जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • इन्भेष्टमेन्ट बैंकको लाभांश १८ प्रतिशत, बुटवल पावरले नगद घटाएर डाक्यो एजीएम, कसको कति?

इन्भेष्टमेन्ट बैंकको लाभांश १८ प्रतिशत, बुटवल पावरले नगद घटाएर डाक्यो एजीएम, कसको कति?

नेपाल इन्भेष्टमेन्ट बैंकले १३ प्रतिशत बोनस सेयर र साढे ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। बैंकको लाभांश पोहोरभन्दा थोरै कम हो।

पोहोर बैंकले कुल १९ प्रतिशत लाभांश दिएको थियो। यसमध्ये साढे १० प्रतिशत बोनस सेयर थियो। बैंकलेगत आर्थिक बर्ष ६५ करोड २३ लाख रुपैयाँ वितरणयोग्य नाफा गरेको थियो। चालु वर्षको पहिलो त्रैमासमा बैंकको नाफा २० करोड ५० लाख रुपैयाँ छ।

१४ अर्ब २४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १३ अर्ब ८७ करोड रुपैयाँ छ।

वुटवल पावर कम्पनीले पनि लाभांश घोषणा गरेको कम्पनीले १० प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश दिने जनाएको छ।

लाभांश पारित गर्न कम्पीले पुस २८ गते वार्षिक साधारणसभा डाकेको छ। गत वर्ष कम्पनीले २८ प्रतिशत लाभांश दिएको थियो। यसमध्ये १८ प्रतिशत नगद थियो। यसपाली नगद लाभांश केही घटेको हो।

नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले पनि लाभांश घोषणा गरेको छ। बैंकले १०.२६ प्रतिशत बोनस सेयर र ०.५४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। गत वर्ष कम्पनीले १५.७९ प्रतिशत लाभांश दिएको थियो। यसमध्ये १५ प्रतिशत बोनस सेयर थियो।

स्वाबलम्बन विकास बैंकले १९ प्रतिशत बोनस सेयर र एक प्रतिशत नगद लाभांस प्रस्ताव गरेको छ भने पोखरा फाइनान्सले ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । यसबाहेक लक्ष्मी लघुवित्तले १५ प्रतिशत बोनस सेयर र ८.१६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।

यसैगरी कामना सेवा विकास बैंकले ४.४ प्रतिशत बोनस सेयर र ०.२३ प्रतिशत नगद लाभांश दिने भएको छ। शाइन रेसुंगा विकास बैंकले १३ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ

8455
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?