएकाले म ढुक्क छु । मेरो बिजय सुनिश्चित छ नि ।

16045
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका