जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • प्रभु लाइफको पहिलो कारोबार १३७ देखि खुला

प्रभु लाइफको पहिलो कारोबार १३७ देखि खुला

आइतबारदेखि धितोपत्र दोस्रो बजारमा प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार खुला भएको छ । कम्पनीले शुक्रबार संस्थापकतर्फको १ करोड ४० लाख र सर्वसाधारण तर्फको ६० लाख कित्ता गरी कुल २ करोड कित्ता शेयर सूचीकृत गराएको हो ।

नेप्सेले रू. १०९ दशमलव ५६ देखि रू. ३२८ दशमलव ६८ को मूल्य रेञ्ज तोकेको यस कम्पनीको पहिलो कारोबार रू. १३७ देखि खुला भएको छ । प्रि ओपनिङ सेसनमा प्रतिकित्ता रू. १३७ को खरिद विक्री आदेश म्याचिङ हुँदा नियमित सेसनमा सोही मूल्यदेखि कारोबार सुरु भएको हो । बीमा कम्पनीहरुको इतिहासमा प्रभु लाइफको सबैभन्दा कम मूल्यमा पहिलो कारोबार भएको हो ।

प्रि ओपनिङ सेसनमा कम्पनीको प्रतिकित्ता रू. १३७ देखि रू. १३९ सम्म १०० कित्ता शेयर कारोबार भएपनि नियमित सेसनमा विक्री कर्ता देखिएका छैनन् । ४५ मिनेटसम्मको कारोबारमा १८ लाख ३४ हजार ९३० कित्ता शेयर खरिद माग रहेको छ । खरिद चाप उच्च रहेको कमनपीको शेयरमूल्य भने यो अवधिसम्म प्रतिकित्ता रू. २ ले बढेको छ ।

6285
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका