जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर नेप्सेमा सूचीकृत

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर नेप्सेमा सूचीकृत

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले धितोपत्र दोस्रो बजार (नेप्से) मा शेयर सूचीकृत गरेको छ । कम्पनीले संस्थापक र सर्वसाधारण तर्फको गरी कुल २० लाख कित्ता शेयर बिहीवार सूचीकृत गराएको हो ।

अब यो शेयर आइतबारदेखि कारोबार गर्न सकिनेछ । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता रू. ११३ दशमलव ६२ देखि रू. ३४० दशमलव ८६ सम्मको मूल्य रेञ्ज तोकेको छ ।

कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थदेखि तीनगुणा सम्मको मूल्य पहिलो कारोबारका लागि नेप्सेले तोकेको हो । आर्थिक वर्ष ०७६/७७ सम्मको कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू. ११३ दशमलव ६२ रहेको छ । चालू आर्थिक वर्षभित्र कम्पनीले रू. ११७ दशमलव ६९ प्रतिशेयर नेटवर्थ कायम गर्ने प्रक्षेपण गरेको छ ।

यस कम्पनीले सर्वसाधारणमा माघ १६ गते आईपीओ बाँडफाँट गरी सम्बन्धित शेयरधनीहरुको डिम्याटमा जम्मा गरिसकेको छ । धितोपत्र बजारकै इतिहासमा सबैभन्दा बढी कित्ता शेयर सर्वसाधारणमा जारी गरेको हो ।

कम्पनीले माघ २ देखि ६ गतेसम्म रू. ८ अर्ब बराबरको ८ करोड कित्तामध्य ७ करोड ५८ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरेको थियो । कुल कित्तामध्य ५ प्रतिशत दरले ४० लाख कित्ता सामूहिक लगानीकोषका लागि र शून्य दशमलव २ प्रतिशतका दरले १ लाख ६० हजार कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि बाँडफाँट गरेको छ ।

अधिकत पूँजी रू. ४० अर्ब र जारी पूँजी रू. २० अर्ब रहेको बैंकको सर्वसाधारणलाई आईपीओ जारी गरेपश्चात चुक्तापूँजी रू. २० अर्ब कायम भएको छ । कम्पनीले संस्थापकतर्फको १२ करोड कित्ता र सर्वसाधारष्ण तर्फको ८ करोड कित्ता गरी कुल २० करोड कित्ता शेयर कम्पनीले नेप्सेमा सूचीकृत गराएको हो ।

7615
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?