जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • मैले २८ वर्ष देशभरका उद्योगी–व्यवसायीसँग सहकार्य गरेको छु मेरो जित सुनिश्चित छ

अन्तरवार्ता

मैले २८ वर्ष देशभरका उद्योगी–व्यवसायीसँग सहकार्य गरेको छु मेरो जित सुनिश्चित छ

किशोर प्रधान, वरिष्ठ उपाध्यक्षका दाबेदार, नेपाल उद्योग वाणिज्य महासंघ

मैले २८ वर्ष देशभरका उद्योगी–व्यवसायीसँग सहकार्य गरेको छु मेरो जित सुनिश्चित छ

मुलुकका निजी व्यावसायीहरुको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासंघको आसन्न चुनावलाई लिएर यतिखेर सिङ्गो व्यावसायिक क्षेत्र तरङ्गित छ । यही मङ्सिर ११ गतेबाट शुरुभई १३ गते महासंघको आगामी कार्याकालका लागि निर्वाचन हुने भएको छ । यस चुनावमा वरिष्ठ उपाध्यमा किशोर प्रधान उम्मेदवार हुनुहुन्छ । यसै सेरोफेरोमा रहेर वरिष्ठ उपाध्यक्षका दाबेदार किशोर प्रधानका चुनावी एजेण्डा र उहाँको विचारसँग केन्द्रित रहेर प्रधान सँग गरिएको कुराकानीको केही अंशः

तपाईंले चुनाव जित्ने आधारहरु के हुन् ?

अध्यक्ष शेखर गोल्छाजीलाई सकारात्मक सहयोग गरेर उहाँको कार्यकाललाई सफलतापूर्वक सम्पन्न बनाउनु मेरो आधार हो । पूर्वअध्यक्षहरुको आशीर्वाद, हालका अध्यक्षको संलग्नता र हुनेवाला अध्यक्षहरुको साथ पनि मेरो जित्ने एउटा ठूलो आधार हो । यसबाहेक मप्रतिको सम्पूर्ण उद्योगी व्यवसायीको प्रेम, समर्पण, सद्भाव सबैभन्दा ठूलो जित्ने आधार हो । यसले पनि नेपाल उद्योग वाणिज्य महासङ्घमा जो निष्ठावान्, समर्पित भएर खट्छ, ऊ सो पदको दावेदार बन्न योग्य छ भन्ने कुराको प्रमाणित गर्छ ।

सबैतिर भोट मागिसक्नुभयो त ?
म त सुरुदेखि नै सहमतिको पक्षमा थिएँ । तर, उहाँ ईच्छुक देखिनुभएन । अरू सबै साथीले पनि भन्नुभएको हो । मेरो गोरुको बाह्रै टक्का भनेर सहमति हुँदैन ।


भोट मागेर सकिँदैन । अहिले पनि यहाँ भिडभाड देखिहाल्नुभयो । यो क्रम त चलिरहन्छ ।
चुनाव नजिकिएको छ । अब काठमाडौंमै केन्द्रित छौं । चुनाव नहुञ्जेल भोट माग्ने क्रम चलिरहन्छ ।

उद्योगी–व्यवसायीले तपाईंलाई रोज्नुपर्ने चुनावी एजेण्डा के–के छन् ?
मैले यो विषयमा भनेको भन्यै छु । सधैं एजेण्डा–एजेण्डा भनिरहेको छु । तपाई योभन्दा फरक विषय उठाउनुस् न । यो त सबैलाई थाहा भइसक्यो नि ।

तपाईंको पक्षमा माहोल बनेकै हो त ?
हो नि । यसमा म शतप्रतिशत विश्वस्त छु । मेरो जित सुनिश्चित छ । मैले २८ वर्ष देशभरका उद्योगी–व्यवसायीसँग सहकार्य गरेको छु । साथीहरूले मेरो सद्भाव, सक्रियताको मूल्याङ्कन गर्नुभएको छ । जिल्ला–नगर, वस्तुगत सबैतिरबाट मलाई शुभकामना सन्देशहरू आइसकेका छन्, फोनहरू आएका छन् । यो भनेको सबैले मलाई गर्नुभएको विश्वास हो । तपाईंहरूले पनि सर्वेक्षण गर्नुभएको छ । मेरो जित सुनिश्चित देख्नुभएको छ ।

निर्वाचनमा गरेका वाचा पूरा गर्न पनि शुद्धीकरण गर्ने हो । दश वर्षे कार्ययोजनासहित देशको अर्थतन्त्रलाई दोहोरो अङ्कमा पुर्याउन महासङ्घ सुदृढीकरण गर्दै सरकारसँग छलफल गर्ने हाम्रो प्रयास रहन्छ । यसका लागि युवा, अनुभवि र ज्ञाताहरुलार्ई समावेश गरेर नेपाल उद्योग वाणिज्य महासङ्घको विज्ञ टोली बनाउने त्यसको सुुझावलाई कार्यान्वयन गर्दै जाने हो ।

नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षको पदमा प्यानलै बनाएर देश दौडाहामा हुनुहुन्छ । कस्तो प्रतिक्रिया पाउनुभएको छ रु
सबैतिरबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छु । मैले उद्योग वाणिज्य महासङ्घमा २८ वर्षदेखि गरेको लगानीमा साथीहरुको साथ रहेछ भन्ने बुझ्ने मौका पाएँ । वस्तुुगत, एसोसिएट र जिल्लाका सम्पूर्ण साथीहरु मलाई अत्याधिक मतले जिताउने प्रक्रियामा हुनुुहुन्छ । जसको लामो समयदेखि महासङ्घप्रति समर्पण छ, त्यसलाई जिताउन सकेनौं भने हाम्रो दुुर्भाग्य हुन्छ भन्ने उहाँहरुको स्पष्ट भनाइ छ । उहाँहरुको उत्साह र उमङ्ग देखेर म पनि उत्साहित छु ।

तपाईंले चुनाव जित्ने मुख्य आधारहरु के हुन् ?
मुख्य त मैले गरेको कर्म नै हो । यस सङ्गठनमा मैले २८ वर्ष समर्णण गरेको छु । अर्को, उद्योगी व्यवसायीहरुलाई परेको पीर, मर्का, समस्याको समाधान गर्नु मेरो मुख्य लक्ष्य रहेको छ । त्यसबाहेक मेरो अर्को कुनै स्वार्थ छैन ।

अध्यक्ष शेखर गोल्छाजीलाई सकारात्मक सहयोग गरेर उहाँको कार्यकाललाई सफलतापूर्वक सम्पन्न बनाउनु मेरो आधार हो । पूर्वअध्यक्षहरुको आशीर्वाद, हालका अध्यक्षको संलग्नता र हुनेवाला अध्यक्षहरुको साथ पनि मेरो जित्ने एउटा ठूलो आधार हो । यसबाहेक मप्रतिको सम्पूर्ण उद्योगी व्यवसायीको प्रेम, समर्पण, सद्भाव सबैभन्दा ठूलो जित्ने आधार हो । यसले पनि नेपाल उद्योग वाणिज्य महासङ्घमा जो निष्ठावान्, समर्पित भएर खट्छ, ऊ सो पदको दावेदार बन्न योग्य छ भन्ने कुराको प्रमाणित गर्छ । मैले आजसम्म जे जति क्रियाकलापहरु उद्योग वाणिज्य महासङ्घमा गरेको छु, त्यसमा म निष्कलङ्क छु ।

महासङ्घको शुद्धीकरणलाई एजेण्डा बनाउनुभएको छ । कस्तो शुद्धीकरण हो ?
शुद्धीकरणमात्र होइन, सुदृढीकरण भनिरहेका छौं । शुद्धीकरण भन्नाले महासङ्घमा हामीले जिल्ला, एसोसिएट र वस्तुगतका साथीहरुलाई केही सेवाहरु पुर्याउन सकेनौं । समग्र उद्योगी–व्यवसायीको हितका कुराहरुलाई सम्बोधन गर्न नसकेको हुनाले शुद्धीकरण गर्नुपर्ने अवस्था छ । केही साथीहरुले महासङ्घलाई राजनीतिकरण गरे । महासङ्घको दुरुपयोग गरियो ।

आफू पदमा बसेर उहाँहरुले गरेका दुरुपयोगहरुलाई शुद्धीकरण गर्दै लैजाने हो । हाम्रो अध्यक्षले पनि भनिसक्नुभएको छ– जसले सबैको मन जितेर त्यो पदमा पुग्छ, उसकै कुरा सुन्ने हो । निर्वाचनमा गरेका वाचा पूरा गर्न पनि शुद्धीकरण गर्ने हो । दश वर्षे कार्ययोजनासहित देशको अर्थतन्त्रलाई दोहोरो अङ्कमा पुर्याउन महासङ्घ सुदृढीकरण गर्दै सरकारसँग छलफल गर्ने हाम्रो प्रयास रहन्छ । यसका लागि युवा, अनुभवि र ज्ञाताहरुलार्ई समावेश गरेर नेपाल उद्योग वाणिज्य महासङ्घको विज्ञ टोली बनाउने त्यसको सुुझावलाई कार्यान्वयन गर्दै जाने हो ।

कोभिड–१९ का कारण उद्यमीहरु बढी समस्यामा देखिन्छन् । तिनीहरुलाई सघाउ पुर्याउने योजना के छन् ?
कोभिड–१९ सङ्क्रमण र बैङ्किङ क्षेत्र कारण साना तथा मझौला उद्यमी–व्यवसायीहरु निकै मारमा परेका छन् । साना उद्योगी व्यवसायीलाई बैङ्कले ऋण दिने प्रक्रिया पेचिलो बनेको छ । यो अवस्थामा बैङ्कले ती क्षेत्रमा जसरी सहयोग र सद्भाव देखाउनुुपथ्र्यो, त्यो हुन सकेको छैन । त्यसकारण सहज र सरलरुपमा साना उद्यमी व्यवसायीलाई कम व्याजदरमा ऋण उपलब्ध गराउने हाम्रो प्रयास रहन्छ । हामीले सरकारलाई कर एकद्वार प्रणालीबाट लैजानुपर्छ भनेर बारम्बार भनिरहेका छौं ।

अहिलेको अवस्थामा सर्वसम्मत भएको भए सम्पूर्ण उद्योगी–व्यवसायीलाई राम्रो सन्देश जान्थ्यो, जुन जरुरी पनि थियो । मेरा प्रतिद्वन्द्वीको नेपाल उद्योग वाणिज्य महासङ्घलाई सबल बनाउने जमर्कोमा कमी– कमजोरी देखिएको छ । अझै पनि समय छ, यसलाई समाधान गर्न सक्ने अवस्था छ । यसमा प्रयास गरियो भने त्यसलाई साकार रुप दिने कोशिस गर्छौं ।

तर, सरकारले अहिलेसम्म पनि त्यसलाई लागु नगरेको अवस्था छ । त्यो एकद्वार प्रणालीबाट सम्पूर्ण उद्योगी व्यवसायीको समस्या समाधान गर्ने प्रणालीको हामीले विकास गर्न खोजेका छौं, जसले साना उद्यमी–व्यवसायीहरुले सहज र सरल तरिकाले आफ्नै ठाउँमा बसेर सेवा लिन सक्नेछन् । त्यो हाम्रो ठूलो अभियानको रुपमा हुनेछ । साना उद्यमी–व्यवसायीलाई हाम्रो जिल्ला विभाग र नगरको सङ्गठनमा जोडेर व्यवसायका बारेमा प्रशिक्षित गराउने साथै बैङ्किङ क्षेत्र, स्थानीय सरकारसँग जोड्ने हाम्रो उद्देश्य छ । कोभिडको मारमा परेका उद्यमी–व्यवसायीलाई अगाडि बढाउने हाम्रो लक्ष्य छ । विशेषगरी कृषि क्षेत्रलाई व्यावसायीकरण गर्ने हाम्रो उद्देश्य रहेको छ । वन–जङ्गलमा रहेका जडिबुटीहरुलाई प्रशोधित गरेर भ्यालु याड गर्ने र हाई भ्यालुमा निर्यात गर्ने सोच बनाएका छौं । यो सोचबाट साना तथा मझौला व्यवसायी अगाडि बढ्न सक्छन् ।

वरिष्ठ उपाध्यक्ष मा सर्वसम्मति हुने सम्भावना छ ?
सहमति र विचार भन्ने कुरा एकै ठाउँमा बसेर र एउटा हातले मात्र रोटी नपाक्ने स्थिति हुने रहेछ । रोटी पाक्न दुवै हात सक्रिय हुनुपर्छ । मेरा प्रतिस्पर्धीहरुले म र पूर्वअध्यक्षहरुसँग बसेर त्यही प्रण गर्नुपर्यो, जुन प्रण नेपाल उद्योग वाणिज्य महासङ्घको हितका लागि र सम्पूर्ण उद्योगी–व्यवसायीको राम्रो हुन्छ ।

म उद्योग वाणिज्य महासङ्घको हितको निम्ति प्रण गर्ने तर मेरो विपक्षी साथी आफ्नो व्यक्तिगत हितका लागि मात्र प्रण गर्ने भएपछि समस्याको समाधान हुँदैन । त्यसकारण हामी दुवैले दुवै हातले रोटी पाक्छ भनेर जबसम्म हात मिलाउँदैनौं, तबसम्म नेतृत्व सर्वसम्मत हुुन गाह्रो हुन्छ । अहिलेको अवस्थामा सर्वसम्मत भएको भए सम्पूर्ण उद्योगी–व्यवसायीलाई राम्रो सन्देश जान्थ्यो, जुन जरुरी पनि थियो । मेरा प्रतिद्वन्द्वीको नेपाल उद्योग वाणिज्य महासङ्घलाई सबल बनाउने जमर्कोमा कमी– कमजोरी देखिएको छ । अझै पनि समय छ, यसलाई समाधान गर्न सक्ने अवस्था छ । यसमा प्रयास गरियो भने त्यसलाई साकार रुप दिने कोशिस गर्छौं ।

तपाईंका प्राथमिकता के–के हुन्छन् ?
कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन गरियो । त्यसयता उद्योग–व्यवसाय समस्यामा परे । कोरोनाका कारण तहस–नहस भएको अर्थतन्त्रलाई कसरी उकास्ने भन्ने कार्ययोजना नै बनाएका छौं ।

सहुलियत कर्जा दिन बैङ्कहरूले इच्छा देखाएका छैनन् । पुनर्कर्जा पनि सहज तरिकाले दिएका छैनन् । यसलाई सहज बनाएर व्यावसायिक वातावरण सिर्जना गर्न हाम्रो भूमिका रहनेछ ।

 

9035
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका