जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • शाओमीले नेपालमा ६००० एमएएच ब्याट्रीको फोन सार्वजनिक

शाओमीले नेपालमा ६००० एमएएच ब्याट्रीको फोन सार्वजनिक

शाओमी विश्वव्यापी टेक्नोलोजी लिडरले आज नेपालमा रेडमी नोट सीरीज स्मार्टफोनको नवौं पुस्तामा रेडमी ९ पावरलाई सार्वजनिक गरेको छ । हालै रेडमी ९ सीरिजमा भित्र्याइएको हो ।

यो रेडमीको पहिलो फोन हो जसमा विशाल ,६००० एमएएच ब्याट्री रहेको छ र एकपटक चार्ज गर्दा एक दिनभन्दा बढिसम्म टिक्ने कम्पनीको दावी छ । यसका साथै यो ४८ एमपी क्वाड क्यामेरा सेट अप, अक्टा–कोर क्वालकम स्नैपड्रैगन ६६२ प्रोसेसर र ६.५३ इन्च एफएचडीप्लस डिस्प्ले रहेको छ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, “यो वर्ष शाओमी नेपालको लागिअद्भूत रहेको छ। हामीले हाम्रो रेडमी फोन सीरिजलाई केवल ९ को छाता अन्तर्गत उपकरणहरूको लाइनअप सुधार मात्र गरेनौं, तर हाम्रो पोर्टफोलियोलाई अडियो र भिजुअल श्रेणीमा विस्तार ग¥यौं र रेडमी इयरबड्स एस र एमआई टिभी सार्वजनिक गरेर केहीउद्योग बेन्चमार्कपनिकायम गरेका छौं । प्रत्येक रेडमी उपकरणहरू यस वर्षनिकै सफलभएका छन् ।”

उनले थपे,“रेडमी ९पावरको सार्वजनिकसंगै, उपभोक्तालेउनीहरूको आवश्यकतामा कुनै सम्झौता नगरुन भनेर हामीले अझ बढि प्रदान गर्दै यस वर्षलाई शान्दार ढंगले अन्त्य गर्दैछौं । यो फोनको साथ, हामी एक विशाल ६००० एमएएच ब्याट्रीको साथ एक नयाँ कारक प्रस्तुत गर्दैछौं जसले हाम्रो मी फ्यानहरूलाई लामो दूरी तय गर्न सजिलो बनाउँदै एकपटक चार्ज गरेर दिनभर टिक्ने ब्याट्री प्रदानगर्दछ ।पूर्ण एचडीप्लस डिस्प्लेभएको योपावर प्याक्ड उपकरण मी फ्यानहरूको पहिलो रोजाईहुनेछ।”

रेडमी ९ पावर ४८एमपी क्वाड क्यामेरा सेट अपको साथ आउँदछ । यसमा ४८ एमपी सामसङ्ग जीएम १ सेन्सर र १२० डिग्री फिल्ड अफभ्यू भएको ८ एमपी अल्ट्रा वाइड क्यामेरा रहेको छ । साथै, यसमा २ एमपीम्याक्रो क्यामेरा र २ एमपी डेप्थ सेन्सर रहेको छजसले धेरै रोमाञ्चक फोटोग्राफी मोडहरू रहेको कम्पनीले बताएको छ ।

नेपाली प्रयोगकर्ताहरुको लागि विशेष रूपमा बनाइएको, रेडमी ९ पावरले एक चार्जमा २ दिनसम्म प्रयोग गर्न सकिने विशाल ६००० एमएएच ब्याट्री सुविधाहरु छन् । ६००० एमएएचब्याट्रीले ४ जी नेटवर्कमा ६९५ घण्टासम्मको स्ट्यान्डबाइ समेत रहेको छ ।

रेडमी ९ पावर चार वटा कलर भेरियन्टहरू–माईटी ब्ल्याक, ब्लेजिंगब्लू, फाएरी रेड र इलेक्ट्रिक ग्रीनमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । यो अनलाइन र अफलाईन स्टोरहरूमामाघ २८ गतेदेखि उपलब्ध हुनेछ । जीबी +६४ जीबी भरियन्टको मूल्य १८,९९९ रुपैयाँ रहेको छ । त्यस्तै, ४जीबी +१२८ जीबी भरियन्टको मूल्य २०,९९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

8990
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका