जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • क्यूआर कोड भुक्तानीमा वाणिज्य बैंक आक्रमकः गर्भनर अधिकारीलाई भ्याई नभ्याई ?

क्यूआर कोड भुक्तानीमा वाणिज्य बैंक आक्रमकः गर्भनर अधिकारीलाई भ्याई नभ्याई ?

नेपालका २७ वाणिज्य बैंकहरु पछिल्लो समय कर्जा लगानी गर्न भन्दा बढि समय क्यू आर कोडबाट भुक्तानी गर्ने काममा लागि परेका छन् भन्दा अब चाहि फरक पर्दैन ।
देश भरीका तरकारी पसलमा क्यूआर कोड प्रणालीबाट भुक्तानी गर्न २७ वाणिज्य बैंकहरुले गर्भनर महाप्रसाद अधिकारीकै प्रमुख अतित्थ्यतामा उद्घाटन गरि शुरुवात गर्न होडवाजी चलाएका छन् भन्दा फरक पर्दैन । प्रायः सबै वाणिज्य बैंकहरुले क्यू आर कोड भुक्तानी प्रणालीको शुरु गरेका छन् । राष्ट्र बैंकले निर्देशन नै दिए पछि वाणिज्य बैंकहरुले यो सेवालाई आक्रमक रुपमा अगाडी बढाएको देखिन्छ ।

गभर्नर महाप्रसाद अधिकारी कहिले मन्दिरको भेटी क्युआर कोडबाट भुक्तानी गरेको फोटो सार्वजनिक गरेका छन्, भने कहिले टेम्पो भाडा पनि त्यसैगरी तिरिरहेको देखिन्छन् । भन्दा फरक पर्दैन ।
गभर्नर अधिकारीले चालु वर्षको मौद्रिक नीतिको अर्द्धवार्षिक समीक्षा गर्दै क्युआर कोड लगायतका विद्युतीय कारोबार प्रवर्द्धनका लागि आवश्यक थप नीतिगत व्यवस्था गर्ने घोषणा गरे । यसबाहेक विद्युतीय कारोबार प्रवर्द्धनका लागि वित्तीय साक्षरतामा गरिने निश्चित खर्चहरुलाई संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत गणना गर्न सकिने व्यवस्था मिलाएका छन् । भन्दा फरक पर्दैन ।
करिब डेढ महिनाअघि निजी क्षेत्रले तयार पारेको पुर्वाधारलाई गभर्नरले उपयोग गर्न बैंकहरुलाई हौस्याइरहेका छन् । नेपाल राष्ट्र बैंकको अग्रसरतामा वाणिज्य बैंकहरुले राजधानीका ठूला तरकारी तथा फलफूल बजारबाट क्यूआर कोड भुक्तानी संचालनमा ल्याएको देखिन्छ ।

गत पुस १० मा गर्भनर महाप्रसाद अधिकारीले नक्साल तरकारी तथा फलफूल बजार पुगेर क्यूआर कोडबाट भुक्तानी सेवा शुभारम्भ गरेका थिए । यसअघि पनि विभिन्न किसिमका खुद्रा व्यापार आउटलेटहरुका साथै होटल तथा रेस्टुरेन्टहरुले पनि फाट्टफुट रूपमा क्यूआर कोडबाट भुक्तानी सुविधा संचालनमा नल्याएका होइनन् । तर राज्यस्तरकै सक्रियतामा खुद्रा बजारमा सामुहिक रूपमा क्यूआर कोडबाट भुक्तानी सेवा कार्यान्वयनमा ल्याइएको यो नै पहिलो घटना हो ।

तरकारी बजारहरुमा नगद कारोबारलाई न्यून गर्दै विद्युतीय भुक्तानी विस्तारमा फोनपे र सानिमा बैंकको सहकार्यमा क्यूआर कोड भुक्तानी सुरु भएको थियो ।
राष्ट्र बैंकले वाणिज्य बैंकहरुको केन्द्रिय कार्यालय र शाखानजिक रहेका तरकारी तथा फलफूल बजारमा क्यूआर कोड भुक्तानी सेवा राख्न बैंकहरुलाई निर्देशन दिएसँगै यसले व्यापकता पाउँदै गएको छ । त्यसैको परिणामस्वरुप पछिल्ला केही हप्तायता राष्ट्र बैंकका गभर्नरदेखि बैंकका उच्च तहका कर्मचारीहरु समेतको उपस्थितिमा तरकारी तथा फलफूल बजारहरुमा क्यूआर कोड भुक्तानीको थालनी गरेको भेटिएको छ ।

त्यही सिलसिलामा नक्सालपछि गत पुस २४ मा प्रभु बैंकले कालिमाटी तरकारी बजारमा क्यूआर कोडबाट भुक्तानी सेवा सुरु गर्यो । माघ १६ मा नबिल बैंकले काठमाडौंको कुलेश्वर फलफूल बजार र एनएमबी बैंकले बल्खु तरकारी बजारमा क्यूआर कोडबाट भुक्तानी सेवा थाल्यो । माघ २१ मा माछापुच्छ्रे बैंकले पनि राजधानीको तीनकुने तरकारी बजारमा क्यूआर कोडबाट भुक्तानी सेवा सुरु गरेको थियो । भन्दा फरक पर्दैन ।

यी सबै तरकारी बजारमा क्यूआर कोडबाट भुक्तानीको उद्घाटन कार्यक्रममा राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी उपस्थित मात्र भएनन्, व्यापारी र उपभोक्ता दुवैलाई यसतर्फ प्रोत्साहित गर्न उनले प्रत्येकपटक उद्घाटनमा जाँदा तरकारी तथा फलफूल खरिद गरेर क्यूआर कोडबाट त्यसको भुक्तानी गरेका छन् । तरकारी बजारभित्रको चिया पसलमा चिया खाएपछि त्यसको भुक्तानी समेत गर्भनर महाप्रसाद अधिकारीले क्यूआर स्क्यान गरेरै गरे ।

भर्खर मात्रै क्यूआर कोड सेवा सुरु भएकाले आगामी दिनमा यसको प्रयोग बढ्दै जाने तरकारी तथा फलफूल बजार सञ्चालकहरुले पंक्तिकारलाई बताए । यसका लागि बजारमा रहेका सबै व्यापारीहरुले क्यूआर कोड राख्ने वातावरण सरोकार संस्थाहरुले बनाउँदै लैजानुपर्ने देखिन्छ ।

कालिमाटी तरकारी बजारमा क्यूआर कोडबाट पनि भुक्तानी गर्न मिल्ने देखेर भोलिका दिनमा यो अन्यत्र पनि विस्तार तथा प्रभावकारी बन्दै जाने देखिन्छ ।
काठमाडौंभित्रका तरकारी तथा फलफूल बजारबाट सुरु भएको क्यूआर कोड अभियानलाई राष्ट्र बैंकले उपत्यकाबाहिर पनि विस्तार गर्न थालेको छ भन्दा फरक पर्दैन ।
विद्युतीय भुक्तानीको सबैभन्दा सहज र सुलभ क्यूआर कोडलाई देशव्यापी अभियानकै रुपमा लैजाने सोच गभर्नर अधिकारीको रहेको देखिन्छ । सोहीअनुरुप राष्ट्र बैंकको ध्यान उपत्यकासँगसँगै यतिबेला मोफसलमा पनि केन्द्रित हुन थालेको देखिन्छ ।

मोफसलमा भने खुद्रा व्यापारभन्दा बाहिर गएर राष्ट्र बैंकले क्यूआर अभियान थालेको छ । सोही क्रममा गभर्नर अधिकारीले माघ ३० गते सिन्धुलीको कमलामाई नगरपालिकामा सञ्चालित तीनपाङ्ग्रे सवारी (टेम्पो)मा क्यूआर कोडबाटै भुक्तानी लिनरदिन सकिने सेवाको उद्घाटन गरेको देखिन्छ । सिभिल बैंक लिमिटेडले फोन पेसँगको सहकार्यमा टेम्पोहरुमा क्यूआर कोड सेवा थालेसँगै त्यहाँका टेम्पु चढ्ने यात्रुहरुले अब फोनपेको क्यूआर कोडबाट भाडा भुक्तानी गर्न सक्नेछन् । सार्वजनिक यातायातमा क्यूआर कोडबाट भुक्तानी सेवालाई व्यापक बनाउने सोच राष्ट्र बैंकको देखिन्छ ।
सोही अनुरुप केही दिनअघि काठमाडौंमा सञ्चालित सफा टेम्पो र गोपीकृष्ण(बालकुमारी रुटमा चल्ने नेपाल यातायातमा पनि क्यूआर कोडबाट भुक्तानी सुरु गरिएको थियो । योसँगै खुद्रा व्यापारिक बजारमा मात्र नभएर सार्वजनिक यातायात सेवा पनि ’क्यासलेस’ तर्फ अघि बढेको देखिन्छ ।

मन्दिरको भेटीसमेत क्युआर कोडबाटै
क्यूआर कोडबाट विद्युतीय भुक्तानीको अभ्यास नेपालमा भर्खर बामे सर्दै गरेको भए पनि तरकारी बजार र सार्वजनिक यातायातमा मात्र नभएर यो मन्दिरसम्म पुगिसकेको छ । सिभिल बैंक र फोनपेको सहकार्यमा सिन्धुलीको कालीमाई मन्दिरमा भेटी पनि क्यूआर कोडबाटै भुक्तानी गर्न सकिने बनाइएको छ । यसको उद्घाटन समेत गभर्नर अधिकारीले नै गरेको देखिन्छ ।

क्यूआर कोडबाट भुक्तानीको प्रभावकारितामा अहिले विशेषगरी यसको प्राविधिक पूर्वाधार र सेवा सुरु गर्न मर्चेन्ट (व्यापारी) लाई असहज प्रक्रिया तथा प्रावधान बाधक देखिएको छ भन्दा फरक पर्दैन ।
ग्राहकले क्युआरबाट भुक्तानी गर्नका लागि व्यापारीले यो सेवा लिएको हुनुपर्छ । तर अहिले यो सेवा लिन व्यापारीका लागि प्रक्रिया सहज छैन । यसकारण क्यूआरबाट विद्युतीय भुक्तानीलाई प्रोत्साहित गरेर नगदरहित कारोबारलाई नगदरहित बनाउने अभियानमा अघि बढ्दै गर्दा साना(साना व्यापारीले पनि यो सेवा सजिलै लिनेगरि प्रक्रिया सरल र सहज बनाउन आवश्यक रहेको देखिन्छ ।

क्यूआर कोडमार्फत विद्युतीय भुक्तानीका लागि इन्टरनेट अनिवार्य हुन्छ । यसैले मोबाइल डाटा खर्च गरेर विद्युतीय भुक्तानीमैत्री भइनसकेका उपभोक्ताले क्यूआर कोडबाट खरिददारी गर्न जाँगर नदेखाउने सम्भावना पनि उत्तिकै रहन्छ । गर्भनर साब ?

औपचारिक रूपमा खुद्रा बजारमा क्यूआर कोडमार्फत भुक्तानीको थालनी भएको राजधानीको नक्साल तरकारी बजारको अनुभवले पनि यो देखाएको छ । उपभोक्ता तथा तरकारी(फलफूलका खुद्रा व्यापारीलाई विद्युतीय भुक्तानीमा बानी बसाल्न सकियोस् भन्नका लागि निजीक्षेत्रको इन्टरनेट सेवा प्रदायक भायनेटले नक्साल तरकारी बजारमा निःशुल्क वाइफाइ जडान गरिदिएको छ । भन्दा फरक पर्दैन ।
क्यूआर कोड विस्तारले बैंकहरुको खर्च घट्नेदेखि पैसा छपाइका लागि विदेशिने रकम समेत जोगिन्छ । पीओएस मेसिन वा एटीएम बुथभन्दा क्यूआर कोडको प्रयोग सस्तो हुने बैंकरहरुको दाबी छ ।
ग्राहकले पनि नगद वा विद्युतीय कारोबारकै लागि पनि डेबिटरक्रेडिट कार्ड बोकेर हिँड्नुपर्ने अवस्थाको अन्त्य हुनेछ । मात्र मोबाइल बोकेर हिँड्दा वस्तु किनमेल वा अन्य सेवाको भुक्तानी गर्न सकिनेछ । यसले नगद हराउने वा चोरी हुने जोखिम समेत हटेर जाने बैंकरहरुको दाबी छ ।

7655
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका