जोडिनुहोस
बिहिबार, बैशाख ६, २०८१
बिहिबार, बैशाख ६, २०८१

हालको खबर

  • होमपेज
  • २ करोड रुपैयाँ माथिका बिएमडब्लु गाडीको बिक्री सुरु !!

२ करोड रुपैयाँ माथिका बिएमडब्लु गाडीको बिक्री सुरु  !!

दुई करोड रुपैयाँ मूल्य माथिका जर्मन गाडी बिएमडब्लुको औपचारिक बिक्री सुरु भएको छ। बिएमडब्लु मोटर्सको नेपालको आधिकारिक आयातकर्ता लक्ष्मी प्रिमियम मोटर्सले यो गाडी बिक्री सुरु गरेको हो।

कम्पनीले काठमाडौंको तीनकुनेमा १० हजार १६५ स्क्वायर फिटको अत्याधुनिक शोरुमसहित बिएमडब्लु बिक्री सुरु गरेको हो। जर्मन ब्राण्ड बिएमडब्लुलाई नेपाली बजारमा स्थापित र बजारीकरण गर्न लक्ष्मी प्रिमियमले बिएमडब्ल्यू एशिया र बिएमडब्ल्यू बंगलादेशसँग सहकार्य गरेको छ।

नेपालमा बिएमडब्लु ब्राण्ड र नयाँ शोरुमको सुरुवात गर्दै  बिएमडब्लु ग्रुप एसियाका प्रबन्ध निर्देशक क्रिस्टोफर वेनरले भने ‘लक्ष्मी प्रिमियम मोर्टससँगको सहकार्यबाट बिएमडब्ल्यू उत्साहित भएको छ । नेपाली बजार बिएमडब्ल्यूको लागि निकट भविष्यमा उदाउदो बजार हो । लक्ष्मी प्रिमियम मोटर्ससँगको सहकार्यले नेपालमा बिएमडब्ल्यू ब्राण्डको उपस्थिति बलियो हुने छ।’

उनका अनुसार शोरुममा प्रवेश गर्दा उत्कृष्ट लाउन्ज र आकर्षक ‘ईसेटा बार’ को अनुभव गर्न पाउनु हुने छ। त्यहाँ विभिन्न ४ मोडलको गाडीसहित सर्भिस एरिया रहेको छ। ‘थ्री एस’ शोरूम सेल्स, सर्भिस र स्पेयर पार्टस सुविधासहित अन्तर्राष्ट्रियस्तरको बनाइएको छ।

कम्पनीले अहिलेको विषम परिस्थितिमा ‘कन्ट्याक्टलेस’ टेष्ट ड्राइभको सुविधा र लक्ष्मी प्रिमियमको वेबसाइट वा फोन कलको माध्यमबाट आफ्नो टेष्ट ड्राइभ बुक गर्न सक्ने जनाएको छ। बिएमडब्लु बंगलादेशले नेपालमा बजार स्थापित गर्न बिक्रीपछिको सेवा प्रदान गर्ने पूर्वाधारहरुको तयारी र उच्चस्तरीय ग्राहक सेवालाई प्राथमिकता दिन ‘मेन्टर’को बलियो भूमिका निर्वाह गरेको जनाएको छ।

बिएमडब्लु बंगलादेशका अपरेसन डाइरेक्टर समसुल आरेफेनले नेपाली बजारमा बिएमडब्लुको उपस्थिति बलियो पारिने बताए।

लक्ष्मीले बिक्री शुभारम्भ गर्नु अघि नै ११ वटा गाडी बिक्री गरिसकेको छ। एसयुभीअन्तर्गत नौ वटा गाडी बिक्री गरिसकेको छ भने सेडान सिरिजमा दुई वटा बिक्री गरिसकेको जनाएको छ।  एसयुभीअन्तर्गत एक्स वन, एक्स टु, एक्स थ्री, एक्स फाइभ(प्लग इन हाइब्रिड) का गाडीहरूको नेपाली बजार मूल्य क्रमशः एक करोड ९० लाख, दुई करोड, दुई करोड २४ लाख र ४ करोड १६ लाख रूपैयाँ छ।

यसैगरी कम्पनीको सेडान भेरियन्टमा फाइभ र सेभेन सिरिज अन्तर्गतका गाडीको मूल्य तीन करोड र पाँच करोड रूपैयाँ छ। यी दुईमध्ये सेभेन सिरिजको गाडी कम्पनीको फ्ल्यागसिप मानिन्छन्। यसका दुई मोडल नेपालमा बिक्री भइसकेको छ।

दुई महिना अगाडि लक्ष्मीले चार सेग्मेन्टका १२ वटा गाडी भित्र्याएको थियो। बिक्री र बुकिङ अनुसार थप गाडीहरू ल्याइने कम्पनीले जनाएको छ। बिएमडब्लुका गाडीमा ग्राहकको इच्छा अनुसारको फिचर जडान गर्न सकिने सुविधा रहेको कम्पनीले जनाएको छ। भर्चुअल कार्यक्रममार्फत गरिएको शोरूम उद्घाटनमा लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठले बिएमडब्लुसँगको सहकार्य गर्न पाउँदा खुसी लागेको बताए। ग्राहकले बिक्रीसहितको उच्चस्तरीय सेवा दिइने पनि उनले उद्‍घोष गरे।

8405
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका